युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 12:20pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
खातुनलाई एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्ने मन्त्रीको प्रतिबद्धता
Tuesday, 09.10.2019, 08:13am (GMT+5.5)

वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि एसिड प्रहारा गर्नेलाई कडा कारवाही गराउने प्रतिबद्धता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गर्नुभएको छ । 
कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियुमा रहेकी पर्साकी खातुनलाई भेट्न पुगेका मन्त्री यादवले निर्दोष बालिकामाथि गरिएको आक्रमण ठूलो अपराध भएको विचार व्यक्त गर्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिनुभयो । उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै  यस्ता खालका अपराधमा सङ्लग्नलाई हदैसम्मको कारवाही गरिने विश्वास व्यक्त गर्दै मन्त्री यादवले घटनालाई जोडेर कुनै क्षेत्र विशेषलाई बदनाम नगराउन आग्रह गर्नुभयो । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं २ का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले पनि दोषीलाई कानून बमोजिम कडा कारवाही गरी यस्ता घटना रोक्नका लागि पहल गरिने विश्वास व्यक्त गर्नुभयो । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज–१३ श्रीपुर निवासी खातुनमाथि गत शुक्रबार एसिड प्रहार भएको हो । खातुनको अनुहार, हात र शरीरका केही भाग एसिडले जलेका छन् ।
वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी खातुन माथि एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका युवालाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतले आज पाँच दिनको म्याद दिएको छ । प्रहरीले अनुसन्धानका लागि १० दिन म्याद थपको माग गरे पनि अदालतले पहिलो पटकका लागि पाँच दिन म्याद दिएको हो । 
गत शुक्रबार बिहान विद्यालय जानेक्रममा १५ वर्षीय खातुनमाथि एसिड प्रहार गरेको अभियोगमा प्रहरीले सोही दिन वडा नं २ निवासी समसाद मियाँ र बाराको फेटाफुलवरीया घर भई हाल छपकैयामा बस्दै आएका मजिद आलमलाई अर्को शनिबार पक्राउ गरेको थियो । 
पक्राउ परेका अभियुक्तलाई अदालतमा उपस्थित गराई ज्यान मार्ने उद्योग र फौजदारी कार्यविधिको ‘कुरुप बनाउने कसुर’ मुद्दामा अनुसन्धान गर्न प्रहरीले १० दिन म्याद माग गरेकामा पाँच दिन म्याद दिइएको जिल्ला अदालतका से्रस्तादार कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा मुस्कानको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो । पीडितको उपचारका लागि प्रदेश नं २ सरकारले रु पाँच लाख सहयोग गरेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
डा. भट्टराईको समाजवाद कम्युनिष्ट पार्टीको जस्तो नहुने (08.20.2019)
नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो (08.20.2019)
सुविधाविरुद्ध रिट निवेदन (08.20.2019)
जुम्लाको स्याउ नेपालगञ्जमा आउँदा समाचार बन्यो (08.20.2019)
प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु (08.20.2019)
विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित (07.30.2019)
सेनाले सडक हस्तान्तरण गर्दै (07.30.2019)
साउन १६ देखि कांग्रेसको प्रशिक्षण (07.22.2019)
परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान (07.22.2019)
निर्णायक वार्ता गर्न जोड (07.22.2019)
प्यान अनिवार्य (07.22.2019)
ट्राफिक छैन भनेर आँखा छल्दैमा पाइँदैन सुख... आउँछ फोन (06.18.2019)
गुठी विधेयकका बारेमा सरकारी प्रवक्ताको यस्तो भनाई (06.18.2019)
मूल प्रवाहमा आउन विप्लव समूहलाई आग्रह (06.05.2019)
सम्पदा उत्खननमा भेटियो ढुङ्गाको गारो भेटियो (06.05.2019)
जुम्लास्थित कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाइ हुने (06.05.2019)
स्थानीय पाठ्यपुस्तक लागू गर्ने गोकर्णेश्वर नपा देशमै पहिलो (05.28.2019)
मिडिया काउन्सिल विधेयक सच्याउनुपर्छ (05.28.2019)
गणतन्त्र दिवसदेखि संग्रहालय खुला हुँदै (05.28.2019)
वैशाखमै बर्दियामा लू चल्यो (04.30.2019)



 
::| Latest News

 
[Page Top]