युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 05:26am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
डायलासिस गर्ने औषधिमा कालोबजारी
Tuesday, 09.10.2019, 08:13am (GMT+5.5)

काठमाडौं । मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपका माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी भएपछि बिरामी बढी मूल्य तिर्न बाध्य भएका छन् । भक्तपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मिर्गौला पीडितहरुले सरकारले निःशुल्क भनेको डाइलोसिस सेवा लिन आफूहरुले बढी रकम तिरेर कालोबजारमिा औषधि किन्नुपरेको गुनासो गरेका छन् । सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्रेताले बिरामीलाई औषधि नदिई मूल्य वृद्धि गरेपछि बिरामीले बाध्य भएर महङ्गोमा औषधि किनेर डायलासिस गर्नुपरेको गुनासो गरेका हुन् ।
मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले सरकारले गत साउन २६ गते घरमै बसेर मिर्गौलाको डायलासिस गर्ने प्रविधि सिएपिडि फ्युडको मुल्य प्रति प्याकेट रु ४०८ निर्धारण गरेको तर बिक्रेताले रु ४३० भन्दा घटेर नदिएपछि बिरामीले बाध्य भएर औषधिको बढी मुल्य तिर्नुपरेको बताउनुभयो । उक्त औषधि आयात गरी बिक्री गर्ने नेपालको एक मात्र बिक्रेता डिके मेडी सेल्सले सरकारले निर्धारण गरेको मुल्यमा औषधि दिन नसक्ने भनेर बिक्री रोकेपछि ज्यान जोगाउन बाध्य भएर बिरामीले पैसा तिर्नुपरेको उहाँले बताउनुभयो । 
शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रबाट स्वीकृत पत्र लिएर बिक्रेताबाट निःशुल्क औषधि लिँदै आएका बिरामीले औषधि नपाएपछि सोझै कम्पनीसँग सरकारले दिने रकमबाट प्रति प्याकेट थप रु २२ तिरेर औषधि किन्नुपरेको सुवेदीले जानकारी दिनुभयो । प्रति बिरामी दैनिक तीन प्याकेट औषधि लाग्नेमा निःशुल्क प्राप्त हुनुपर्ने औषधिलाई बिरामीले दैनिक रु ६६ का दरले मासिक रु एक हजार ९८० थप तिर्नुपरेकाले अस्पतालबाटै निःशुल्क औषधि दिने व्यवस्था गर्न सरकारसँग बिरामीले माग गरेका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
डा. भट्टराईको समाजवाद कम्युनिष्ट पार्टीको जस्तो नहुने (08.20.2019)
नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो (08.20.2019)
सुविधाविरुद्ध रिट निवेदन (08.20.2019)
जुम्लाको स्याउ नेपालगञ्जमा आउँदा समाचार बन्यो (08.20.2019)
प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु (08.20.2019)
विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित (07.30.2019)
सेनाले सडक हस्तान्तरण गर्दै (07.30.2019)
साउन १६ देखि कांग्रेसको प्रशिक्षण (07.22.2019)
परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान (07.22.2019)
निर्णायक वार्ता गर्न जोड (07.22.2019)
प्यान अनिवार्य (07.22.2019)
ट्राफिक छैन भनेर आँखा छल्दैमा पाइँदैन सुख... आउँछ फोन (06.18.2019)
गुठी विधेयकका बारेमा सरकारी प्रवक्ताको यस्तो भनाई (06.18.2019)
मूल प्रवाहमा आउन विप्लव समूहलाई आग्रह (06.05.2019)
सम्पदा उत्खननमा भेटियो ढुङ्गाको गारो भेटियो (06.05.2019)
जुम्लास्थित कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाइ हुने (06.05.2019)
स्थानीय पाठ्यपुस्तक लागू गर्ने गोकर्णेश्वर नपा देशमै पहिलो (05.28.2019)
मिडिया काउन्सिल विधेयक सच्याउनुपर्छ (05.28.2019)
गणतन्त्र दिवसदेखि संग्रहालय खुला हुँदै (05.28.2019)
वैशाखमै बर्दियामा लू चल्यो (04.30.2019)



 
::| Latest News

 
[Page Top]