युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 12:38pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग
Tuesday, 09.10.2019, 08:14am (GMT+5.5)

नेपाल पत्रकार महासङ्घले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न आग्रह गरेको छ । महासङ्घले आइतबार न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चारगृहको नाम सार्वजनिक गरी एक हप्ताभित्रै न्यूनतम पारश्रिमिक दिने बाध्यकारी व्यवस्था लागू गर्न सूचना तथा प्रसारण विभागलाई आग्रह गरेको हो ।
त्यसै गरी महासङ्घ सोमबारभित्र दिपायल प्रसारण केन्द्रबाट हटाइएका तीन श्रमजीवी पत्रकारका सेवा निरन्तरता, न्यूनतम कार्यान्वयन तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न रेडियो नेपाल व्यवस्थापनलाई समयसीमा दिएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापामगरसहितको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कृष्णमुरारी न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाउँदै आव २०७६÷७७ को दरबन्दी र श्रमजीवी विवरण नबुझाउने सञ्चारगृहको नाम सार्वजनिक गर्न आग्रह गरेको छ । 
उहाँले सञ्चारगृहलाई कानूनीरुपमा विवरण बुझाउन बाध्य पार्न विभागले सक्रियता नदेखाए वा एक साताभित्र महासङ्घका माग पूरा नगरे विभागविरुद्ध सशक्त आन्दोलन शुरु गर्ने चेतावनी दिनुभयो । 

सार्वजनिक भयो बिपीको डायरी
काठमाडौं । नेपाली काङ्ग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको डायरी लोकार्पण गरिएको छ । विसं २००८ देखि २०१३ सम्मको मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थामा बिपी कोइरालाद्वारा लेखिएको ‘बिपी कोइरालाको डायरी’ को आइतबार लोकार्पण गरियो । डायरी लोकार्पण गर्दै उहाँका सुपुत्र एवं काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले डायरीमा तत्कालीन नेपालको सङ्क्रमणकालीन राजनीतिका साथै भारतसँगको सम्बन्धका विविध पक्षको जानकारी रहेको बताउनुभयो ।
महामन्त्री डा कोइरालाले बिपीले आफूलाई जुन क्षेत्रको अध्ययन गरे पनि उत्कृष्ट बन्ने प्रयास गर्नुपर्छ भनेको स्मरण गर्दै बिपीले पनि अन्तिम समयसम्म प्रजातन्त्र पुनःस्थापनाका लागि प्रयास गरेको उल्लेख गर्नुभयो । बिपीले सदैव ‘ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नुपर्छ’ भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले बिपी भएको भए राजनीतिलाई यस्तो विकृत अवस्थामा आउन दिनुहुन्नथ्यो, उहाँको प्रेरणा र विचारलाई आत्मसात् गर्दै हामीले राजनीतिलाई सफा र निष्कलङ्क बनाउनुपर्छ ।”


Rating (Votes: )   
Share     Print


Other Articles:
डायलासिस गर्ने औषधिमा कालोबजारी (09.10.2019)
खातुनलाई एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्ने मन्त्रीको प्रतिबद्धता (09.10.2019)
डा. भट्टराईको समाजवाद कम्युनिष्ट पार्टीको जस्तो नहुने (08.20.2019)
नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो (08.20.2019)
सुविधाविरुद्ध रिट निवेदन (08.20.2019)
जुम्लाको स्याउ नेपालगञ्जमा आउँदा समाचार बन्यो (08.20.2019)
प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु (08.20.2019)
विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित (07.30.2019)
सेनाले सडक हस्तान्तरण गर्दै (07.30.2019)
साउन १६ देखि कांग्रेसको प्रशिक्षण (07.22.2019)
परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान (07.22.2019)
निर्णायक वार्ता गर्न जोड (07.22.2019)
प्यान अनिवार्य (07.22.2019)
ट्राफिक छैन भनेर आँखा छल्दैमा पाइँदैन सुख... आउँछ फोन (06.18.2019)
गुठी विधेयकका बारेमा सरकारी प्रवक्ताको यस्तो भनाई (06.18.2019)
मूल प्रवाहमा आउन विप्लव समूहलाई आग्रह (06.05.2019)
सम्पदा उत्खननमा भेटियो ढुङ्गाको गारो भेटियो (06.05.2019)
जुम्लास्थित कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाइ हुने (06.05.2019)
स्थानीय पाठ्यपुस्तक लागू गर्ने गोकर्णेश्वर नपा देशमै पहिलो (05.28.2019)
मिडिया काउन्सिल विधेयक सच्याउनुपर्छ (05.28.2019)



 
::| Latest News

 
[Page Top]