युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 10:51pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
जातीय आधारमा राज्य बनाउन खतरा
Monday, 02.13.2012, 03:12pm (GMT+5.5)

काठमाडौं । संघीयताका विभिन्न मोडलबारे चर्चा र बहस भैरहेका बेला बुद्धिजीवीहरूले संघीय राज्य निर्माणको आधार जातजातिलाई मात्र बनाउन नहुने धारणा राखेका छन । नेपाल राजनीतिकशास्त्री संघले गत शनिवार राजधानीमा आयोजना गरेको “संघीय राज्य निर्माणको आधार” विषयक अन्तरक्रिया कार्यक्रममा बुद्धिजीवीहरूले यस्तो धारणा राखेका हुन ।
कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक विश्लेषक प्रा. लालबाबु यादवले राज्य पुर्नसंरचना आयोगले हालै पेश गरेको प्रतिवेदन त्रुटिपूर्ण रहेको बताउनुभयो । उहाँले प्रस्तुत प्रतिवेदनले बहुमत जनता र देशको भावनालाई समेटन नसेको बताउँदै त्यसलाई मान्यता दिनहुँदैन भन्नुभयो । उहाँको थप भनाइ थियो– ‘आर्थिक हिसावले सक्षम नहुने ढंगबाट बनाइने संघीय राज्यले राजनीतिक निकास होइन, जोखिम निम्त्याउन सक्दछ । हिमाल, पहाड, तराई सबैलाई समेटेर संघीय राज्य निर्माण गर्नुपर्छ ।’

नेपाल राजनीतिकशास्त्री संघका अध्यक्ष प्रा. विजयबहादुर सिलवालको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले संघीय राज्य निर्माण गर्दा धेरै कुराहरूमा विचार गर्नुपर्ने बताउनुभयो । उहाँले प्रान्तहरूको संख्या सकेसम्म कम गर्नुपर्ने सुझाव पनि दिनुभयो । भूगोलविद् नेत्रप्रसाद धितालले प्रान्त निर्माण गर्दा भूगोललाई प्रमुख आधार बनाउनुपर्ने बताउनु भयो । उहाँले प्रान्त निर्माण गर्दा जनसंख्या, आर्थिक अवस्थालाई पनि त्यत्तिकै महत्व दिनुपर्ने बताउनु भयो ।

प्रा. गणेशमान गुरुङ्गले नेपालका लागि संघीयता अब अनिवार्य भैसकेको बताउदै संघीयता निर्माण गर्दा जातीय पहिचानका साथै भूगोल, जनसंख्या र आर्थिक सामथ्र्यको अवस्थालाई पनि उत्तिकै प्राथमिता दिनु राजनीतिक दलका नेताहरूलाई सुझाव दिनुभयो ।

कार्यक्रममा सभासद मंगलसिद्धि मानन्धरले भने जातीय राज्यको पक्षमा वकालत गर्नुभएको थियो । कार्यक्रममा जनसंख्याविद् डा. गोविन्द सुवेदी, राजनीतिक विश्लेषक विष्णु मादेन, समाजशास्त्री केशवकुमार श्रेष्ठ,  उप प्राध्यापक इन्दिरा श्रेष्ठ, इन्दु आचार्य, वेदराज ज्ञवाली लगायतका बुद्धिजीवीहरूले आ–आप्mनो धारणा राख्नुभएको थियो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
नेता खेमराज पण्डिको निधन (02.13.2012)
कांग्रेस मिलनको बाटोमा (02.06.2012)
अखण्ड नेपालको जग उखेल्ने काम नहोस् - महेश्वर शर्मा (01.30.2012)
भारतले पानी छाडेन (01.30.2012)
शहीद परिवारलाई महानगरको सहयोग (01.30.2012)
जलविद्युतमा पाँच अर्ब लगानीको एनआरएनको घोषणा (01.30.2012)
चिनीया राजदूतले लगानी नआउनुको कारण खोले (01.23.2012)
गुप्ताकी निकट सहयोगी पक्राउ (01.23.2012)
वरिष्ठ पत्रकार प्रधान रहेनन् (01.23.2012)
वामपन्थी नेता श्रेष्ठ रहनुभएन (01.16.2012)
फैजनको हत्यामा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता (01.16.2012)
राप्रपा नेपालले आन्दोलन गर्ने (01.09.2012)
बुद्धबारे देवदहमा नयाँ प्रमाण (01.09.2012)
सचिव सीपी गजुरेललाई मातृशोक (01.02.2012)
पत्रकार तारा न्यौपानेको असामयिक अवशान (01.02.2012)
सर्वोच्चको फैसलाको पुनरावलोकन हुँदैन (12.26.2011)
कोरियामा रहेको बुद्धबारेको भ्रम हट्ने (12.26.2011)
क्षेत्रीलाई आदिवासीमा पारिन्छ: मन्त्री रायमाझी (12.20.2011)
किशोर नेपालको “सहरको कथा“ (12.20.2011)
“बिगबेन र समय” को बिमोचन (12.20.2011)



 
::| Latest News

 
[Page Top]