युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 07:02am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
चीनसँगको आपसी सम्बन्ध थप सबल
Tuesday, 10.15.2019, 11:34am (GMT+5.5)

प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा द्विपक्षीय आपसी सम्बन्धलाई थप सबल बनाउने विषयमा छलफल भएको बताउनुभएको छ । शनिबार साँझ भएको भेटमा सभापति देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) प्रति नेपालको समर्थन रहेको उल्लेख गर्दै बढी प्रतिफल हुने परियोजनामा लगानी सहयोगको अपेक्षा गर्नुभएको काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
सो अवसरमा सभापति देउवाले नेपाली काङ्ग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहिआएको बताउँदै तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनको नेपाल भ्रमणका बेला आफू पहिलोपटक प्रधानमन्त्री रहेको स्मरण गर्नुभएको थियो ।
भेटवार्तामा सभापति देउवाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि छिमेकी मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिने राष्ट्रपति सीलाई विश्वास दिलाउनुभएको डा महतले जानकारी दिनुभयो ।
राष्ट्रपति सीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन र दुवै देशले एकापसबाट व्यापार, ऊर्जा, पूर्वाधारलगायतका क्षेत्रमा लाभ लिन सकिनेमा सभापति देउवाले भेटमा विश्वास व्यक्त गर्नुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
स्थानीय पाठ्यक्रम लागू गर्ने गोकर्णेश्वर नगरपालिको देशकै पहिलो (10.02.2019)
सरकार लोकतन्त्र कब्जा गर्न उद्यत (10.02.2019)
झरीले पिरोल्ने भो दशैं : अझै एकसाता मनसुन कायम रहने (10.02.2019)
विद्यालयलाई सामाजिक सुरक्षा कार्यक्रम छिटो आउन निर्देशन (09.17.2019)
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग (09.10.2019)
डायलासिस गर्ने औषधिमा कालोबजारी (09.10.2019)
खातुनलाई एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्ने मन्त्रीको प्रतिबद्धता (09.10.2019)
डा. भट्टराईको समाजवाद कम्युनिष्ट पार्टीको जस्तो नहुने (08.20.2019)
नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो (08.20.2019)
सुविधाविरुद्ध रिट निवेदन (08.20.2019)
जुम्लाको स्याउ नेपालगञ्जमा आउँदा समाचार बन्यो (08.20.2019)
प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु (08.20.2019)
विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित (07.30.2019)
सेनाले सडक हस्तान्तरण गर्दै (07.30.2019)
साउन १६ देखि कांग्रेसको प्रशिक्षण (07.22.2019)
परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान (07.22.2019)
प्यान अनिवार्य (07.22.2019)
निर्णायक वार्ता गर्न जोड (07.22.2019)
ट्राफिक छैन भनेर आँखा छल्दैमा पाइँदैन सुख... आउँछ फोन (06.18.2019)
गुठी विधेयकका बारेमा सरकारी प्रवक्ताको यस्तो भनाई (06.18.2019)



 
::| Latest News

 
[Page Top]