युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 07:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
कांग्रेसको चियापानमा लोकतन्त्रलाई तलमाथी हुन नदिने प्रधानमन्त्री ओलीको दृढता
Tuesday, 10.15.2019, 11:36am (GMT+5.5)

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखिको लोकतन्त्रको सहयात्राले प्रमुख दलहरुका बीचमा गहिरो समझदारी र मित्रता रहेको उल्लेख गर्दै लोेकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
प्रधानमन्त्री ओलीले यस्ता पर्वका अवसरमा हुने भेटघाटले परिवार र नातागोताका बीच तथा राजनीतिक दलका बीचमा पनि कटुता छ भने त्यसलाई समाप्त पार्न सक्छ भन्नुभयो । उहाँले भन्नुभयो, “अहिले त हामी बीच राम्रो सम्बन्ध छ, शेरबहादुर देउवाजी र म विगत ४५ वर्षदेखिका साथी हौँ, हामीसँगै जेल बसेका छौँ, लोकतन्त्र प्राप्तिका लागि सँगै लडेका छौँ, त्यसैगरी रामचन्द्र पौडेलजी लगायतका कांग्रेसका नेताहरु पनि त्यसैबेलाका देखिका साथी हौँ ।” 
चार दशकभन्दा बढी लामो समयदेखिको लोकतन्त्रको सहयात्राले आफूहरु बीच गहिरो समझदारी र मित्रता रहेको उल्लेख गर्दै लोकतन्त्रका लागि सँगै लड्ने र लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न नदिने साझा प्रतिबद्धता रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “हाम्रो सम्बन्ध राम्रो छ, बिग्रियो भने पनि यस्ता चाडबाडले सम्बन्धलाई सुमधुर बनाउँछ”, उहाँले भन्नुभयो । यस्ता चाडपर्व र संस्कृतिले हाम्रो समाजमा आपसी सम्बन्ध सुदृढ बनाउने कुरामा सहयोग गर्ने बताउँदै उहाँले यस्ता परम्परालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । विसं २०३३ मा कांग्रेसका संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ । 
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको बताउनुभएको छ । 
चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले कांग्रेसलाई आफूले नेपालको परिवर्तनको सहयात्री दलका रुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ, मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको सङ्कल्प जारी रहनेछ ।” 
चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुआत कांग्रेसबाटै भएको बताउँदै उहाँले अहिले यो एउटा राष्ट्रिय राजनीतिक संस्कृति जस्तै गरी स्थापित भएको छ भन्नुभयो । “अहिले सबैले शुभकामना आदानप्रदान कार्यक्रम हाम्रो ऐतिहासिकता, संस्कृति र राजनीतिक सहकार्यको चरित्रलाई अक्षुण राख्ने माध्यम बन्न गएको छ”, अध्यक्ष दाहालले भन्नुभयो । राजनीतिमा असम्भव भन्ने कुरा केही नभएको उहाँको भनाइ थियो । “असम्भव देखिने कुरा पनि राजनीतिक पार्टी र नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउने कुराको ठूलो दृष्टान्त पछिल्लो चरणमा कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा हस्ताक्षर भएको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सहकार्यको सहयात्राले प्रमाणित गरेको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।  
सो अवसरमा अध्यक्ष दाहालले यस प्रकारका शुभकामना आदानप्रदान गर्दै गर्दा त्यो महाअभियान, त्यतिबेला लिएका सङ्कल्प र प्रतिबद्धता प्रति दृढ रहँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्ने कुरा नै मुख्य हो भन्नुभयो । विसं २०३३ मा कांग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापनजस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्वारा समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 
चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्ता भेटघाटले राजनीतिक रुपमा जतिसुकै मतभेद भएता पनि भेटघाट गर्ने शुभकामना आदानप्रदान गर्ने संस्कृत विकास भएको बताउनुभयो । 
विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
चीनसँगको आपसी सम्बन्ध थप सबल (10.15.2019)
स्थानीय पाठ्यक्रम लागू गर्ने गोकर्णेश्वर नगरपालिको देशकै पहिलो (10.02.2019)
सरकार लोकतन्त्र कब्जा गर्न उद्यत (10.02.2019)
झरीले पिरोल्ने भो दशैं : अझै एकसाता मनसुन कायम रहने (10.02.2019)
विद्यालयलाई सामाजिक सुरक्षा कार्यक्रम छिटो आउन निर्देशन (09.17.2019)
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग (09.10.2019)
डायलासिस गर्ने औषधिमा कालोबजारी (09.10.2019)
खातुनलाई एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्ने मन्त्रीको प्रतिबद्धता (09.10.2019)
डा. भट्टराईको समाजवाद कम्युनिष्ट पार्टीको जस्तो नहुने (08.20.2019)
नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो (08.20.2019)
सुविधाविरुद्ध रिट निवेदन (08.20.2019)
जुम्लाको स्याउ नेपालगञ्जमा आउँदा समाचार बन्यो (08.20.2019)
प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु (08.20.2019)
विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित (07.30.2019)
सेनाले सडक हस्तान्तरण गर्दै (07.30.2019)
साउन १६ देखि कांग्रेसको प्रशिक्षण (07.22.2019)
परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान (07.22.2019)
प्यान अनिवार्य (07.22.2019)
निर्णायक वार्ता गर्न जोड (07.22.2019)
ट्राफिक छैन भनेर आँखा छल्दैमा पाइँदैन सुख... आउँछ फोन (06.18.2019)



 
::| Latest News

 
[Page Top]