युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 07:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
जापानी सम्राटको राज्याभिषेकका लागि राष्ट्रपति भण्डारी जापानमा
Tuesday, 10.22.2019, 01:22pm (GMT+5.5)

राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन आइतबार राति राजधानी टोक्यो आइपुग्नुभएको छ । म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आज राति १० बजे थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै यहाँ आइपुगेको हो । 
राष्ट्रपति भण्डारीलाई हानेदा एयरपोर्टमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली राजदूतावासका पदाधिकारीले स्वागत गर्नुभएको थियो । नेपाली प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर  थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव  डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ । 
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच सोमबार बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल आइतबार राजधानी टोक्यो आइपुगेको थियो । म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति यहाँ आइपुगेको हो । 
जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेक यही कात्तिक ५ गते स्थानीय समयानुसार अपराह्न १ बजे इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुँदैछ । राज्याभिषेक समारोहमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल यही कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
१२ वर्षपछि सांसद आलम पक्राउ (10.15.2019)
कांग्रेसको चियापानमा लोकतन्त्रलाई तलमाथी हुन नदिने प्रधानमन्त्री ओलीको दृढता (10.15.2019)
चीनसँगको आपसी सम्बन्ध थप सबल (10.15.2019)
स्थानीय पाठ्यक्रम लागू गर्ने गोकर्णेश्वर नगरपालिको देशकै पहिलो (10.02.2019)
सरकार लोकतन्त्र कब्जा गर्न उद्यत (10.02.2019)
झरीले पिरोल्ने भो दशैं : अझै एकसाता मनसुन कायम रहने (10.02.2019)
विद्यालयलाई सामाजिक सुरक्षा कार्यक्रम छिटो आउन निर्देशन (09.17.2019)
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग (09.10.2019)
डायलासिस गर्ने औषधिमा कालोबजारी (09.10.2019)
खातुनलाई एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्ने मन्त्रीको प्रतिबद्धता (09.10.2019)
डा. भट्टराईको समाजवाद कम्युनिष्ट पार्टीको जस्तो नहुने (08.20.2019)
नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो (08.20.2019)
सुविधाविरुद्ध रिट निवेदन (08.20.2019)
जुम्लाको स्याउ नेपालगञ्जमा आउँदा समाचार बन्यो (08.20.2019)
प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु (08.20.2019)
विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित (07.30.2019)
सेनाले सडक हस्तान्तरण गर्दै (07.30.2019)
साउन १६ देखि कांग्रेसको प्रशिक्षण (07.22.2019)
परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान (07.22.2019)
प्यान अनिवार्य (07.22.2019)



 
::| Latest News

 
[Page Top]