युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 08:04am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
महिलाको भूमिका बदलिएको छ हेर्ने दृष्टिकोण पनि परिवर्तन हुनुपर्छ
Tuesday, 10.22.2019, 01:24pm (GMT+5.5)

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले समाजमा महिलाको भूमिका परिवर्तन हुँदै गएको अवस्थामा महिलाप्रति हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन नभएको बताउनुभएको छ । 
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), सञ्चारीका समूह र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले संयुक्त रुपमा यही कात्तिक १ र २ गते गोदावरीमा आयोजना गरेको दुईदिने ‘पत्रकार महिलाका लागि निर्वाचन र आम सञ्चारमाध्यम विषयक कार्यशाला र महिला राजनीतिज्ञसँगको अन्तरक्रिया’ समापन कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले समाजमा महिलाको काम र भूमिका परिवर्तन हुँदै जाँदा उसलाई हेर्ने दृष्ट्रिकोण अझै उस्तै रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “जुनसुकै क्षेत्रमा लागी परेका महिलाले निरन्तर दरिलो तवरको भूमिका निर्वाह गर्दै जाँदा एक दिन अवश्य सफलता प्राप्त गर्न सक्छाँै ।” महिलाले समाजमा निर्वाह गरेको जिम्मेवारी, पेशालगायत व्यवसायले स्वयं पुरातन सोचको अन्त्य गराउन सक्ने तुम्बाहाङ्फेको बुझाइ रहेको छ ।
हरेक महिलाले विगतका कुराबाट सिक्दै अघि बढ्नु जरुरी भएको तुम्बाहाङ्फले औँल्याउनुभयो । हाल पुरुषहरु रहेको नेतृत्व तहमा यदि महिलाले भूमिका निर्वाह गर्ने अवसर पाउने हो भने उनीहरु पक्कै सफल हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले हरेक तहमा रहेका महिलाले आफूसँग भएको आत्मशक्ति, इच्छा शक्तिलगायतको दक्षतालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । सुवेदीले भन्नुभयो, “समाजका सबै महिलाबीच एकपटक थप समन्वय र एकता कायम गर्न जरुरी देखिन्छ ।”
सांसद रामकुमारी झाँक्रीले समाजशास्त्र विषयमा समेत महिलालाई पछि पारिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पुस्तकमा समेत हेपिएका महिलाको विरोध नीति निर्माणको क्रममा केही तलमाथि हुनु कुनै नयाँ कुरा होइन ।” 
सांसद विन्दा पाण्डेले विगतमा अन्तरपार्टी महिला सञ्जालले महिलाको राजनीतिक भूमिकाको व्याख्या गर्दै अभिपे्ररणा भरेको भनी धन्यवाद व्यक्त गर्नुभयो । राष्ट्रियसभा सदस्य विमला राई पौडेलले मानिसको चरित्रहत्या गर्ने कुरामा धेरैभन्दा धेरै बुझेर बाहिर ल्याउन आग्रह गर्नुभयो । 
प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले महिलाको राजनीतिक विषयलाई साझा रुपमा विकास गरी माथि पु¥याउन जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा राजनीतिक व्यवस्था परिवर्तन भएता पनि पितृसतात्मक मानसिकता भने अझै परिवर्तन भएको छैन ।”
सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले यो कार्यक्रमले सञ्चार क्षेत्रमा लागेका महिला र राजनीतिक तहमा लागिपरेका महिलाबीच पुलको काम गर्न अहम् भूमिका निर्वाह गरेको बताउनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
जापानी सम्राटको राज्याभिषेकका लागि राष्ट्रपति भण्डारी जापानमा (10.22.2019)
१२ वर्षपछि सांसद आलम पक्राउ (10.15.2019)
कांग्रेसको चियापानमा लोकतन्त्रलाई तलमाथी हुन नदिने प्रधानमन्त्री ओलीको दृढता (10.15.2019)
चीनसँगको आपसी सम्बन्ध थप सबल (10.15.2019)
स्थानीय पाठ्यक्रम लागू गर्ने गोकर्णेश्वर नगरपालिको देशकै पहिलो (10.02.2019)
सरकार लोकतन्त्र कब्जा गर्न उद्यत (10.02.2019)
झरीले पिरोल्ने भो दशैं : अझै एकसाता मनसुन कायम रहने (10.02.2019)
विद्यालयलाई सामाजिक सुरक्षा कार्यक्रम छिटो आउन निर्देशन (09.17.2019)
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग (09.10.2019)
खातुनलाई एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्ने मन्त्रीको प्रतिबद्धता (09.10.2019)
डायलासिस गर्ने औषधिमा कालोबजारी (09.10.2019)
डा. भट्टराईको समाजवाद कम्युनिष्ट पार्टीको जस्तो नहुने (08.20.2019)
नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो (08.20.2019)
सुविधाविरुद्ध रिट निवेदन (08.20.2019)
जुम्लाको स्याउ नेपालगञ्जमा आउँदा समाचार बन्यो (08.20.2019)
प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु (08.20.2019)
विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित (07.30.2019)
सेनाले सडक हस्तान्तरण गर्दै (07.30.2019)
साउन १६ देखि कांग्रेसको प्रशिक्षण (07.22.2019)
परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान (07.22.2019)



 
::| Latest News

 
[Page Top]