युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 04.08.2020, 04:10am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
१२ वर्षपछि तोकियो स्ववियु निर्वाचनको मिति
Tuesday, 01.14.2020, 12:14pm (GMT+5.5)

२०६५ सालदेखि हुन नसकेको त्रिभुवन विश्वविद्यालयल (त्रिवि) स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको मिति घोषणा गरिएको छ । त्रिविले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । 
त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । 
परिषद््ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ । ‘‘मलाई आज मात्र फागुन १४ मा निर्वाचन गर्न आवश्यक तयारीको लागि पत्र प्राप्त भएको छ’’, उहाँले भन्नुभयो, ‘‘अव हामी स्ववियु निर्वाचनको तयारीमा जुट्छांै ।’’उहाँले सोमबार त्रिविका ६२ आङ्गिक क्याम्पसलाई पत्र लेख्दै निर्वाचनको तयारी गर्न निर्देशन दिने बताउनुभयो । 
त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताउनुभयो । 
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन । विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा करीब २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । त्यतिबेला उपत्यकाभित्रका आरआर, शिक्षा, सानोठिमी, भक्तपुर बहुमुखी, पिपल्स, जनप्रशासन, पुल्चोक इञ्जिनीयरीङ, थापाथली इञ्जिनीयरिङ, महाराजगञ्ज शिक्षण अस्पताललगायतका क्याम्पसमा भने निर्वाचन भएको थियो । 
विसं २०७३ भएको स्ववियु निर्वाचनको २०७५ फागुन १४ गते नै कार्यकाल सकिएपनि त्रिविले एकवर्ष समयावधि थप गरेको थियो । त्यसअघि त्रिविले तीन पटक स्ववियु निर्वाचन घोषणा गरेपनि हुनसकेको थिएन । त्रिविको विनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो । 
शुरुमा नेपाल विद्यार्थी सङ्घले उमेर हदबन्दीको विरोध गरेको थियो । पछि एक कार्यकाल उमेर हदबन्दी नलगाउने र मिश्रित निर्वाचन प्रणालीमा जानेमा सबै सङ्गठन सहमत भएका थिए । २०६९ सालमा स्ववियु निर्वाचनको हुन लाग्दा अन्तिम समयमा आएर स्थगित भएको थियो । 
अहिले अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणाली  अवलम्बन गर्ने व्यवस्था गरिएको छ ।  अनेरास्ववियूका संयोजक ऐन महरले आफूहरु पहिल्यैदेखि नै स्ववियु निर्वाचनको पक्षमा रहेको बताउनुभयो । उहाँले सोमबार बस्ने केन्द्रीय कमिटी बैठकबाट निर्वाचनको तयारीमा लाग्न सबै क्याम्पस एकाइ कमिटीलाई निर्देशन दिने बताउनुभयो । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का निवर्तमान अध्यक्ष नैनसिंह महरले आफूहरु स्ववियु निर्वाचनमा सहभागी हुने बताउनुभयो । ‘‘स्ववियु हामीले जन्माएको हुनाले हामी निर्वाचनमा सहभागी हुन्छौ’’, उहाँले भन्नुभयो, ‘‘निर्वाचन नभाँडेर स्वच्छ, निष्पक्ष गराउनुपर्ने छ ।’’


Rating (Votes: )   
Share     Print


Other Articles:
महरा मुद्दामा बकपत्रका लागि विज्ञ झिकाउने आदेश (01.14.2020)
प्रदेश नं ३ को नाम बागमती राजधानी हेटौँडा (01.14.2020)
चन्दा नदिंदा व्यवसायी साहको घरमा चन्द समूहद्वारा बिस्फोट (12.17.2019)
अब काठमाडौँ महानगरपालिकाभित्र खानकै लागि कोही पनि मागेर बस्नु नपर्ने (11.27.2019)
पोखरामा नेपाल भारत समन्वय बैठक सम्पन्न के भयो निर्णय (11.27.2019)
सीमा रक्षामा तत्काल कूटनीतिक पहल थाल्न सरकारलाई बल (11.14.2019)
नेपाललाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउने नयाँ शिक्षा नीति (11.14.2019)
बालविवाह रोक्ने नयाँ तरिका (11.14.2019)
सुदूरपश्चिममा चिकित्सक अभाव (11.14.2019)
नेपाल एकीकरणका मार्गलाई युनिफिकेशन ट्रेल’का रुपमा संरक्षण गरिने (11.14.2019)
प्रधानसेनापति र सशस्त्र प्रहरी महानिरीक्षकलाई ‘हल अफ फेम’ (10.22.2019)
राजधानीवासीका लागि २५ लाख माला आवश्यक (10.22.2019)
साकार हुँदै वाग्मतीमा स्वच्छ पानी बगाउने सपना (10.22.2019)
नेपाली कलासंस्कृतिलाई विश्वमाझ पु¥याउने सेतु बन्न सक्छ एनआरएनए (10.22.2019)
महिलाको भूमिका बदलिएको छ हेर्ने दृष्टिकोण पनि परिवर्तन हुनुपर्छ (10.22.2019)
जापानी सम्राटको राज्याभिषेकका लागि राष्ट्रपति भण्डारी जापानमा (10.22.2019)
१२ वर्षपछि सांसद आलम पक्राउ (10.15.2019)
कांग्रेसको चियापानमा लोकतन्त्रलाई तलमाथी हुन नदिने प्रधानमन्त्री ओलीको दृढता (10.15.2019)
चीनसँगको आपसी सम्बन्ध थप सबल (10.15.2019)
स्थानीय पाठ्यक्रम लागू गर्ने गोकर्णेश्वर नगरपालिको देशकै पहिलो (10.02.2019)



 
::| Latest News

 
[Page Top]