युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 03:00pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
चर्चामा नरहेको चौथो गणतन्त्र दिवस
Monday, 05.30.2011, 03:45pm (GMT+5.5)

काठमाडौं संविधानसभाको म्याद थपिएकै भोलिपल्ट परेको गणतन्त्र दिवसले खासै चर्चा पाएन सरकारले औपचारिक समारोहबीच सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनायो सो समारोहमा राष्ट्रपति डा रामवरण यादवको उपस्थिति थियो राष्ट्रपति डा यादवले समारोहमा प्रस्तुत विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य तथा खेलको अवलोकन गर्नुका साथै रेडियो नेपालद्वारा आयोजित चेतनामूलक लोकदोहोरीका विजेता उपविजेतालाई पुरस्कार प्रमाणपत्र प्रदान गर्नुभयो

कार्यक्रममा नेपाली सेनाको दुईवटा हेलिकोप्टरबाट गणतन्त्र दिवस २०६८लेखिएको ब्यानर प्रस्तुत पुष्पवृष्टि गरिएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल स्काउटद्वारा मार्चपास गरिएको थियो

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा आन्दोलनका सहिद तथा योद्धाहरूको अठोट पूरा गर्ने बताउनुभयो

उहाँले वर्तमान अवस्थालाई क्रान्तिपछिको संक्रान्तिको संज्ञा दिँदै प्रधानमन्त्री खनालले शान्ति प्रक्रियाको पूर्णता संविधानलेखनका कार्यलाई राष्ट्रिय सहमति अर्जुनदृष्टिका आधारमा पूरा गर्नु आवश्यक भएकामा जोड दिनुभयो

प्रधानमन्त्री खनालले आत्मकेन्द्रित सत्तालिप्साका प्रवृत्तिका कारण यसबीचमा बुहमतीय प्रणालीका आधारमा सरकार गठनका शृङ्खला चल्नाले शान्ति संविधानले सोचेजति गति लिन नसकेको विचार व्यक्त गर्नुभयो

समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानन्यायाधीश खिलराज रेग्मी, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलगायत विशिष्ट व्यक्ति सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो



Rating (Votes: )   
Share     Print


Other Articles:
किताब छपाइ सकियो, अभाव कायमै (05.30.2011)
प्रदेशको आधार भूगोल (05.24.2011)
फोरम फेरि फुटयो (05.24.2011)



 
::| Latest News

 
[Page Top]