युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 02:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
साउनदेखि सूर्तिजन्य पदार्थ निर्देशिका
Monday, 06.06.2011, 02:31pm (GMT+5.5)

काठमाडौं । सूर्तिजन्य पदार्थको सेवनबाट जनमानसमा पर्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले आगामी साउन २३ गतेदेखि सूर्तिजन्य पदार्थ नियन्त्रण र नियम निर्देशिका २०६७ कार्यान्वयन गर्ने भएको छ ।
निर्देशिकाले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गर्न नदिने, विज्ञापन प्रशारणमा बन्देज लगाउने, सूर्तिजन्य पदार्थको उत्पादनमा सचित्र चेतावनीमूलक सन्देश राख्नेजस्ता मूलभूत व्यवस्था गरेको छ ।
उत्पादनले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट र लेबुलको अगाडिको भागमध्ये ३० प्रतिशत भागमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमको चेतावनीमूलक सन्देश प्रष्टरुपमा बुझिने र देखिने गरी कालो पृृृष्ठभूमिमा सेतो अक्षरले नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नेुपर्ने निर्देशिकामा उल्लेख गरिने बताइएको छ ।
निर्देशिकामा कुनै पनि फिल्म वा टेलिभिजन कार्यक्रम निर्माता वा निर्देशक वा पात्रले त्यस्ता चलचित्र वा टेलिभिजन कार्यक्रमका कुनै पनि दृश्यमा धूमपान तथा सूर्र्तिसेवन गरेको दृष्य वा सूर्तिजन्य पदार्थ प्रदर्शन गरेको दृष्य राख्न नपाइने व्यवस्था गरिएको छ ।
त्यस्तै, उत्पादकलगायत कसैले पनि छापा र विद्युतीय सञ्चारमाध्यम तथा विभिन्न अन्तक्र्रिया कार्यक्रम बिना तथा होर्डिङबोर्ड सूचना पाटी भित्तेलेखन, लोगो, सङ्केत, चिन्ह, लेख आवाज, प्याकिङ र अन्य कुनै पनि माध्यम र स्थानबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यसको विज्ञापन र प्रवद्र्धन गर्न वा सोसम्बन्धी कुनै पनि कार्यक्रम प्रायोजन, समाचार प्रसारित वा प्रशारण गर्न गराउन नपाइने निर्देशिकामा व्यवस्था छ ।

पर्यटकको संख्या बढ्यो
काठमाडौं । हवाई मार्गबाट सन् २०११ को मे महिनामा नेपाल आउने पर्यटकको संख्या गत वर्षको सोही महिनाको तुलनामा ४७.१ प्रतिशतले वृद्धि भएको छ ।
यसवर्ष मे महिनामा ३९ हजार १७९ पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ ।
दक्षिण एशियाली देशबाट यस महिनामा पर्यटक आगमनको वृद्धिदर ७१.५ प्रतिशत भएको छ भने छिमेकी राष्ट्र चीनबाट १००.१ प्रतिशतले आगमनमा वृद्धि भएको तथ्याङ्क रहेको छ ।
यसैगरी युरोपेली राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्वीडेन, स्विजरल्याण्ड र एशियाबाट औसतमा १०.३० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको देखिएको छ ।
सन् २०१० को पछिल्लो पाँच महिनामा नेपालमा अन्तरराष्ट्रिय क्षेत्रबाट दुईलाख आठ हजार १३७ पर्यटक भित्रिएका छन्, जुन गत वर्षको तुलनामा करिब २३ प्रतिशतले बढी हो ।
नेपाल पर्यटन वर्ष २०११ को अभियान अन्तर्गत देशमा यसवर्ष दश लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
मे महिनामा ५२ हजार ४८९ पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल बाहिर गएको तथ्याङक रहेको छ ।
त्यसैगरी यस महिनामा ५१ हजार ६१० नेपाली विदेशबाट भित्रिएका छन् भने ६७ हजार ९०८ नेपाली विदेश गएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
चर्चामा नरहेको चौथो गणतन्त्र दिवस (05.30.2011)
किताब छपाइ सकियो, अभाव कायमै (05.30.2011)
प्रदेशको आधार भूगोल (05.24.2011)
फोरम फेरि फुटयो (05.24.2011)



 
::| Latest News

 
[Page Top]