युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.20.2019, 01:02pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
सत्यमोहन जोशीको जन्मशताब्दी वर्षभर मनाइने
Tuesday, 04.30.2019, 01:43pm
काठमाडौं । संस्कृविद  वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशताब्दी (एक सय वर्षको जन्मदिन) वर्षभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइने भएको छ । 

प्रलेसको अध्यक्षमा मा डा गिरी
Wednesday, 04.10.2019, 10:47am
प्रगतिशील लेखक सङ्घको ११औँ राष्ट्रिय सम्मेलनले डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ४९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सम्पन्न भएको छ । प्रलेसका पूर्वमहासचिव डा गिरी नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव पनि हुनुहुन्छ । 

जेएनको गीति संग्रह परिवर्तनका स्वर भाग–२
Thursday, 03.28.2019, 11:04am
पूर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालको दोस्रो गीति संग्रह परिवर्तनका स्वर भाग–२ सार्वजनिक भएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सो संग्रह सार्वजनिक गर्नुभएको हो ।
जनसांस्कृति महासङ्घद्वारा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले कला, संस्कृति साहित्यमा अग्रगमन समृद्धि ल्याई समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 
आनन्दमय जीवनका अनेक पाटा– मदनमणिको ९७ औं जन्म दिवस
Monday, 03.18.2019, 04:38pm
मदनमणि दीक्षितको ९७ औं जन्म दिवस, उहाँकी धर्मपत्नी रीता दीक्षितको ९३ औं जन्म दिवस तथा उहाँहरूको वैवाहिक जीवनका आनन्दमय  ८० वर्ष सम्पन्न भएको अवसर पारेर “मदन माधवी अध्ययन प्रतिष्ठान”ले चैत २ गते शनिवार राजधानीमा आयोजित एक विशेष समारोहका बीच उहाँका पनातिनिद्वयका हातबाट मदनमणिको ४२ औं प्रकाशित कृति “मेरी माता” विमोचित भएको छ । 
विकल जस्ता बहुआयामिक श्रष्टाको जानकारी नयाँ पुस्ताले पाउनैपर्छ
Tuesday, 01.01.2019, 12:44pm
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको विकासका लागि साहित्य र संस्कृति महत्वपूर्ण पाटो भएकाले समाजको उत्थानका लागि यसको पुस्तान्तरण हुनुपर्ने बताउनुभएको छ ।

एउटा जनमुखी लोकगायकको भावुक विदाई
Tuesday, 01.01.2019, 12:43pm
लोकगायक बुद्धिकृष्ण लामिछानेले दशकौं अघि एउटा गीत रेकर्ड गरेका थिए । त्यो गीत परदेशी छोराको सम्झनामा भक्कानिएकी आमाको कथा समेटिएको छ । त्यतिबेलाा परदेश जाने भनेको लाहुरे हुने मात्रै थियो । वर्षमा केही समय युवाहरु लामो समयका लागि विदेशिन्थे । तर आजभोलि दैनिक हजारौंभन्दा बढी छोराहरु विदेशिन्छन् । यो गीत आज अरु बढी सान्दर्भिक लाग्छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुनः उप्रेती
Wednesday, 10.10.2018, 01:58pm
नेपाल प्रज्ञा–प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आइतबार नियुक्त गर्नुभएको हो । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति हुनुहुन्थ्यो भने त्यसअघिको कार्यकालमा उपकुलपति हुनुहुन्थ्यो । 

मरेपछि पनि सेवा नै गरे दाहाल यज्ञनिधिले
Tuesday, 08.14.2018, 01:02pm
काठमाडौं । साहित्यकार तथा संचारकर्मी दाहाल यज्ञनिधिको शनिबार साँझ उपचारका क्रममा निधन भयो । नेपाली समाजमा हेपिएकाहरूले प्रयोग गर्ने जदौँ अभिवादनलाई दाहाल यज्ञनिधिले हेपिएकाहरूको समर्थनमा र सामन्ती चिन्तन तथा संस्कारविरुद्ध प्रयोग गरे । 
वरिष्ठ कलाकार मनुजबाबुको निधन
Tuesday, 08.14.2018, 01:00pm
वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा मंगलबार राति हृदयाघातका कारण निधन भएको छ ।
साहित्यमा बिपीको अतुलनीय योगदान
Wednesday, 07.25.2018, 12:19pm
विश्वेश्वरप्रसाद कोइराला (बिपी)को राजनीतिक योगदान र उचाई जति छ त्योभन्दा माथि छ उहाँको साहित्यिक उचाई र योगदान । आजभोलि बिपीको यही पाटोलाई बढी महत्व दिएर अध्ययन–अनुसन्धान भैरहेको छ । प्रजातान्त्रिक समाजवादका विचारक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका उहाँकोे साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण छ । 

राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख
Wednesday, 05.30.2018, 04:35pm
काठमाडौं । शताब्दी वर्षमाा प्रवेश गर्नै लाग्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा एकाएक समस्या आयो । काठमाडौंमा उपचार सम्भव नभएपछि उहाँको अहिले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भैरहेको छ । 
नारायणगोपालको २७ औँ स्मृति दिवस
Tuesday, 12.12.2017, 02:43pm
काठमाडौं । स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ गत मंगलबार सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मनुभएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो । 

१५० औँ सिद्धिदास जन्मजयन्ती मनाइयो
Tuesday, 09.12.2017, 11:37am
साहित्यकार सिद्धिदास महाजुको १५० औँ जन्मजयन्ती शनिबार भक्तपुरमा मनाइएको छ । सिद्धिदास प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रममा शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले भाषा र जाति बचाइ राख्न संस्कृतिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।  

साहित्यकार श्यामप्रसादको निधनमा शोक
Thursday, 05.11.2017, 11:33am
नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य, प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसादको निधन भएकामा शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

भाषासेवी दीक्षितको निधन
Wednesday, 01.04.2017, 11:52am
नेपाली भाषा–साहित्य र इतिहासका अथक स्रष्टा कमलमणि दीक्षितको निधन भएको छ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष ८७ वर्षे दीक्षितको गत बुधबार राति निधन भएको हो
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती
Wednesday, 01.04.2017, 11:50am
कविशिरोमणि पौड्यालको जन्मजयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्याल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा माल्यार्पण गरियो । 

सुन्दरीजलले चर्चित साहित्यकार बनाएका राजनेता वीपी
Tuesday, 09.13.2016, 11:05am
काठमाडौं । प्रकृतिको सामिप्य पाउँदा मानिसभित्र लुकेको कविमन बाहिर प्रकट हुन्छ । मानिसमा रहेको सिर्जनशीलता छताछुल्ला हुन्छ । त्यस्तै भयो प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको हकमा । उहाँलाई तत्कालीन सरकारले २०१७ साल पुस १ गतेको ‘कु’ पछि राखेको सुन्दरीजल बन्दी गृह साहित्य सिर्जनाको स्थल बन्न पुग्यो ।
नेपाली भाषा बचाउन ज्ञापनपत्र
Tuesday, 09.13.2016, 11:00am
नेपाली भाषा बचाऔँ अभियानले पाठ्यक्रम विकास केन्द्रलाई चारबुँदे ज्ञापनपत्र बुझाएको छ । अभियानका सहसंयोजक मोदिनीकुमार केवलको नेतृत्वमा गएको टोलीले केन्द्रका सहनिर्देशक गेहनाथ गौतमलाई ज्ञापनपत्र बुझाएको हो ।
“नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्य भयो”
Tuesday, 09.06.2016, 10:59am
त्रिवि, नेपाली केन्द्रीय विभाग कीर्तिपुरका प्राध्यापकहरूले भाषाप्रयोक्ताका विषयलाई परिपत्रका नाममा लाद्ने प्रक्रियाप्रति असहमति जनाउँदै सम्बद्ध निकायलाई यसतर्फ तुरुन्त कदम चाल्न आग्रह गर्नुभएको छ । 

शनिबार एकैपटक छ कृतिको विमोचन
Tuesday, 06.21.2016, 11:31am
राष्ट्रकवि घिमिरको संरक्षकत्व पाएको उहाँकै जन्मथलोको नाममा स्थापित साहित्यिक संस्थाले शनिबार एकैपटक छ कृतिको विमोचन गरेको छ । 
  » वाग्मती नदी जस्तै अद्र्धस्वच्छ चलचित्र वाग्मती
  » विकल सम्मानबाट चार व्यक्तित्व र एक संस्था सम्मानित
  » डिसीमा अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कार वितरण
  » नेपाललाई विश्वमाझ चिनाउने हलिउड चलचित्र ‘एभरेस्ट’
  » माल पाएर चाल नपाएपछि धमिराको गुँड
  » चार स्रष्टालाई सङ्गीत तथा नाट्य पुरस्कार प्रदान
  » भानु जयन्तीमा विशेष कवि गोष्ठी
  » विविध विषयका कृतिहरू लोकर्पित
  » मलाई प्रश्न सोध्न मन छ
  » पत्रकार मिश्रका कविताहरू सार्वजनिक
  » कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा
  » कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी
  » रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई
  » नौजनालाई नइ बाल पुरस्कार प्रदान
  » प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित
  » अस्ताए जनताका कवि, राष्ट्रका गायक
  » साहित्यकार पराजुलीको अवशान
  » विकलको लुकेको प्रतिभा सार्वजनिक
  » जगतबहादुरका कविता आयो
  » त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित



 
::| Latest News

 
[Page Top]