युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:35pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
पत्रकार चापागाईको पुस्तक आयो
Wednesday, 09.18.2013, 12:06pm (GMT+5.5)

प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका पत्रकार बालकृष्ण चापागार्इंद्वारा लिखित “पत्रकारितामा लुम्बिनी” नामक पुस्तकको विमोचन गरिएको छ । आईतबार बुटवल मिडिया प्रकाशन प्रा.लि.मा आयोजित एक कार्यक्रमकाबीच लेखक तथा साहित्यकार रामचन्द्र भट्टराईले पुस्तकको विमोचन गर्नुभयो ।

पुस्तकको विमोचन गर्दै साहित्यकार भट्टराईले चापागार्इंले प्रकाशन गरेको पुस्तक लुम्बिनीको पत्रकारितामा तस्बिर भएको बताउनुभयो । सानो उमेरदेखि नै पत्रकारिता तथा राजनीतिमा संघर्षशील चापागाईंले पत्रकारितामा दिएको योगदान चिरस्मरणीय भएको भन्दै उहाँले संघर्ष र निरन्तरताको प्रतिफल स्वरुप उहाँले यसमा सफलता पाएको टिप्पणी गनुभयो । लुम्बिनीको पत्रकारिताको विषयमा अहिलेसम्म नभएको दस्तावेज अहिले बजारमा आउनु महत्वपूर्ण भएको उहाँको भनाइ छ ।

त्यस्तै साहित्यकार तथा शिक्षाविद् गोपीरमण उपाध्यायले पुस्तकको प्रशंसा गर्नुभयो । लेखक चापागार्इं आफैले पढाएको विद्यार्थी भएको भन्दै उहाँले पत्रकारिताको क्षेत्रमा पुर्याएको योगादनबाट आफू निकै प्रफुल्ल रहेको बताउनुभयो ।

साहित्यकार तथा प्राध्यापक दिल साहनीले चापागाईंको पुस्तक पत्रकारिताको इतिहास भएको भन्दै त्यसलाई अरु परिमार्जित गर्दै थप्दै लैजानुपर्ने सुभ,ाव दिनुभयो । पुस्तकले पहिलो संस्करणमै पूर्णता प्राप्त गर्न नसक्ने भन्दै यो पुस्तकले लुम्बिनीको पत्रकारिताको विषयमा केश स्टडी गरी यथासम्भव सामग्रीको संकलनमा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा पुस्तकको समीक्षा गर्दै प्राध्यापक डा. बाबुराम ज्ञवालीले पुस्तकमा इतिहासको खोजी र उत्खनन्को प्रयास भएको भन्दै विश्वविद्यालय स्तरमा अनुसन्धान र पत्रकारिता सम्बन्धी रुचि र जानकारी लिन चाहनेहरुका लागि पुस्तक उपयोगी भएको बताउनुभयो । केही मात्रामा भाषागत त्रुटि तथा केही महत्वपूर्ण कुराहरू पुस्तकमा छुटेको भन्दै उहाँले त्यसलाई आगामी संस्करणमा समावेश गर्न सुझाव दिनुभयो ।

अग्रज पत्रकार अर्जुन ज्ञवालीले पुस्तकले २०१० सालदेखि यस क्षेत्रमा भएको पत्रकारिताको इतिहासलाई एकमुष्ठ रूपमा दिएको बताउनुभयो । प्राध्यापक तथा साहित्यकारहरू डा. हिरण्यलाल ज्ञवाली, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, डा. माधव पन्थीले निरन्तरता, क्रियाशीलताबाटै पुस्तक बजारमा आएको बताउनुभयो । 

पुस्तकका लेखक चापागार्इंले विद्वत् वर्गको सुझावले पुस्तकको दोस्रो संस्करण निकाल्नका लागि आफूलाई अभिप्रेरित गरेको बताउँदै पहिलो प्रकाशनलाई सम्पूर्णका रूपमा नबुझ्न आग्रह गर्नुभयो । 

बुटवल मिडिया प्रकाशन प्रालि.द्वारा प्रकाशित पत्रिकाहरूका प्रधान सम्पादक रहनुभएका चापागार्इंको यो दोस्रो पुस्तक हो । पुस्तकमा लुम्बिनी अञ्चलमा भएको पत्रकारिताको विकासका तथा पत्रकारितासंग सम्बन्धित लुम्बिनी अञ्चलमा क्रियाशील नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ लगायतका क्रियाशील संघ–संस्थाहरुको इतिहास पनि पुस्तकमा राखिएको छ । 



Rating (Votes: )   
Share     Print


Other Articles:
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]