युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
जगतबहादुरका कविता आयो
Monday, 12.30.2013, 04:38pm (GMT+5.5)

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुपति, साहित्यकार तथा समाजसेवी प्रा डा. जगतहादुर केसीको पहिलो कृति “जगतबहादुर के.सी.का कविता” बजारमा आएको छ ।

कृतिको शनिबार एक समारोहकाबीच विमोचन गरियो । सिंहबाहिनी एलुम्नाई एसोशियसनद्वारा शनिबार राजधानीको युनियन हाउसमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उपे्रती, वरिष्ठ गीतकार, संगीतकार तथा साहित्यकार कवि रामेश, शिक्षाविद् प्रा डा. माधवप्रसाद पोखरेल, सिंहबाहिनी स्कुलका पूर्व शिक्षक भक्तिप्रसाद सुवेदी, कवि के.सी. तथा सिंहबाहिनी एलुम्नाई एसोशियसनका उपाध्यक्ष विश्वविमोहन श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

विमोचन पश्चात प्रतिष्ठानका उपकुलपती उपे्रतीले कवि के.सी.लाई टीका र माला लगाएर शुभकामना दिनुभएको थियो । यस्तै उपे्रती, रामेश, पोखरेल, सुवेदी, श्रेष्ठ र कवि स्वयंमले कविता संग्रहकाबारेमा आआफ्नो धारण राख्नुभएको थियो ।

त्यस क्रममा उपकुलपती उप्रतीले के.सी.लाई पहिले प्राध्यापक र विज्ञान क्षेत्रको ठूलो व्यक्तित्वको रुपमा मात्र चिनेको र अबदेखि स्रस्टाको रुपमा पनि अगाडि आउनुभएको बताउनुभयो ।

संग्रहमा कवि के.सी.का उत्कृष्ट ३५ वटा कविताहरू समेटिएको छ । कार्यक्रममा कवि के.सी.ले आफ्नो संग्रहमा समावेश तीनवटा कविताको पुरा अंश वाचन गरेर सुनाउनुभएको थियो ।
 
२०१८ सालबाट कविता लेख्न सुरु गर्नुभएका केसीले “पेन्सनसंगको सम्झौता”, “म कहिल्यै देश बन्न सकिनँ” र “आई विल गिभ यु पिस अगेन एन अगेन, स्याल आई” कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा के.सी.ले आफ्नो जन्मथलो तेह्रथुमको सम्झनामा गीत पनि गाउनुभएको थियो । साथै उहाँले भविष्यमा कथा र नियात्रा संग्रह पनि प्रकाशन गर्न लागेको जानकारी दिनुभयो । हाल कवि के.सी. कलेज अफ एप्लाइड फुड एण्ड डेरी टेक्नोलोजीको प्रमुख हुनुहुन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]