युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
विकलको लुकेको प्रतिभा सार्वजनिक
Monday, 03.10.2014, 04:17pm (GMT+5.5)

काठमाडौं । नेपाली आख्यान साहित्यका शिखर स्रष्टा स्व. रमेश विकलको नाम साहित्य स्रष्टाका रुपमा अधिकांशले लिने गरे पनि उहाँ राम्रो चित्रकार पनि हो भन्ने कमैलाई थाहा छ । त्यसैले विकलको लुकेको प्रतिभा सार्वजनिक गर्ने काम आइतबारबाट सुरु भएको छ ।

रवि चालिसेको नामबाट साहित्यकार विकलले सिर्जना गर्नुभएको चित्रकलाको प्रदर्शनी आरम्भ गरिएको हो । विकलको ‘लुकेको प्रतिभा’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी सुरु भएपछि उहाँको कलाकार व्यक्तित्व बाहिर आएको हो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) तथा रमेश विकल साहित्य प्रतिष्ठानले नाफा कक्ष नक्सालमा आजदेखि कलाकार विकलद्वारा सिर्जित कलाकृतिको प्रदर्शनी गरेको हो । सो प्रदर्शनीमा भूदृश्य  र मुहारचित्रलगायत पानी तथा एक्रेलिक रङमा बनाइएका ५८ कलाकृति प्रदर्शनीमा छन् । 

एक हप्तासम्म चल्ने सो प्रदर्शनीको वरिष्ठ मूर्तिकार प्रा गोविन्दनारायण ज्यापुले उद्घाटन गर्दै साहित्यकारका रूपमा उच्च छवि बनाउनुभएका विकल कलाका  साधक पनि हुनुहुन्थ्यो भन्नुभयो । 

नाफाका सदस्यसचिव केके कर्माचार्यले आख्यान साहित्यका शिखर व्यक्तित्व विकल चित्र, मूर्ति र सङ्गीतमा पनि निकै प्रतिभाशाली व्यक्तित्व भएको बताउनुभयो । प्राज्ञ रवीन कोइरालाले विकलका हालसम्म २६० जति कलाकृति भेटिएको जानकारी दिनुभयो । 

विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले २०१८ सालताका नै ‘रचना’ साहित्यिक पत्रिकाको आवरण पृष्ठमा विकलको चित्र प्रकाशन भए पनि उहाँले आफ्नो नाम राख्न नचाहनुभएको स्मरण गर्नुभयो । प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेलले विकल प्रगतिशील धारमा कलम चलाउने  साहित्यकार भएको बताउनुभयो । 

प्रतिष्ठानका महासचिव विजय चालिसेले विकलको साहित्य, कलासम्बन्धी व्यक्तित्व र कृतित्वका बारेमा अध्ययन अनुसन्धान गरेर तिनलार्ई सार्वजनिक गर्दै लगिने जानकारी दिनुभयो । साहित्यकार  विकलको ८१ वर्षका उमेरमा २०६५ सालमा निधन भएको थियो ।

उहाँका कथा, कविता, उपान्यास, निबन्ध र बालसाहित्यका झन्डै पाँच दर्जन  कृति प्रकाशनमा आइसकेका छन् । उहाँको  ‘अविरल बग्दछ इन्द्रवती’ उपन्यास नेपाली पाठकबीच लोकप्रिय छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]