युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:17am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
साहित्यकार पराजुलीको अवशान
Tuesday, 04.08.2014, 01:41pm (GMT+5.5)

काठमाडौं । वरिष्ठ साहित्यकार एवम् भाषाशास्त्री कृष्णप्रसाद पराजुलीको बिहिबार राति निधन भयो । उहाँको सोही साति पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पराजुलीले ‘दिवगङ्त भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानमा शव राख्ने काम नगर्नु’ भन्नुभएकाले अस्पतालबाट राति नै शवलाई आर्यघाट लगिएको थियो । 

बिस १९९२ असार २४ गते काभ्रे जिल्लााको भ्रमरकोटमा  जन्मनुभएका पराजुलीको बाल साहित्य र शिक्षा  क्षेत्रमा विशेष योगदान उल्लेखनीय छ । राम्रो रचना मिठो नेपाली होस् वा नेपाली उखान र गाउ खाने कथा, सुन केस्रा होस् वा जुनतारा, हिमाल डाँफेको कथा होस् वा सात गेडीको कथा दर्जनौं कथा र व्याकरण पुस्तक उहाँले रचना गर्नुभएको छ ।

“बुबाले प्रज्ञा प्रतिष्ठानका लागि धेरै योगदान गरे पनि उहाँलाई त्यहाँ कुनै स्थान दिइएन ।” पराजुलीका जेठा छोरी शाश्वत पराजुलीले गुनासो गर्दै भन्नुभयो, “बिरामी अवस्थामा पनि भेट्नका लागि उल्लेखनीय व्यक्ति आएनन्, ।”

उहाँले राज्य र राजनीतिक पार्टीबाट साहित्यकारप्रतिको हेर्ने दृष्टिकोण कमजोर हुन थालेको महसुस भएकाले श्रद्धाञ्जलिका लागि अलग्गै समय व्यवस्थापन नगरिएको बताउनुभयो । शुक्रबार राति नै दाहसंस्कार गरिएकाले अधिकांश साहित्यकारहरू आर्यघाट पुग्न नभ्याएको सुनकोसी साहित्य प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले बताउनुभयो । 

लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुभएका उहाँलाई पछिल्लो समयमा निमोनिया र श्वासप्रश्वासको समस्याका कारण १० दिनअघिदेखि अस्पताल भर्ना गरिएको थियो । विसं १९९२ असार २४ गते काभ्रेपलाञ्चोकमा जन्मनुभएका स्व पराजुलीका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । पराजुलीको ‘राम्रो रचना मीठो नेपाली’ लगायत करिब पाँच दर्जन पुस्तक प्रकाशित छन् ।

यसैबीच सुनकोसी साहित्य प्रतिष्ठान, कृष्ण सदन साहित्य प्रतिष्ठान, नागार्जुन साहित्यिक प्रतिष्ठानले पराजुलीको निधनले नेपाली वाङ्मयमा अपुरणीय क्षति भएको जनाउँदै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त र शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]