युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 06:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार
Monday, 09.19.2011, 02:40pm (GMT+5.5)

काठमाडौं नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई २०६८ सालको नइ देरुनिखपु पुरस्कारप्रदान गर्ने निर्णय गरेको साहित्यतर्फ श्री सुशान्तमानसिंह मास्के, चित्रकलातर्फ सुश्री छेतेन डोका शेर्पा गायनतर्फ सुश्री सरगम वस्नेतलाई नइ देरुनिखपु बाल पुरस्कार प्रदान गरिने भएको

साथै सो पुरस्कारबाट पुरस्कृत हुनेहरूमा नृत्यतर्फ श्री यज्जु श्रेष्ठ, खेलकुदतर्फ श्री संसारविक्रम थापा विज्ञानतर्फ श्री तलाङ्क बराल हुनुहुन्छ यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन्

यसै गरी नइ देरूनिखपु कोपिला पुरस्कार गायनमा श्री कुनाल श्रेष्ठ मलेकु नृत्यमा सुश्री उर्मिला गुरूङलाई प्रदान गर्ने निर्णय भएको यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन्

पाँच हजार रूपियाँ राशिको नइ देरूनिखपु चिचिला पुरस्कार श्री उत्प्रेम जोजिजुलाई प्रदान गरिने भएको साडे दुई वर्षका जोजिजुलाई सङ्गीततर्फ यो पुरस्कार प्रदान गरिन लागिएको हो पोखरा निवासी जोजिजुले दुई वर्षको उमेरदेखि नै ड्रम बजाएर आफ्नो साङ्गीतिक चमत्कार देखाउदै आएका छन्

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको साधारणसभाले सो निर्णय गरेको हो पुरस्कार संस्थापक श्री खनूप्रुदे रामबाबू’, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री बैरागी काइँला लगायत सो सभामा सम्बन्धित विशेषज्ञहरूको उपस्थिति थियो

नइ प्रकाशन दाता खनूप्रुदे रामबाबूका बुबा लप्टन देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी, पत्नी नीलिम, दाता खनूप्रुदे रामबाब पत्नी पूनावतीका नाउँका अघिल्ला अक्षरहरू जोडेर यी पुरस्कारको स्थापना गरिएको हो

एक करोड दस लाख रुपियाँ बैंकको अक्षयकोषमा राखि नइ प्रकाशनले त्यसको व्याजबाट हरेक वर्ष देशदेशान्तरका प्रतिभालाई दस लाख पचास हजार रुपियाँ नगद सहित पच्चीसवटा पुरस्कार प्रदान गर्दै आएको

नइ प्रकाशनलाई समाजसेवी तथा राजनीतिज्ञ खनूप्रुदे रामबाबूले छयानब्बे लाख रुपियाँ पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले सात लाख रुपियाँ प्रदान गरिसक्नु भएको



Rating (Votes: )   
Share     Print


Other Articles:
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]