युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित
Tuesday, 11.04.2014, 08:06am (GMT+5.5)

काठमाडौं । १०५ औं देवकोटा जयन्तीको अवसरमा अनेसास, अमेरिका नेपाल साहित्य प्रतिष्ठान, एएनए नेपाली प्रतिष्ठान, उत्तर अमेरिकाको मूल आयोजक तथा खसखस डट कम, बाना, अमेरिका नेपाल पासापुचको सहआयोजनामा वरिष्ठ समालोचक तथा वरिष्ठ साहित्यकार प्रा. डा. वासुदेव त्रिपाठीलाई समालोचक शिरोमणि पदले सम्मानित गरिएको छ ।

अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत ऋषिराम घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व अमेरिका नेपाल प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले गरेका थिए । सोही क्रममा नेपाली साहित्यिक वेबसाइट खसखस डट कमको तर्फबाट बासु श्रेष्ठले डा. त्रिपाठीलाई समालोचक शिरोमणीको पदवी प्रदान गर्दै सम्मान गरेका थिए । दुबै सम्मानपत्र कार्यक्रम सँचालक बासु श्रेष्ठले प्रदान गर्नु अघि वाचन गरेर सुनाएका थिए ।

यसअघि डा. त्रिपाठीको बारेमा उत्तर अमेरिका साहित्य प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठ, वरिष्ठ पत्रकार तथा युगसम्वाद साप्ताहिकका प्रधान सम्पादक सोमनाथ घिमिरे, सहप्राध्यापक तथा साहित्यकार हरी घिमिरे, साहित्यकार तथा समालोचक पुरुषोत्तम सुवेदी तथा उपन्यासकार कृष्ण धरावासीले प्रा।डा। वासुदेव त्रिपाठीका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा डा. वासुदेव त्रिपाठीले आफ्ना मन्तव्य प्रकट गर्ने क्रममा यस्तो सम्मान कार्यक्रमले आफु ज्यादै हर्षित भएको, नेपाली भाषा अब भूमण्डलीकरण भएको भन्दै केही संस्मरणहरू सुनाउनुभयो ।

दोश्रो सत्रको कार्यक्रममा कविता प्रतियोगिता, कृति विमोचन आदि भएको थियो । कल्पना सत्यालको विमोचन भएको कृति ‘वैंशका रुखहरू’प्रति सोमनाथ घिमिरेले विवेचनात्मक मन्तव्य प्रकट गरेका थिए । स्वागत मन्तव्य कार्यक्रमका सभापति गोविन्द गिरी प्रेरणाबाट र धन्यवाद ज्ञापन अनेसासका होमनाथ सुवेदीबाट भएको सो कार्यक्रमका संचालक बासु श्रेष्ठ थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]