युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई
Wednesday, 12.24.2014, 03:26pm (GMT+5.5)

काठमाडौं । नेपाली साहित्यको कथा र नाटक बिधाका मुर्धन्य स्रष्टा स्व. रमेश विकलको नाममा स्थापित रमेश विकल साहित्य प्रतिष्ठानले ‘रमेश विकल वाङ्मय’ पुरस्कार वरिष्ठ साहित्यकार चूडामणि रेग्मी तथा रमेश विकल–सुशीला समाजसेवा पुरस्कार पवित्र सेवा समाजलाई प्रदान गरेको छ । 

प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली साहित्यको विकासमा योगदान पुर्याएबापत रेग्मीलाई रु २५ हजार तथा समाजसेवाका कार्यमा सक्रिय रहेकाले सो समाजलाई रु १० हजारसहित सम्मानपत्र दिइएको हो । त्यसै गरी प्रतिष्ठानले ‘रमेश विकल सिर्जना’ पुरस्कार वरिष्ठ साहित्यकार कणाद् महर्षि तथा ‘रमेश विकल बालसाहित्य’ पुरस्कार रञ्जुश्री पराजुलीलाई प्रदान गरेको छ । दुवै पुरस्कारको राशि रु पाँच हजार नगद रहेको छ ।  

सो अवसरमा वरिष्ठ साहित्यकार आनन्ददेव भट्टले पुरस्कार प्रदान गर्दै प्रतिष्ठानका गतिविधिले नेपाली साहित्यको विकासमा महत्व राख्ने र देशव्यापीरुपमा प्रतिभाको खोजी गरी पुरस्कार दिने परिपाटीले प्रतिभाशाली साहित्यकारलाई ऊर्जा मिल्ने बताउनुभयो । उक्त कार्यक्रममा वसन्तकुमार शर्मा नेपाल, प्रा डा राजेन्द्र सुवेदी, पुरस्कृत व्यक्तित्व रेग्मीले बालसाहित्यको विकास तथा विशुद्ध (झर्रा) नेपाली भाषाको श्रीवृद्धिका लागि विकलको ठूलो योगदान रहेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले विकल ठूला साधक हुनुभएको भन्दै उहाँको कर्मघरलाई विकलकै इच्छाअनुसार प्रतिष्ठानका रुपमा विकास गरी अहिले साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । प्रतिष्ठानका महासचिव विजय चालिसेले स्रष्टाले गरेको योगदानलाई राष्ट्रले स्मरण गर्नुपर्नेमा जोड दिँदै सो प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणमा सरकारले सहयोग उपलब्ध गराउने खाँचो औँल्याउनुभयो ।

विकलकी छोरी अम्बिका चालिसेले रु एकलाखको अक्षयकोष तथा छोरा महेन्द्र चालिसेले रु ५० हजारको अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा विकलले विसं २०१७ देखि २०४३ सम्म पत्रिकामा प्रकाशन गर्नुभएका लेखरचनालाई सङ्ग्रह गरी ‘हिमालको छहरा समुन्द्रको छाल’ नामक कृति लोकार्पण गरिएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)



 
::| Latest News

 
[Page Top]