युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा
Tuesday, 02.10.2015, 02:06pm (GMT+5.5)

काठमाडौं । प्रसिद्ध लेखक महेश्वर शर्माको २३औं कृति “कथालिका” गत शनिवार एक भावपूर्ण समारोहकाबीच लोकार्पित भएको छ । अक्षर शिरोमणि मदनमणि दीक्षित (९२)ले सो कृतिको लोकार्पण गर्नु भएको थियो । डा. महेश्वर शर्मा ८४ वर्ष प्रवेश गर्नुभएको अवसर पारेर उहाँकी छोरीचर्चित लेखिका शारदा शर्मा एवं परिवारजनद्वारा शर्माको नव कृति “कथालिका” र उहाँको पूर्व प्रकाशित स्मृतिग्रन्थकै पूरक ग्रन्थका रुपमा गण्डकी साहित्य परिषद्ले प्रकाशित गरेको “महेश्वर शर्मा : आलेख र अभिलेख” नामक पुस्तकको बिमोचन कार्यक्रम आयोजना गरिएको थियो । साहित्य साधक शर्माले ८४ वर्षको उमेरमा पनि आँफूलाई उर्जाशील सर्जकका रुपमा प्रस्तुत गरिरहनु भएको छ भने उहाँका थप पाँच कृति पनि प्रकाशोन्मुख अवस्थामा रहेको जानकारी प्राप्त भएको छ । जहाँले विगत २३ वर्षदेखि युगसम्वाद साप्ताहिकमा नियमित रुपमा स्तम्भ लेखन पनि गर्दैआउनु भएको छ ।

कृति लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै अक्षर शिरोमणि दीक्षितले “कथालिका”ले सत्यतथ्यमा आधारित सामाजिक विकासको इतिहास प्रस्तुत गरेकाले यो कृतिको ऐतिहासिक महत्व रहेको धारणा प्रकट गर्नुभएको थियो । आफ्ना नातिनीहरूलाई पुरानो जमानाका रोचक कुराहरू कथा बाचनको शैलीमा सुनाउने क्रममा यो कृतिको रचना भएको लेखक स्वयंको कथन छ । 

सो अवसरमा “महेश्वर स्मृतिगन्थ” प्रकाशन समितिका अध्यक्ष तथा चर्चित चलचित्रकर्मी एवं संस्कृतिविद् चेतन कार्कीले २०१८ सालमा पहिलोपटक उहाँसंग भेट भएको प्रसंग कोट्याउँदै उहाँको रचनात्मक गतिविधि एवं प्रशासनिक व्यक्तित्वको  प्रभाव  गण्डकी क्षेत्रको भाषा, साहित्य, संस्कृति र कला क्षेत्रको विकासमा उल्लेख्य रुपमा रहेको जानकारी गराउनुभएको थियो । अर्का वक्ता पूर्व प्रशासक सूर्यबहादुर सेन ओलीले उहाँसंग प्रशासनिक काम गर्दाको अनुभव सुनाउँदै उहाँ प्रमुख जिल्ला अधिकारी रहेका जिल्लामा अतिक्रमण हुन नदिएर सीमा सुरक्षा गरेको, भ्रष्टाचारबिरुद्ध सधैं सजग रहेको र सवै सेवाग्राहीलाई निष्पक्ष प्रशासनको अनुभूति दिन सफल रहेर निष्ठावान र इमान्दार व्यक्तित्वको परिचय दिँदै उहाँले राष्ट्रवादी चिन्तकको छवि निर्माण गरेकाले उहाँलाई नमन गरी उहाँसंग आत्मसमर्पण गरेको बताउनु भएको थियो ।

सो कार्यक्रममा बोल्दै महेश्वर शर्माले आफू परम्परागत ८४ पूजाको पक्षमा नरहेको र यसमा व्यापक सुधारको खाँचो रहेको विचार राख्दै अहिले प्रचलित ८४ पूजाको परम्पराले मनोवैज्ञानिक नैराश्य दिनेगरेको अनुभूति प्रकट गरी आफूले यस्तो पूजा अस्वीकार गरेको मन्तव्य दिनुभएको थियो । सो कार्यक्रममा शारदा शर्माले स्वागत मन्तव्य, मन्त्री नरहरि आचार्यले धन्यवाद ज्ञापन, डा. सनतकुमार वस्तीले गजल गायन र रमेश पौडेलले कविता वाचन गर्नुभएको थियो । रमेश शुभेच्छुद्वारा सञ्चालित सो कार्यक्रममा राजेश्वर देवकोटा, विश्वबन्धु थापा, चित्तरञ्जन नेपाली लगायतका वरिष्ठ व्यक्तित्वदेखि लिएर प्राज्ञ, लेखक, साहित्यकार र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)



 
::| Latest News

 
[Page Top]