युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
पत्रकार मिश्रका कविताहरू सार्वजनिक
Tuesday, 03.10.2015, 11:23am (GMT+5.5)

काठमाडौं । बीबीसी नेपाली सेवाका पत्रकार रवीन्द्र मिश्रको अर्को परिचय पनि थपिएको– कविका रुपमा । पत्रकारितासंगै समाजसेवामा संलग्न मिश्रको कविता संग्रहमा माया, मिलन, विछोड, पीडा, वेरोजगारी र द्वन्द्वको घाउलगायत समसामयिक विषयलाई समेटिएको सङ्ग्रहमा ११६ कविता समावेश गरिएका छन् । 

पुस्तक विमोचन समारोहमा मिश्रले कसले कविता लेख्दैनन्, पढ्दैनन् र सुन्दैनन् ?, मञ्चबाट कवि तथा पत्रकार रवीन्द्र मिश्रले हात उठाउन आग्रह गर्नुभयो । करिव चारसय दर्शक÷स्रोताबीचबाट दुईजना सर्वसाधारण महिला जीवन डङ्गोल र नविना श्रेष्ठले हतार हतार हात उठाउनुभयो । ती दुईजना महिलाहरूबाट संग्रह विमोचन गरियो । 

सोही अवसरमा कवि मिश्रले सङ्ग्रहमा समावेश नभएको ‘आमा’ शीर्षकको कविता वाचन गर्नुभयो । त्यस्तै सङ्ग्रहमा समावेश गरिएका ‘मिति भएनौँ भने’, ‘आज राति १२ बजे’, ‘म के हुँ’, ‘चोर र इश्वर’, ‘अपनत्व’, ‘कवितै आएन’, ‘बरू म उपन्यास पढ्छु’, ‘यसरी पढौँ कविता’, ‘मेरो देश’, ‘छोरा छोरीलाई’, ‘कान्दाका चेपाङ’, ‘काठमाडौँ’ र ‘पाप’ शीर्षकका करिव दुई दर्जन कविता वाचन गर्नुभयो । 

कवि नवराज पराजुलीले सङ्ग्रहमा समावेश गरिएको ‘इश्वर’ र ‘के म पत्रकार हुँ’ शीर्षकका दुईवटा कविता वाचन गर्नुभयो । उक्त पुस्तकको लेखकले पाउने सम्पूर्ण लेखकस्व चितवनको कान्दा क्षेत्रका विपन्न चेपाङ समुदायको हितकालागि खर्च गरिनेछ । यसअघि मिश्रका प्रकाशित दुई पुस्तक ‘भूमध्यरेखाःअर्थहीनताभित्र अर्थ खोज्दा’ र ‘खान पुगोस्, दिन पुगोस्’ बाट प्राप्त लेखकस्व पनि सोही समुदायका लागि प्रदान गरिँदै आएको छ । 

सोही अवसरमा साहित्यविद् तथा कवि सनतकुमार वस्तीले कविता सरल वा जटिल हुनु विविधताभित्रको सौन्दर्य हो भन्नुभयो । कवि तथा उपन्यासकार बुद्धि सागरले कविता सङ्ग्रह प्रकाशन गरेर बिक्री हुदैन भन्ने प्रसङ्गमा भन्नुभयो ‘जवसम्म कविता बेच्नका लागि लेखिन्छ तबसम्म विक्दैन’ ।
पछिल्लो पटक जनताको बोली बोल्ने कविता भन्दा पनि प्रचारका लागि मात्र वाचन तथा प्रकाशन गर्ने गरिएको उहाँको गुनासो थियो । प्रकाशक अजित बरालले मिश्रका कविता सरल र पठनयोग्य भएको टिप्पणी गर्नुभयो । 
कवि मिश्रले कविता बिक्री भएन भनेर पाठक वा स्रोतालाई दोष दिनुभन्दा पनि समग्र साहित्यको क्षेत्रमा समीक्षा गर्नुपर्ने बेला आएको छ भन्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)



 
::| Latest News

 
[Page Top]