युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.19.2019, 02:32am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
विविध विषयका कृतिहरू लोकर्पित
Tuesday, 07.07.2015, 01:54pm (GMT+5.5)

काठमाडौं । भूकम्पको बारेमा देशव्यापी चर्चापरिचर्चा भरहेका बेला नेपाल बुद्धिजीवी परिषद केन्द्रीय समितिले हालै एउटा कृति प्रकाशन गरेको छ । भूकम्पको बारेमा जानकारी दिने उद्देश्यले तयार पारिरएको उक्त पुस्तकको एक समारोहका बीच एमालेका बरिष्ठ नेता माधवकुमार नेपाले लोकार्पण गर्नुभएको थियो ।

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा, भएको उक्त कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सचिव श्री प्रदिप ज्ञवालीले भूकम्पको बारेमा आम जनतालाई जानकारी दिन आवश्यक भएको बताउनु भएको थियो । उहाँले जनतालाइृ जानकारी दिने भूमिकामा बुद्धिजीवीहरू योगदान महत्वपूर्ण हुने औल्याउनु भएको थियो । लोकार्पण समारोहमा सम्पादक मण्डल र प्रकाशकको तर्फबाट परिषद्का सचिवालय सचिव 

सिद्धीश्वरमान श्रेष्ठ, लेखकहरूको तर्फबाट परिषदका केन्द्रीय सदस्य डा. तारानिधि भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडाले सम्वोधन गर्नु भएको थियो । समारोहमा परिषद्का उपाध्यक्ष श्री लक्ष्मण कुँवरले स्वागत भाषण गर्नु भएको थियो । यसै गरी उक्त लोकार्पण समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. गोविन्द नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगा उप्रेती लगायतका महानुभावहरूले मन्तव्य दिएका थिए । समारोहमा पुस्तक, गोजिका र लोगो वितरण गरिएको थियो । 

त्यस्तै विभिन्न मुलुकका अनुसन्धान क्षेत्रमा संलग्न विद्वानले लेख्नु भएको ‘इतिहास प्रवाह’ नामक कृति शनिबार यहाँ लोकार्पण गरिएको छ । सो कृतिमा नेपाल, भारत, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, ताइवान, सिङ्गापुरलगायत मुलुकका विद्वानले लेखेका १२ वटा अनुसन्धानपत्र तथा लेख छन् । त्यसमा विशेषगरी बौद्ध धर्म, संस्कृति, दर्शन, बौद्धकला, बौद्ध इतिहास, पुरातत्व तथा हिन्दू र बौद्ध धर्म तथा संस्कृतिबीच समन्वयात्मक पक्षमा लेखिएका लेख छन् । अङ्ग्रेजी भाषामा लेखिएको कृतिको उद्धव पुरीले सम्पादन गर्नुभएको हो । 

नेपालका लागि श्रीलङ्काका राजदूत डब्लुएम सेनिभिरथ्नाले कृतिको विमोचन गर्दै अन्तर्राष्ट्रिय तहमा अनुभव हासिल गरेका विद्वानले निकालेको सो कृति दर्शन तथा साहित्यका क्षेत्रमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रा डा शङ्कर थापाले ‘नेपालमा बौद्ध शिक्षाको वर्तमान र भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सरकारको स्वामित्वमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय तथा अन्य शिक्षण संस्थामा राजनीतिक हस्तक्षेप हुने कारण बौद्ध शिक्षाको भविष्य नरहेको प्रष्ट पार्नुभयो ।

नेपाल बौद्ध महासङ्घका महासचिव लामा गुरु आचार्य नोर्वु शेर्पा र प्रा डा त्रिरत्न मानन्धरले थेरवाद, महायान र वज्रयान सम्प्रदायबीच समन्वय गरी अघि बढेमा बौद्ध शिक्षालाई व्यापक बनाउन सकिने बताउनुभयो ।

अन्तर्राष्ट्रिय युवा भिक्षु महासङ्घका उपाध्यक्ष भिक्षु तपस्सी धम्म, बौद्ध गुरु आङफुरी शेर्पा र डा अनुजा गुरु माताले सो कृति उपयोगी हुने बताउँदै समाजमा सबै मानिसले लोभ लालच नगरी शुद्ध विचार तथा आचरणका साथ अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

त्यसै गरी शनिबार कवि मोदनाथ शास्त्रीको तीनवटा साहित्यिक कृति भैरहवामा विमोचन गरिएको छ । सिर्जनशील साहित्य समाजको १३९ औँ मासिक साहित्यिक सङ्गमको अवसरमा शास्त्रीका ‘सूर्य’ कविता सङ्ग्रह, ‘नेपाल दर्शन’ निबन्ध सङ्ग्रह र ‘सूर्य कृति’ वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी र कृतिकार कवि शास्त्रीले संयुक्तरुपमा विमोचन गर्नुभयो ।

कृति विमोचन गर्दै गजलकार परिश्रमीले शास्त्रीको योगदान नेपाली साहित्य जगतमा अतुलनीय भएको बताउनुभयो । कार्यक्रममा प्राज्ञ बुँद रानाले नेपाली साहित्यका पाका स्रष्टा शास्त्रीको निरन्तरताले आफूहरूलाई पनि तन्नेरी बनाएको बताउनुभयो । विमोचित कृतिको समीक्षा साहित्यकार सहप्राध्यापक डिल्लीराज भट्टराई र कवि रुद्र ज्ञवालीले गर्नुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मलाई प्रश्न सोध्न मन छ (07.07.2015)
पत्रकार मिश्रका कविताहरू सार्वजनिक (03.10.2015)
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)



 
::| Latest News

 
[Page Top]