युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
भानु जयन्तीमा विशेष कवि गोष्ठी
Tuesday, 07.14.2015, 03:34pm (GMT+5.5)

काठमाडौं ।  आदिकवि भानुभक्त आचार्यको २०२औँ जन्मजयन्तीको उपलक्ष्यमा ‘भानु विशेष कवि गोष्ठी’को आयोजना गरियो । अभिनव साहित्य समाजको १६१ औँ साहित्यिक कार्यक्रमअन्तर्गत शनिबार आयोजना गरिएको भानु विशेष कवि गोष्ठीमा ३४ जना कवि एवम् कवयत्रीले भानुभक्त र नेपाली भाषा साहित्यसम्बन्धी कविता वाचन गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जीवेन्द्रदेव गिरीले नेपाललाई भाषा र लोक संस्कृतिले एकताको सूत्रमा गाँसेको बताउनुभयो । समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसै गरी भानुजयन्तीका अवसरमा सूर्योदय आवासीय माविले उपत्यकाव्यापी अन्तरमाध्यमिक स्थलगत कविता लेखन प्रतियोगिताको आयोजना गर्याे । 

प्रतियोगितामा विनायक शिक्षा सदनका अशोक नेपाल प्रथम भएका छन् भने विजेश्वरी ज्ञान मन्दिर सैनिक माविका कुमारी बुढाथोकी दोस्रो र रिपुमर्दिनी सैनिक माविका आशिष पन्त तेस्रो भए ।यसैगरी सोही विद्यालयका स्मृति खड्का र अक्सिडेन्टल पब्लिक स्कुलका शिक्षा भट्टराईले सान्त्वना पुरस्कार प्राप्त गरे । 

कार्यक्रममा साहित्यकार डा तुलसीप्रसाद भट्टराईले विजेतालाई पुरस्कार प्रदान गर्दै नयाँ पुस्तामा साहित्यप्रतिको लगाव बढ्दै जानु सकारात्मक भएको बताउनुभयो ।
सो विद्यालयका प्रिन्सिपल लक्ष्यबहादुर केसीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई यस वर्षको भानु सूर्याेदय स्रष्टा सम्मान प्रदान गर्ने घोषणा गर्नुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
विविध विषयका कृतिहरू लोकर्पित (07.07.2015)
मलाई प्रश्न सोध्न मन छ (07.07.2015)
पत्रकार मिश्रका कविताहरू सार्वजनिक (03.10.2015)
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)



 
::| Latest News

 
[Page Top]