युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
चार स्रष्टालाई सङ्गीत तथा नाट्य पुरस्कार प्रदान
Tuesday, 07.21.2015, 02:35pm (GMT+5.5)

काठमाडौं । मुलुकमा नाट्य र संगीत क्षेत्रका चारजना मूर्धन्य स्रष्टालाई आइतबार राष्ट्रपति राष्ट्रपति डा रामवरण यादवको हातबाट पुरस्कृत गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. यादवले चार स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको हो ।

समारोहमा राष्ट्रपति डा यादवले वरिष्ठ नाटक निर्देशक हरिप्रसाद रिमाल, वरिष्ठ सङ्गीत निर्देशक चन्द्रराज शर्मा, वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ लोक बाद्यवादक न्हूच्छेँबहादुर डङ्गोललाई  २०७१ सालको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ प्रदान गर्नुभयो । पुरस्कारको राशि जनही रु एक लाख एक र ताम्रपत्र रहेको छ ।

सो अवसरमा राष्ट्रपति डा. यादवले पुर्खाले धरोहरका रुपमा छाडेर गएका धर्म, दर्शन, कला र संस्कृति नै हाम्रो राष्ट्रिय जीवनको परिचायक भएको बताउनुभयो । मुलुकको सङ्गीत तथा नाट्य विधामा महत्वपूर्ण योगदान पुर्याउनु हुने चार मूर्धन्य श्रष्टालाई नेपाल प्राकृतिक विविधताले मात्र होइन, सांस्कृतिक विविधताले पनि समृद्ध मुलुक भएको बताउनुभयो ।

विश्वमा सदासर्वदा स्वतन्त्र रहेको एवम् गौरवपूर्ण इतिहास बोकेको  मुलुकको अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी त्यसमा नवीन विशेषता जोड्दै जानु चेतनशील समाजको आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समयको निश्चित कालखण्डमा हामी गौरवपूर्ण इतिहास निर्माण गर्ने दिशामा पनि सदा प्रयत्न  हुनुपर्दछ ।”

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट सङ्गीत तथा नाट्य विधामा जीवन उत्सर्ग गरेका मूर्धन्य प्रतिभालाई सम्मान गर्ने परम्पराबाट स्रष्टालाई सिर्जनाको क्षेत्रमा कर्मशील हुन प्रेरणा मिल्ने बताउँदै उहाँले भन्नुभयो, “अग्रज स्रष्टाको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो, यस्तो परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिन्छ ।”

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले नेपाल प्राकृतिक सौन्दर्य र जैविक विविधताले मात्र होइन, सांस्कृतिक सौन्दर्य र जीवन्त वाङ्मयिक विविधताले पनि धनी रहेको बताउनुभयो । 

प्रतिष्ठानका उपकुलपति शम्भूजित बाँस्कोटाले प्रतिष्ठानले नेपाली गीत, सङ्गीत, नृत्य र नाट्य खोज, अनुसन्धान, संरक्षण र विकासका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलाउने कार्यमा क्रियाशील रही आएको जानकारी दिनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भानु जयन्तीमा विशेष कवि गोष्ठी (07.14.2015)
विविध विषयका कृतिहरू लोकर्पित (07.07.2015)
मलाई प्रश्न सोध्न मन छ (07.07.2015)
पत्रकार मिश्रका कविताहरू सार्वजनिक (03.10.2015)
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)



 
::| Latest News

 
[Page Top]