युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
माल पाएर चाल नपाएपछि धमिराको गुँड
Tuesday, 09.15.2015, 11:31am (GMT+5.5)

काठमाडौं । नेपालमा सम्बन्धित क्षेत्रको सम्बन्धित निकायले आफ्नो जिम्मेवाी निर्वाह इमान्दारीपूर्वक गरिदिएको भए मुलुकको अवस्था अहिलेकोभन्दै सयौं गुणा बढी राम्रो हुन्थ्यो । तर यहाँ जुनसुकै निकायमा पनि जागीर खुवाउन र खाने काम बाहक केही हुने गरेको छैन । त्यसले गर्दा दश र जनताको सेवा र हित एकादेशको कथा जस्तो छ । यस्तै अवस्थामा पुगेको छ ऐतिहासिक र पौराणिक महत्वका पाण्डुलिपिहरू । स्रष्टाले कति हण्डर र गोता खाएर सृजित ऐतिहासिक साहित्यिक कृतिको पुनः मुद्रण र महत्वपूर्ण पाण्डुलिपिको छपाइ गर्न नसकिंदा ती सम्पदा धमिराको गुँड बनेको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानको स्वामित्वमा रहेका थुप्रै साहित्यिक कृति र ५० भन्दा बढी पाण्डुलिपि आर्थिक अभावका कारण  छाप्न नसकिएको हो । प्रतिष्ठानले आफ्नो कर्तव्य पूरा गर्न  पटकपटक सरकार र पार्टीका शीर्षनेतालाई पुनः मुद्रण गर्न हारगुहार गर्याे तर सम्भव भएन ।  

प्रतिष्ठानमा अवस्थित दराजमा धमिराले धुलोपीठो पारेका महत्वपूर्ण पाण्डुलिपि प्रकाशनको प्रतीक्षामा रहेको झन्डै आधा दशक पूरा भयो । तर आर्थिक अभावकै कारण छाप्न सकिएन । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भन्नुभयो ।

केही महत्वपूर्ण कृति जो नछापी नहुने हो सो छाप्नका लागि प्रतिष्ठानले थुप्रै पटक संस्कृति तथा पर्यटन मन्त्रालयलाई गुहार्ने गरेको छ । सो कार्य अहिलेसम्म जारी छ । यसअघि प्रतिष्ठानको अनुरोधमा मन्त्रालयले साहित्य, कलाकार परिचय कोष, पृथ्वीन्द्रोदय र संस्कृत अध्ययन रामायण र भानुभक्त रामायणको तुलनात्मक अध्ययन प्रकाशन गरिदिएको थियो । 

त्यसैगरी बिपी फाउन्डेसनले भानुभक्त रामायण र आध्यात्म रामायणका बीचमा के फरक छ भन्ने कृतिसमेत प्रकाशन गरिदिएको छ । एक सय २५ जातजाति, र एक सय २३ भाषा र विभिन्न जनजातिको सांस्कृतिक पहिचानको उत्थानको दायित्व बोकेको नेपालको एक मात्र सरकारी प्र्रतिष्ठान अहिले केही लक्ष्यित दातासँग हारगुहार गरी आफ्ना केही प्रकाशन प्रकाशित गर्दै आएको छ । जुन संस्थालाई नेपाल सरकारले प्रकाशन कार्यका लागि जम्मा रु एक करोड ५० लाख विनियोजन गरेको छ । 

विनियोजित रकमबाट राष्ट्रकवि र राष्ट्रिय गानका रचनाकारको पारिश्रमिक, प्रतिष्ठानका ११ विभागलाई रु ७७ लाख विभिन्न गोष्ठी, भाषाको अध्ययन र अनुसन्धान कार्यका लागिसमेत भुक्तानी दिनुपर्ने हुन्छ ।     

‘कुनै पनि राज्यको महत्वपूर्ण कार्य त्यस देशको भाषा, साहित्य, कला, संस्कृति, र दर्शनको जगेर्ना गर्नुहुन्छ । तर यहाँ पाठकले रुचाएका र खोजीनिती गरिएका महत्वपूर्ण ऐतिहासिक  कृतिको पुनः मुद्रण गर्न नसक्नु र पाण्डुलिपिमा ढुसी लाग्नु भनेको लाजमर्दो विषय हो ।’ इतिहासविद् ज्ञानकाजी मानन्धरले बताउनुभयो ।

इतिहास शिरोमणि बाबुराम आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, समालोचक यदुनाथ खनाल, गोविन्द लोहनी, गोविन्द भट्ट, ज्ञानमणि नेपाल, कवि सिद्धिचरण श्रेष्ठ, स्वामी प्रपन्नाचार्य, योगी नरहरि नाथ, बालकृष्ण समलगायत लेखकका करिब एक सयभन्दा बढी कृति रकमको अभावमा पुनः मुद्रण गर्न सकिएको छैन । जसमध्ये प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित महत्वपूर्ण दुई कृति नेपाल निरुप्त तथा चीन र भोटसँग नेपालको सम्बन्ध पुस्तक धेरै माग भएको छ । उक्त दुई कृति अहिलेसम्म छाप्न नसक्नु प्रतिष्ठानको लाचारीपन हो ।

लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि बहुलतालाई समेट्ने जिम्मेवारी पाएको संस्था हो नेपाल प्रज्ञा–प्रतिष्ठान । २०१४ सालमा नेपाल एकेडेमी र २०२४ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको नामले चिनिन्थ्यो अहिलेको नेपाल प्रज्ञा–प्रतिष्ठान । 

प्रतिष्ठानको आफ्नो स्वामित्वमा एक हजार प्रकाशित कृति छन् । जसमध्ये  सबैभन्दा धेरै बिक्री हुने प्रकाशन बृहत् नेपाली शब्दकोश हो । प्रतिष्ठानको अर्का दुई नयाँ शब्दकोश ‘प्रज्ञा नेपाली शब्दकोश’ र ‘प्रज्ञा–नेपाली अङ्ग्रेजी’ शब्दकोश भने  छिट्टै बजारमा आउने भएको छ ।  

राज्यले प्रतिष्ठानलाई पाँच महत्वपूर्ण कार्य गर्न अह्राएको छ , भाषा, साहित्य, संस्कृति, कला र दर्शनको विकास, संरक्षण र संवद्र्धन गर्न । प्रतिष्ठानले आफू उक्त कार्यमा सदैव लागिपरेको दाबी गरे पनि पाण्डुलिपिमाथि धमिराले राज गरेकामा नत राज्यको आँखा नै पुग्यो, न त प्राज्ञहरूले  प्रकाशन गर्न पहल नै गर्नुभयो । 

“करिब एक सयवटा पाण्डुलिपि छाप्न सकेनौँ”, प्रतिष्ठानका कुलपति उप्रेतीले भन्नुभयो–“लेखकले फिर्ता माग्नुभयो बुझायौँ । हाल अमूर्त र मूर्त संस्कृत साहित्यका ५० ऐतिहासिक महत्वपूर्ण पाण्डुलिपि सङ्ग्रहित छन् । जुन नेपालीका लागि अत्यन्त महत्वपूर्ण छ । सोही संस्कृत साहित्यका महत्वपूर्ण पाण्डुलिपिमा धमिराले राज गरेको हो ।”   

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रज्ञा–प्रतिष्ठानको परिकल्पनाकार हुनुहुन्थ्यो भन्नुहुन्छ । उहाँका अनुसार देवकोटा हरदम नेपाली भाषा, साहित्य, संस्कृति, कला सदैव संरक्षण, संवद्र्धन र  विकास गर्न एउटा छुट्टै संस्था स्थापना गर्नुपर्छ भन्ने अडानमा हुनुहुन्थ्यो फलस्वरुप अन्ततः विं.सं.२०१४ साल असारमा प्रज्ञा–प्रतिष्ठानको स्थापना भई हालसम्म निरन्तर नेपाली भाषा र साहित्यको विकासमा क्रियाशील छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
चार स्रष्टालाई सङ्गीत तथा नाट्य पुरस्कार प्रदान (07.21.2015)
भानु जयन्तीमा विशेष कवि गोष्ठी (07.14.2015)
विविध विषयका कृतिहरू लोकर्पित (07.07.2015)
मलाई प्रश्न सोध्न मन छ (07.07.2015)
पत्रकार मिश्रका कविताहरू सार्वजनिक (03.10.2015)
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)



 
::| Latest News

 
[Page Top]