युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
नेपाललाई विश्वमाझ चिनाउने हलिउड चलचित्र ‘एभरेस्ट’
Tuesday, 10.06.2015, 11:08am (GMT+5.5)

काठमाडौं । विश्वलाई थाहा छ संसारको सबभन्दा अग्लो हिमाल सगरमाथा (एभरेष्ट) भनेर । सगरमाथामा पाइला हाल्ने अझ शिखर आरोहण गर्ने सबैको सपना हुन्छ । आराहणका क्रममा कैयौंले ज्यान गुमाएका छन् भने कैयौं उद्धार भएको छ । 

यस्तै आरोहणका क्रममा उद्धार गरिएका आरोहीहरूको कथालाई समेटेर एउटा चलचित्र बनेको छ । सगरमाथाको सौन्दर्य, आरोहणका रोमाञ्चकारी अनुभव, आरोहणका क्रममा ज्यान गुमाउनेप्रतिको समवेदना र त्यसैक्रममा मृत्युलाई जितेर फर्कनेको सफल कथालाई हलिउड चलचित्र ‘एभरेस्ट’ ले समेटेको छ । 

सन् १९९६ मे १० का दिन रब अल र स्टिकर फिचरसहित आठ पर्वतारोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउन पुगेको यथार्थ घटनालाई मुख्य विषय बनाएर निर्माण गरिएको सो चलचित्रले सगरमाथा आरोहणप्रतिको उच्चाकर्षणलाई प्रस्तुत गर्न सफल भएको छ । रब अल र स्टिकर फिचर अरूलाई हिमाल आरोहण गराउने काममा संलग्न हुन्छन् ।   

विश्वका सातैवटा अग्लो हिमालको आरोहण गर्ने लक्ष्य बोकेकी एक जापानी महिला आरोहीले यसअघि छवटै हिमालको सफल आरोहण गरिसकेकी हुन्छिन् । सगरमाथालाई चुम्ने लक्ष्य लिएर उनी रब अलकै टोलीमा सहभागी हुन्छिन् । उनले सातौँ शिखर सगरमाथाको सफल आरोहण त गर्छिन् तर त्यसको खुसी मनाउन उनी जीवित रहन्नन् ।  

यसैगरी, अर्का आरोहीले आफ्नो जीवनको अन्तिम लक्ष्य नै सगरमाथा आरोहणलाई बनाएका हुन्छन् । उनको स्वास्थ्यस्थिति राम्रो नहुँदा नहुँदै पनि सगरमाथा चढ्न पुग्छन् । उनलाई सगरमाथाको चुचुरोमा पुर्याउने जिम्मा रबले लिएका हुन्छन् । अन्य आरोहीलाई सगरमाथा पुर्याएर फर्कने क्रममा बाटोमा रबले उनलाई भेट्छन् । 
समय छैन फर्कौंभन्दा पनि उनले चुचुरोमा पुगेरै छाड्ने अडान लिएपछि रब उनलाई लिएर चुचुरोमा पुर्याउँछन् । तर फर्कादा मौसमले साथ दिँदैन । रबसँग भएको अक्सिजनको सिलिन्डर पनि सकिन्छ । बिरामी साथीको तल झर्ने क्रममा खसेर मृत्यु हुन्छ । उनका लागि अक्सिजन लिएर आइपुगेका अर्का साथीको पनि मृत्यु हुन्छ । उनले आफ्नो अन्तिम अवस्थामा पनि सङ्घर्ष त गर्छन् तर प्रतिकूल मौसम र अक्सिजनको अभावका कारण उनको पनि मृत्यु हुन पुग्छ । 

स्टिकरको भने सगरमाथाको चुचुरोमा पुग्नुअघि नै मृत्यु हुन्छ । दुर्घटनामा मृत्यु भएको ठानिएका अर्का एक आरोहीले आफ्ना दुवै हात र नाक हिउँका कारण गुमाउन पुगे पनि मृत्युलाई जितेर आफ्ना साथीहरू भएको ठाउँमा उनी आइपुग्छन् । सफल आरोहण गरेर फर्किएकाहरू पनि आफ्ना साथीहरूको मृत्यु भएपछि आरोहणको खुसी मनाउन सक्दैनन् र आफ्नो देश फर्कन्छन् ।

चलचित्रमा आरोहणका क्रममा देखाइएका दृश्यले दर्शकलाई आफैँ सगरमाथा चढ्दै गरेको जस्तो अनुभव हुन्छ । आरोहण साँच्चिकै साहसिक र ज्यानकै बाजी राखेर खेलिने खेल भन्ने अनुभूति चलचित्रले गराउँछ । सगरमाथालाई नजिकबाट नदेखेका दर्शकले भने भरपुर मात्रामा सगरमाथाको सौन्दर्यलाई चलचित्रमार्फत दृश्यपान गर्न सक्छन् । चलचित्रले सगरमाथालाई निकै आकर्षक रुपमा देखाए पनि चलचित्र हेरिरहँदा अझै यसको आकर्षणलाई पूर्ण रुपमा उतार्न नसकेको अनुभव हुन्छ ।  लगभग ९५ प्रतिशत छायाङ्कन नेपालको हिमाली र अन्य क्षेत्रमा गरिए पनि हिमालबाहेक अन्य दृश्यमा नेपाललाई चिनाउने कुनै स्थानलाई देखाइएको छैन ।   

चलचित्रमा जब सगरमाथा आरोहणका लागि रब अलको आरोही टोली नेपाल आइपुग्छ, उनीहरूले सार्वजनिक यातायात माइक्रोबसको यात्रा गर्दा पृष्ठभूमिमा हिन्दी गीत बजिरहेको सुनिन्छ । यसले उनीहरू नेपालमा नभई भारतको कुनै सहरमा गएको जस्तो देखिएको छ । सन् १९९६ को कथा भएपनि काठमाडौँको अहिलेको भीडभाड र भौतिक पूर्वाधारलाई फिल्ममा देखाइएको छ । 

नेपाली कलाकारले पनि सो चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा आरोहण टोलीको उद्धारमा नेपाली पथप्रदर्शक शेर्पा, नेपाली क्याप्टेन मदन केसीको भूमिकामा रहेका कलाकार विजय लामाले समेत अभिनय गरेको भएपनि उनीहरूलाई त्यति स्पष्ट देखाइएको छैन । आफ्नो ज्यानको बाजी थापेर उद्धार गर्न खटिने भए पनि शेर्पालाई त्यति राम्ररी चलचित्रमा प्रस्तुत गर्न सकेको छैन । उद्धार गर्ने क्रममा कलाकार लामाले ‘जय गोरखकाली’ भन्ने शब्द प्रयोग गरेका छन् ।  

चलचित्रमा रबले अन्तिम अवस्थामा स्याटलाइट फोनमार्फत आफ्नी श्रीमतीसँग कुरा गर्दै जन्मन लागेकी छोरीको नाम ‘सराह’ राख्नु, उनी जन्मँदा आफू साथमा नभएपनि आफ्नो माया पनि दिनु भन्छन् । यसले दर्शकको सहानुभूति बटुल्न खोजे पनि त्यति सफल भएको देखिँदैन ।

चलचित्रमा कथा सकिएपछि रब अललगायत टोलीका सम्पूर्ण सदस्यको वास्तविक तस्बिर देखाइएको छ । रब अलको मृत्यु हुँदा गर्भमा रहेकी र अहिले १९ वर्ष पुगेकी छोरी सराहलाई पनि देखाइएको छ । यसले वास्तविक आरोही कस्ता थिए त भन्ने जानकारी दर्शकले पाएका छन् । 

बाल्टासर कोर्माकारले निर्देशन गरेको सो चलचित्रमा जोस ब्रोलिन, जेसन क्लार्क, जेक ग्यालेनहाल, जोन ह्याक्स, रोविन राइट, साम वार्थिङ्टनको मुख्य भूमिका रहेको छ । चलचित्र न्युजिल्यान्ड, अमेरिका र नेपालको काठमाडौँ, सोलुखुम्बुको लुक्ला, फाप्दिङ, नाम्चे, तेङ्बुचे, फेरुचे, लोपुचेलगायतका स्थानमा छायाङ्कन गरिएको छ । यसअघि हलिउडमा सगरमाथालाई कथावस्तु बनाएर चलचित्र निर्माण गरेको पाइँदैन । 

युनिभर्सल पिक्चर्स इन्टरनेसनल र वर्किङ टाइटल प्रालिले सो चलचित्र ९ करोड ४० लाख डलरको लागतमा निर्माण गरेको बताइन्छ । असोज १ गतेदेखि विश्वभर सो चलचित्रको प्रदर्शनी गरिएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
माल पाएर चाल नपाएपछि धमिराको गुँड (09.15.2015)
चार स्रष्टालाई सङ्गीत तथा नाट्य पुरस्कार प्रदान (07.21.2015)
भानु जयन्तीमा विशेष कवि गोष्ठी (07.14.2015)
विविध विषयका कृतिहरू लोकर्पित (07.07.2015)
मलाई प्रश्न सोध्न मन छ (07.07.2015)
पत्रकार मिश्रका कविताहरू सार्वजनिक (03.10.2015)
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)
प्रा. दाहालको ‘स्वेतधारा’ विमोचित (01.21.2013)
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’ (09.18.2012)



 
::| Latest News

 
[Page Top]