युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.18.2017, 11:42pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
विकल सम्मानबाट चार व्यक्तित्व र एक संस्था सम्मानित
Tuesday, 12.22.2015, 12:20pm (GMT+5.5)

काठमाडौं । नेपाली साहित्यको प्रगतिवादी धाराका आख्यानकार रमेश विकलको नवौँ स्मृतिसभाका अवसरमा साहित्य एवम् समाजसेवामा योगदान पुर्याउनुभएका व्यक्तित्वलाई सम्मान गरिएको छ । 

रु २५ हजार नगद र दोसल्ला एवम् ताम्रपत्रसहितको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार तथा कलाकार मनुजबाबु मिश्र, रु १० हजार नगद र ताम्रपत्र एवम् दोसल्लासहितको रमेश विकल सुशीला समाजसेवा पुरस्कार हेटौँडास्थित समाजसेवी संस्था मानव सेवा आश्रम, रु पाँच हजार नगद र ताम्रपत्र एवम् दोसल्लासहितको रमेश विकल सिर्जना पुरस्कार साहित्यकार कन्हैया नासनी, रु पाँच हजार नगद, ताम्रपत्र र दोसल्लासहितको रमेश बाल साहित्य पुरस्कार साहित्यकार तेजप्रकाश श्रेष्ठ, र नगद रु पाँच हजार, ताम्रपत्र एवम् दोसल्लासहितको रमेश विकल सुशीला नारी सेवा सम्मान समाजसेवी दिलशोभा श्रेष्ठलाई प्रदान गरिएको हो । 

सम्मान एवम् पुरस्कार प्रदान गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सामाजिक यथार्थ प्रस्तुत गर्ने प्रगतिवादी धारका साहित्यकार विकलले पुर्याएको योगदान नेपाली साहित्यमा अतुलनीय रहेको बताउनुभयो । 

“विसं २०१७ को परिवर्तनपछि विकलले छिन्नभिन्न भएको प्रगतिवादी साहित्यलाई एकत्रित गरी मूलधारमा ल्याउन योगदान गर्नुभयो, साहित्यमा योगदान गर्नुभएका विकलको नाममा स्थापना हुन लागेको सङ्ग्रहालयका लागि प्रतिष्ठानका तर्फबाट सक्दो सहयोग गरिनेछ”– उहाँले भन्नुभयो ।

सांसद रामेश्वर फुयाँलले चर्चा कमाएका ठूला साहित्यकारको नाममा सङ्ग्रहालय बनाउन खोज्दा परिवारले सहयोग नगरेकामा विकलको परिवारका सदस्यले नै सङ्ग्रहालय स्थापना गर्ने अभियान सुरु गरेकाले सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनुभयो ।

“म काठमाडाँै जिविसको उपसभापति भएका बेला महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्ग्रहालय बनाउनका लागि बजेट विनियोजन गरियो तर परिवारका सदस्यले सहयोग नगर्दा सम्भव नभएपछि त्यो बजेटले जोरपाटीमा देवकोटाको सालिक निर्माण गर्नुपर्याे”– उहाँले भन्नुभयो ।

वाङ्मय पुरस्कारबाट पुरस्कृत व्यक्तित्व मिश्रले विकलबाटै आफूले चित्रकला सिकेको जानकारी गराउनुभयो । “उहाँ साहित्य र चित्रकलामा मात्र होइन सङ्गीतमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो, यस क्षेत्रमा भएका सबै साङ्गीतिक कार्यक्रममा उहाँ हारमोनियम वा मुरली बजाउनुहुन्थ्यो, बहुमुखी प्रतिभाले युक्त व्यक्तित्व विकल हुनुहुन्थ्यो”– उहाँले भन्नुभयो ।

समाजसेवा पुरस्कारबाट पुरस्कृत आश्रमका संरक्षक एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले सडकमा बसेर माग्ने पेसा अपनाउनेलाई आश्रममा राखी नेपाललाई माग्ने मानिसरहित बनाउने अभियानमा लागिएको बताउनुभयो । नारीसेवा सम्मानबाट सम्मानित व्यक्तित्व श्रेष्ठले जीवनमै बाबुआमाको श्रद्धा नगर्ने छोराछोरीले मरेपछि श्राद्ध गर्नुको अर्थ नहुने भएकाले सडकमा पुगेका वृद्धवृद्धालाई आश्रय दिन आमाघर लागेको जानकारी गराउनुभयो ।

रु २५ हजार राशिको वाङ्मय पुरस्कार प्राप्त गर्नुभएका कलाकार मिश्रले सो पुरस्कार साहित्य सेवामा समर्पित संस्था साहित्य सदन नेपाललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, उपाध्यक्ष हेमनाथ पौडेल, महासचिव एवम् विकलपुत्र विजय चालिसेलगायतका वक्ताले नेपाली साहित्यमा उहाँले पुर्याउनुभएको योगदानका विषयमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा विकलकी नातिनी निहारिका अधिकारीद्वारा लिखित ‘हामी साना नानी’ कविता सङ्ग्रह विमोचन गरिएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
डिसीमा अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कार वितरण (11.25.2015)
नेपाललाई विश्वमाझ चिनाउने हलिउड चलचित्र ‘एभरेस्ट’ (10.06.2015)
माल पाएर चाल नपाएपछि धमिराको गुँड (09.15.2015)
चार स्रष्टालाई सङ्गीत तथा नाट्य पुरस्कार प्रदान (07.21.2015)
भानु जयन्तीमा विशेष कवि गोष्ठी (07.14.2015)
विविध विषयका कृतिहरू लोकर्पित (07.07.2015)
मलाई प्रश्न सोध्न मन छ (07.07.2015)
पत्रकार मिश्रका कविताहरू सार्वजनिक (03.10.2015)
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)
डा. धु्रवचन्द्र वोस्टनमा सम्मानित (09.10.2013)



 
::| Latest News

 
[Page Top]