युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:23am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
वाग्मती नदी जस्तै अद्र्धस्वच्छ चलचित्र वाग्मती
Wednesday, 01.13.2016, 12:53pm (GMT+5.5)

काठमाडौं । नेपाली चलचित्रमा हालसम्मकै सबैभन्दा महंगो, सबैभन्दा उत्कृष्ट र महानायकको उपाधी पाएका राजेश हमालको पुनःआगमन भनेर प्रचार गरिएको चलचित्र ‘वाग्मती’ प्रचार जस्तो उत्कृष्ट देखिएन । तर चलचित्रले दर्शकलाई तान्न भने सफल भएको छ । चलचित्र उत्कृष्ट बनेको छ तापनि बढी प्रचार र महत्वकांक्षाकले मार खाएको छ । चलचित्रको प्राविधिकपक्ष राम्रो छ र दक्षिण भारतीय चलचित्रको झल्को दिन्छ । यसको प्रमुख कारण हो चलचित्रको निर्देशक दक्षिण भारतीय निर्देशक हुनु । यति हुँदाहुँदै पनि चलचित्र वाग्मती नदी सफाई अभियान जस्तै अर्धस्वच्छ छ ।

नाम पवित्र छ, सबैलाई आकर्षित गर्ने खालको छ । चलचित्रको प्रचारमा देखाइएका दृश्यहरुले सबैलाई एकपटक हलसम्म तान्छ पनि । महानायक र एक्सन किङको ‘कमब्याक’ भनिएको यो चलचित्र सफा वाग्मती हेर्ने चाहना राख्ने कञ्चन नामकी एक अबोध बालिकाको चाहनाबाट सुरु हुन्छ । र चलचित्रको कथाले विस्तारै ‘नाटकीय मोड’ लिन्छ । अप्रत्यासित रूपमा गम्भीर रोगको शिकार हुन पुगेकी ती बालिकाको उपचार खर्च जुटाउन निम्न आयस्तरका बुबा (रवि)ले झेलेका सङ्घर्ष र दुःखलाई चलचित्रमा देख्न सकिन्छ । चलचित्रको कथा रहस्यात्मक प्रारम्भबाट सुरु हुन्छ र ‘टु बि कन्टिन्यू’ भन्दै दोस्रो भागमा रहस्य खोल्ने आशयका साथ अन्त्य हुन्छ । चलचित्र अन्त्य हुँदासम्म पनि दर्शकले सकिएको मेसो भने पाउँदैनन् ।

लामो समयपछि महानायक राजेश हमाल र एक्सन नायक शिव श्रेष्ठलाई एउटै चलचित्रमा देख्न सकिने भए पनि त्यसमा रौनक छैन । शिवलाई प्रचारकै लागि मात्र राखिएको भान हुन्छ । हुन त यो चलचित्र निर्माण गर्न शिवले निकै सघाएका थिए । एक अपराधीको पात्रमा उभिएका राजेश चलचित्रको अन्त्यसम्म आफ्नै पुरानै शैली र संवादमा छाउन सफल भए पनि शिवलाई असान्दर्भिक द्वन्द्वको एउटा दृश्यमा मात्र देख्न सकिन्छ । त्यस्तै, केकी अधिकारीलाई एउटा गीत र लास भएर लडेका दृश्यमा सीमित गरिएको छ । 

अर्कातिर बालिका कञ्चनको भूमिकामा देखिएकी कञ्चन ठकुरी तथा बालिकाका पिता ‘रवि’को भूमिकामा देखिएका रविशङ्कर घिमिरे करिब एक घन्टा ४० मिनेटको चलचित्र भर हावी देखिन्छन् । उनीहरूले धेरै दृश्यमा दर्शकलाई भावुक बनाउँछन् ।

दुई वर्षभन्दा बढी समयदेखि प्रयास गर्दा पनि वाग्मती नदी सफा नभए झैँ दुई करोड रुपैयाँकै बजेटमा निर्माण भएको चलचित्रले पनि दर्शकको मन पूरै सफा गर्दैन । तर, प्राविधिक रुपले अन्य नेपाली चलचित्रभन्दा सबल छ । चलचित्र पट्यारलाग्दो छैन । यसमा थोरै गीत छन् र केही हेर्नलायक द्वन्द्व देख्न सकिन्छ । वाग्मती लेखिएको टिपरमा यता र उता भौँतारिँदा भौतारिँदै चलचित्र सकिन्छ । प्रहरी र अपराधीबीच भएका केही दृश्य वास्तविक जीवनसँग मेल नखाने छन् । चलचित्रका धेरै दृश्य नाटकीय लाग्छन् । चलचित्रमा वाग्मती अभियानका केही दृश्य देखाइएको छ । पूर्व मुख्यसचिव लीलामणि पौडेल र गायिका आनी छोइङ डोल्मालाई समेत चलचित्रमा देख्न सकिन्छ । 

चलचित्रको प्रथम प्रदर्शन उद्घाटनका क्रममा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भन्नुभयो– “वाग्मती नदीको भौतिक सरसफाइको विषयवस्तुमा बनेको यो चलचित्रले दर्शकको मानसिक सफाइ पनि गर्ने अपेक्षा गरेको छु ।” 

निर्माता यो चलचित्रले राम्रो व्यापार गर्नेमा ढुक्क भएरै यसको अर्को भाग पनि बनाउने घोषणा गरिसकेका छन् । आमअपेक्षा प्रदर्शित वाग्मतीले पूरा गर्न नसके पनि काठमाडौं उपत्यकाको सभ्यता मानिएको वाग्मती नदीसंग जोगिएको यो चलचित्रको दोस्रो भागले वाग्मती नदी र दर्शकको मन पूरै सफा गर्ने आश गरिएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
विकल सम्मानबाट चार व्यक्तित्व र एक संस्था सम्मानित (12.22.2015)
डिसीमा अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कार वितरण (11.25.2015)
नेपाललाई विश्वमाझ चिनाउने हलिउड चलचित्र ‘एभरेस्ट’ (10.06.2015)
माल पाएर चाल नपाएपछि धमिराको गुँड (09.15.2015)
चार स्रष्टालाई सङ्गीत तथा नाट्य पुरस्कार प्रदान (07.21.2015)
भानु जयन्तीमा विशेष कवि गोष्ठी (07.14.2015)
विविध विषयका कृतिहरू लोकर्पित (07.07.2015)
मलाई प्रश्न सोध्न मन छ (07.07.2015)
पत्रकार मिश्रका कविताहरू सार्वजनिक (03.10.2015)
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)
जगतबहादुरका कविता आयो (12.30.2013)
त्रिमूर्ति निकेतनबाट स्रष्टा सम्मानित (10.02.2013)
पत्रकार चापागाईको पुस्तक आयो (09.18.2013)



 
::| Latest News

 
[Page Top]