युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 07:01pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड
Tuesday, 12.06.2011, 11:35am (GMT+5.5)

काठमाडौं । पाकिस्तान अध्ययन केन्द्रले नेपाल पाकिस्तानबीचको सम्बन्ध विस्तारलाई प्रमुखता दिंदै कृति प्रकाशनको शृङ्खला सुरु गरेको छ । पाकिस्तानको भ्रमणमा गएका पत्रकारहरूको संयुक्त लेखनमा तयार भएको Pakistan As Perceived by Nepalese Media Delegation, 2011 नामक पुस्तकको गत हप्ता लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक त्रिरत्न मानन्धरले विमोचन गर्नुभएको थियो ।

हिरण्यलाल श्रेष्ठ, दोर्जी छिरिङ शेर्पा, दीपेन्द्र रोकाया, दीपेन्द्रमुनि बज्राचार्य र विश्वास बरालद्वारा संयुक्त रुपमा लेखिएको प्रस्तुत कृतिमा पाकिस्तान भ्रमण गर्दा उहाँहरूले संगालेका अनुभवहरू समेटिएको छ । नेपाल र पाकिस्तान नजिकका छिमेकी भए पनि नेपालको उदासिनता र पाकिस्तानको यथास्थितिको सोचले दुई देशबीचको सम्बन्धले समयसापेक्ष गति लिन नसकेको कथन पाकिस्तान अध्ययन केन्द्रका अध्यक्ष माधवकुमार रिमालको छ । उहाँले सो कृतिको भूमिकामा द्विपक्षीय सम्बन्ध विस्तारलाई नयाँ गति दिन संचार टोलीको भ्रमणले सघाएको धारणा प्रस्तुत गर्नुभएको छ ।

नेपाल–पाकिस्तान सम्बन्धले पाँच दशक पार गरेको अवसरमा अघिल्लो वर्ष जनमैत्री प्रकाशनले प्रकाशित गरेको पाकिस्तान अध्ययन केन्द्रका उपाध्यक्ष हिरण्यलाल श्रेष्ठद्वारा लिखित “नेपाल–पाकिस्तान सम्बन्धको स्वर्ण जयन्ती” नामक कृतिले पनि द्विपक्षीय सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने र दुई देशबीच जनस्तरमा समेत भ्रमणको आदानप्रदान गरेर निकट्ता बढाउनुपर्नेतर्फ इङ्गित गरेको थियो ।

पाकिस्तान अध्ययन केन्द्रको कार्यकक्षमा आयोजित कृति विमोचन कार्यक्रममा बोल्दै पाकिस्तानका ‘चार्ज डे अफेयर्स’ अहमर स्माइलले द्विपक्षीय सम्बन्ध विस्तारमा दुवै देशका साहित्यिक रचनाहरूको अनुवादले सहयोग पु¥याउने धारणा राख्नुभएको थियो ।

सोही अवसरमा वरिष्ठ संचारकर्मी मनरञ्जन जोशी र पाकिस्तानका लागि पूर्व नेपाली राजदूत पुष्कर मान सिंह राजभण्डारी र पूर्व राजदूत केशवराज झाले पाकिस्तान भ्रमण गरेका संचारकर्मीहरूले संयुक्त रुपमा कृति तयार गरी द्विपक्षीय सम्बन्धलाई आलोकित गर्न गरेको प्रयासलाई सह्राना गर्नुभएको थियो । अध्ययन केन्द्रका उपाध्यक्ष हिरण्यलाल श्रेष्ठले सभापतिको आशनबाट बोल्दै संचारकर्मीहरूले भ्रमणका क्रममा देखे–जानेका कुराहरु जनसमक्ष प्रस्तुत गर्ने प्रयास केन्द्रले गरेको र यसलाई निरन्तरता दिने सोच पनि रहेको जानकारी दिनुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]