युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:11am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
नेपाली भाषा बचाउन ज्ञापनपत्र
Tuesday, 09.13.2016, 11:00am (GMT+5.5)

नेपाली भाषा बचाऔँ अभियानले पाठ्यक्रम विकास केन्द्रलाई चारबुँदे ज्ञापनपत्र बुझाएको छ । अभियानका सहसंयोजक मोदिनीकुमार केवलको नेतृत्वमा गएको टोलीले केन्द्रका सहनिर्देशक गेहनाथ गौतमलाई ज्ञापनपत्र बुझाएको हो । टोलीमा अभियानका प्रेमबहादुर कार्की, दीनानाथ पोखरेल र विदुरप्रसाद तिमिल्सनालगायत हुनुहुन्थ्यो ।

ज्ञापनपत्र बुझाएपछि सहसंयोजक केवलले कक्षा १ देखि कक्षा ५ सम्म एकथरि, कक्षा ६ देखि ९ सम्म अर्कोथरि पाठ्यक्रम गरी विभिन्न पाँचथरि भन्दै ध्यानाकर्षण गर्नुभएको थियो ।

ज्ञापनपत्रमा देवनागरी लिपी नेपालको पुरानो र मौलिक भाषा भएकाले त्यसलाई कुनै निहुँमा परिवर्तन गर्न नहुने र गरेमा मान्य नहुने, विसं १९९८ मा प्रकाशित नेपाली भाषाको पहिलो शब्दकोष ‘बगली कोष’ का शब्द र सिद्धान्तलाई मूल मानिनुपर्ने, लामो समयदेखि प्रयोगमा आएकाले नेपाली बृहत् शब्दकोष प्रथम संस्करण (२०४०) का शब्द र सिद्धान्तलाई विकल्पका रुपमा मान्न सकिने र विसं २०४० पछिका सिद्धान्तलाई पनि सम्बन्धित विज्ञको सर्वसम्मति जुट्न सकेमा मात्र वैकल्पिक मान्यता दिन सकिने कुरा उल्लेख गरिएको छ ।

हिज्जे बदल्नुको कारण के हो ?
सर्वोच्च अदालतले नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यका बारेमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजालासले आआइतबारको मितिले १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । 

भाषाको हिज्जे बदल्ने विषयलाई लिएर विस्तृत छलफलका लागि आगामी असोज २ गतेका लागि सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रलगायतलाई विपक्षी बनाई अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र पत्रकार टपेन्द्रबहादुर कार्कीले भाषाको हिज्जे बदल्ने निर्णयविरुद्ध यही भदौ २४ गते रिट निवेदन दायर गर्नुभएको थियो । 

पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको नेपाली भाषाको हिज्जे बदली पाठ्यक्रममा राख्ने निर्णयविरुद्ध उत्प्रेषणको आदेशले बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

“वर्णविन्यास–विज्ञान व्याकरण तथा भाषा विज्ञानको विषय हो, संस्कृत वा नेपाली वर्णविन्यासको सम्बन्ध सृष्टि, अध्यात्म, तन्त्र, ज्योतिष आदि शास्त्रसँगसमेत गहिरोरुपमा सम्बन्धित छ”– रिट निवेदनमा भनिएको छ । हिज्जे बदल्ने प्रक्रियागत निर्णयबाट हालसम्म सही मानेको शब्द र वर्णविन्यासलाई अर्कै बनाएर लेख्नुपर्ने बाध्यता रहेको निवेदनमा उल्लेख थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
“नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्य भयो” (09.06.2016)
शनिबार एकैपटक छ कृतिको विमोचन (06.21.2016)
वाग्मती नदी जस्तै अद्र्धस्वच्छ चलचित्र वाग्मती (01.13.2016)
विकल सम्मानबाट चार व्यक्तित्व र एक संस्था सम्मानित (12.22.2015)
डिसीमा अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कार वितरण (11.25.2015)
नेपाललाई विश्वमाझ चिनाउने हलिउड चलचित्र ‘एभरेस्ट’ (10.06.2015)
माल पाएर चाल नपाएपछि धमिराको गुँड (09.15.2015)
चार स्रष्टालाई सङ्गीत तथा नाट्य पुरस्कार प्रदान (07.21.2015)
भानु जयन्तीमा विशेष कवि गोष्ठी (07.14.2015)
विविध विषयका कृतिहरू लोकर्पित (07.07.2015)
मलाई प्रश्न सोध्न मन छ (07.07.2015)
पत्रकार मिश्रका कविताहरू सार्वजनिक (03.10.2015)
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)
कविशिरोमणि लेखनाथ पौड्याल : संक्षिप्त चिनारी (12.29.2014)
रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार रेग्मीलाई (12.24.2014)
नौजनालाई नइ बाल पुरस्कार प्रदान (11.11.2014)
प्रा.डा त्रिपाठी समालोचक शिरोमणी पदले सम्मानित (11.04.2014)
अस्ताए जनताका कवि, राष्ट्रका गायक (10.21.2014)
साहित्यकार पराजुलीको अवशान (04.08.2014)
विकलको लुकेको प्रतिभा सार्वजनिक (03.10.2014)



 
::| Latest News

 
[Page Top]