युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा
Monday, 01.16.2012, 04:34pm (GMT+5.5)

“ महाभारतका केही प्रसङग” मुक्तिनाथ शर्मा न्यौपानेको पछिल्लो कृति हो । पूर्वीय साहित्यको महान ग्रन्थ महाभारतका विविध प्रसङगलाई २० वटा शीर्षकमा राखेर लेखिएको यो कृतिले महाभारतका ज्ञानबद्र्धक एवं रोचक पक्षहरूलाई सरल भाषा शैलीमा प्रस्तुत गरेर सामान्य पाठकवर्गको ज्ञान विस्तारमा सहयोग पु¥याएको छ । महाभारत जीवनमूलक ज्ञान विस्तारको अविरल स्रोत हो । पूर्वीय संस्कृतिलाई जीवन्त राख्ने यो कृतिको पौराणिक–ऐतिहासिक महत्व बिशिष्ठ छ । लेखक न्यौपानेले यति विशाल ग्रन्थलाई गहिरो अध्यन गरी त्यसको सारसंक्षेपलाई सामान्य पाठकले समेत बुझ्ने भाषामा प्रस्तुत गरेर उल्लेखनीय कार्य गर्नु भएको छ ।
महाभारतको संक्षिप्त चिनारीबाट विषय प्रवेश गरी मत्स्यगन्धा र महर्षी व्यासको जन्म प्रसंगदेखि भीष्म, द्रोण, कुन्ती, धृतराष्ट्र, गान्धारी, विदुर, कर्ण, युधिष्ठिर, दुर्योधन, भीमसेन, अर्जुन, द्रौपदी, भगवान् श्रीकृष्णसम्मका चारित्रिक बिशिष्ठता र कृयाकलापलाई लेखकले चित्रण गरेका छन् ।  महाभारत युद्धको भयावहतालाई कुरुक्षेत्रको  विभत्स दृश्यमा प्रस्तुत गरिएको छ । यो कृतिले महाभारतकालीनसामाजिक–राजनीतिक परिवेशको झलक दिएको छ ।
महर्षी  वेदव्यासद्वारा सयौं वर्ष लगाएर एक लाखभन्दा बढी श्लोकमा संस्कृत भाषामा रचना गरएको महाभारत जस्तो महान् काव्य ग्रन्थका रोचक प्रसंगहरूलाई छनोट गरेर लेखक न्यौपानेले जुन शैलीमा प्रस्तुत गरेका छन् त्यसबाट उनको खुबी पनि प्रदर्शित भएको छ । जहिले र जुन वर्गकाले पढ्दा पनि महाभारतका प्रसङगहरू उत्तिकै रोचक र ज्ञानबद्र्धक लाग्छन् । श्रीमद्भागवतका केही प्रसङग (२०६० ) र श्रीमद्भागवत गीता, नेपालीमा भावानुवाद (२०६१) पछिको यो कृतिले पूर्वीय दर्शन, आध्यात्म चिन्तन र ज्ञान विस्तारप्रति लेखकको गहिरो झुकाव रहेको बोध हुन्छ ।
स्थापित लेखकको श्रेणीमा पुग्नुभएका मुक्तिनाथ शर्मा न्यौपाने कुनै बेला युगसंवादका नियमित स्तंभकार पनि हुनुहुन्थ्यो । सरकारी सेवाबाट अवकाश पाएपछि आफ्नो लेखनीलाई तिखार्न सक्रिय रहनुभएका न्यौपानेले पछिल्लो कृति “महाभारतका केही प्रसंग”सम्म आइपुग्दा  विविध बिधा र विषयमा छरिएका २४ वटा कृतिहरू नेपाली साहित्य भण्डारलाई उपहार दिएका छन् । गहनतातिरभन्दा सहजतातिर डोरिएको उनको लेखकीय शैलीले समसामयिक विषयवस्तुदेखि लिएर गहन दर्शनका पक्षलाई पनि उत्तिकै समेटेका छन् । उनको जाँगरिलोपनाले निकट भविष्यमा पनि अरु थुप्रै कृतिहरूको आगमनलाई सम्भाव्य बनाएको छ । उहाँकै लण्डन निवासी पुत्रबधु श्रीमती रीता शर्माबाट २०६८ भदौमा प्रकाशनमा आएको  रु.२५० मूल्यको यो कृति संग्रहणीय  छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]