युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 03:23am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख
Wednesday, 05.30.2018, 04:35pm (GMT+5.5)

काठमाडौं । शताब्दी वर्षमाा प्रवेश गर्नै लाग्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा एकाएक समस्या आयो । काठमाडौंमा उपचार सम्भव नभएपछि उहाँको अहिले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भैरहेको छ । घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो ।
सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको । छोरी अधिकारीका अनुसार सानो आन्द्रामा  रगतका दुई फोका रहेका र ती फोकाको उपचार गरेपछि साना आन्द्राबाट रक्तश्राव रोकिएको हो ।” 
धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि बुधबार मेदान्त अस्पतालमा लगिएको थियो । चिकित्सकको सल्लाहमा उहाँले अझै एक हप्तासम्म अस्पतालमा रही स्वास्थ्य उपचार गराउने छोरी अधिकारीले बताउनुभयो । 
यसैबीच भारतस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ । घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको अस्पताल निर्देशक नरेश त्रेहान र उपचारमा संलग्न डा रणवीर सुदले जानकारी दिनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ । नेपाली राजदूतावासले घिमिरेको स्वास्थ्यवस्थाबारे अस्पतालमा सम्पर्क गरी जानकारी लिने काम पनि गरिएको जनाएको छ । 
घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तश्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लगिएको हो । घिमिरेका साथमा उहाँका छोरा इन्दिवर र ग्राण्डी अस्पतालका चिकित्सक डा रोहित चौधरी रहनुभएको छ । करीब चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने बताएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
नारायणगोपालको २७ औँ स्मृति दिवस (12.12.2017)
१५० औँ सिद्धिदास जन्मजयन्ती मनाइयो (09.12.2017)
साहित्यकार श्यामप्रसादको निधनमा शोक (05.11.2017)
भाषासेवी दीक्षितको निधन (01.04.2017)
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती (01.04.2017)
सुन्दरीजलले चर्चित साहित्यकार बनाएका राजनेता वीपी (09.13.2016)
नेपाली भाषा बचाउन ज्ञापनपत्र (09.13.2016)
“नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्य भयो” (09.06.2016)
शनिबार एकैपटक छ कृतिको विमोचन (06.21.2016)
वाग्मती नदी जस्तै अद्र्धस्वच्छ चलचित्र वाग्मती (01.13.2016)
विकल सम्मानबाट चार व्यक्तित्व र एक संस्था सम्मानित (12.22.2015)
डिसीमा अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कार वितरण (11.25.2015)
नेपाललाई विश्वमाझ चिनाउने हलिउड चलचित्र ‘एभरेस्ट’ (10.06.2015)
माल पाएर चाल नपाएपछि धमिराको गुँड (09.15.2015)
चार स्रष्टालाई सङ्गीत तथा नाट्य पुरस्कार प्रदान (07.21.2015)
भानु जयन्तीमा विशेष कवि गोष्ठी (07.14.2015)
विविध विषयका कृतिहरू लोकर्पित (07.07.2015)
मलाई प्रश्न सोध्न मन छ (07.07.2015)
पत्रकार मिश्रका कविताहरू सार्वजनिक (03.10.2015)
कृति बिमोचन समारोहमा समग्र व्यक्तित्वको चर्चा (02.10.2015)



 
::| Latest News

 
[Page Top]