युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 03.26.2019, 03:51pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
एउटा जनमुखी लोकगायकको भावुक विदाई
Tuesday, 01.01.2019, 12:43pm (GMT+5.5)

लोकगायक बुद्धिकृष्ण लामिछानेले दशकौं अघि एउटा गीत रेकर्ड गरेका थिए । त्यो गीत परदेशी छोराको सम्झनामा भक्कानिएकी आमाको कथा समेटिएको छ । त्यतिबेलाा परदेश जाने भनेको लाहुरे हुने मात्रै थियो । वर्षमा केही समय युवाहरु लामो समयका लागि विदेशिन्थे । तर आजभोलि दैनिक हजारौंभन्दा बढी छोराहरु विदेशिन्छन् । यो गीत आज अरु बढी सान्दर्भिक लाग्छ । 
गाउँघर खाली छन्, बुढाबुढी र केटाकेटीले गाउँघर धानिरहेका छन् । यस्तोमा बुढी आमा गाउँछिन्–
“पिँढीमा बसेर मेरै बाटो हेरेर
मेरी आमा रुँदिहुन् मलाई सम्झेर
परदेशी छोरा नआउँदा
चिठीपत्र नपाउँदा
मनमा विरह चल्दो हो आँशुले धोती भिज्दो हो”
लाहुरे संस्कृतिले केही पैसा त ल्यायो होला यससंगै थपिएको पीडालाई पस्कने गायक लामिछाने आज हामीमाझ हुनुहुन्न । उहाँले शनिबार आफ्नै घरमा देहत्याग गर्नुभयो । आँगनमा लडिरहेको उहाँको देहलाई हेरेर आँशु पुछ्नेहरू “पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदिहुन् मलाई सम्झेर...” बोलको गीतको चर्चा गरिरहेका थिए । उहाँकी छोरी सम्झना भन्छिन्, “यो गीतमा जस्तै उहाँको प्यारो पिँढीमा झण्डै आधा जीवन बिताउनु भएका बुबाले आज त्यही पिँढी पनि छाडेर जानुभयो ।”
विसं २०१२ साउन १ गते जन्मिनुभई एक सयभन्दा बढी जीवन्तपरक गीत गाएर नेपाली गीतसङ्गीतका क्षेत्रमा निकै लोकप्रियता हासिल गरी  हृदयाघातका कारण सात वर्षअघि पक्षाघात भई घरमै थलिनुभएका लामिछानेले ६३ वर्षका उमेरमा आफ्नै निवास चाँगुनारायण नगपालिका–७ स्थित चारघर चौतारामा देहत्याग गर्नुभएको हो । 
विरहका मात्रै होइन युवा प्रेमका गीत गाउने यी  साधक घरको पिँढीबाट पुराना दिनहरू सम्झिएर टोलाइरहनुहुन्थ्यो । उहाँलाई भेट्न जानेहरूले विरहका गीतको सम्झना गराउँदा उहाँको आँखाबाट मात्रै होइन, भेट्न जानेहरूको मन पनि कट्क्क काट्थ्यो, आँशु तप्प चुहिन्थ्यो ।
गायिका कोमल वलीसँग लामिछानेले गाएको गीत “तिम्रो र मेरो मायाको डोरो बेरौँ कि फनफनी...” मात्रै नभई “फाटेको दौरा लाएर, खोले सिस्नो खाएर, हात र खुट्टा टेक्दैछु भारी बोक्दैछु... जस्ता उहाँले गाएको गाउँघरको यथार्थ जीवन बोकेका गीत पनि उत्तिकै चर्चामा आए । 
औषधोपचार गर्ने खर्चको जोहो नहुँदा एकाध संस्था र कलाकर्मीले दिएको थोरै सहयोगबाहेक राज्यबाट कुनै सहयोग नपाएका पीडित लामिछानेले आफ्नै जीवनको यथार्थलाई पनि गीतमार्फत ल्याउनुभयो । 
“पर्नु प¥यो पिर जेठा,
मलाई प¥यो पिर
एउटा थाप्ला दुईटा नाम्लो 
ज्यानलाई प¥यो पिर...”
दुईटी श्रीमती ल्याउँदा कान्छीले दिएको दुःखलाई सम्झेर गाएको यो गीतलाई यथार्थपरक ढङ्गले गाउने गायक लामिछानेको पार्थिव शरीरलाई बिदाइ गर्नसमेत कान्छी श्रीमती र कान्छी श्रीमतीबाट जन्मिएका एक छोरी नआएको चर्चा वागेश्वरी–७ महादेव मन्दिर नजीकै रहेको घाटमा उहाँको देह जलिरहँदा चलेको थियो ।
टीकाराम र पद्मकुमारीको कान्छो सन्तानका रूपमा जन्मी सानैमा बुबा गुमाउँदाको पीडा र छोराले गीत गाएको हेर्ने आमाको चाहना पूरा गर्न रेडियो नेपालमा स्वर परीक्षण उत्तीर्ण गरेर २०३६ सालमै रेडियो नेपालमा पहिलो गीत रेकर्ड भयो, ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर...।’   सो गीत चर्चित भएसँगै ‘गाई त बाँध्ने पातलो दाम्लो...’, ‘पर्नु प¥यो पीर, जेठा मलाई प¥यो पीर...’, ‘भयो डामाडोल...’, ‘फाटेको दौरा लाएर खोले सिस्नु खाएर...’, ‘तिम्रो र मेरो मायाको डोरो, बेरौँ कि फनफनी कान्छी...’ लगायत गीत गाउँदै  गीतियात्रामा उहाँ अगाडि बढ्नु भएको उहाँकी श्रीमती दुर्गादेवी बताउनुहुन्छ । 
श्रीमतीसंँगै दुई छोरा र त्रछ छोरी रहेका लामिछानेको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उहाँको भूकम्पले भत्काएर जीर्ण बनेको घरको पिँढीमा न कोही नेता पुगे, न कोही सरकारी प्रतिनिधि नै । घाटमा उहाँको देह जलिरहँदासम्म पनि कलाकर्मी र गायकगायिका श्रद्धाञ्जलि अर्पण गर्न नआएको देख्दा गाउँका मलामी भने एक स्रष्टाप्रति बेवास्ता भएको गुनासो गरिरहेका थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुनः उप्रेती (10.10.2018)
मरेपछि पनि सेवा नै गरे दाहाल यज्ञनिधिले (08.14.2018)
वरिष्ठ कलाकार मनुजबाबुको निधन (08.14.2018)
साहित्यमा बिपीको अतुलनीय योगदान (07.25.2018)
राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख (05.30.2018)
नारायणगोपालको २७ औँ स्मृति दिवस (12.12.2017)
१५० औँ सिद्धिदास जन्मजयन्ती मनाइयो (09.12.2017)
साहित्यकार श्यामप्रसादको निधनमा शोक (05.11.2017)
भाषासेवी दीक्षितको निधन (01.04.2017)
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती (01.04.2017)
सुन्दरीजलले चर्चित साहित्यकार बनाएका राजनेता वीपी (09.13.2016)
नेपाली भाषा बचाउन ज्ञापनपत्र (09.13.2016)
“नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्य भयो” (09.06.2016)
शनिबार एकैपटक छ कृतिको विमोचन (06.21.2016)
वाग्मती नदी जस्तै अद्र्धस्वच्छ चलचित्र वाग्मती (01.13.2016)
विकल सम्मानबाट चार व्यक्तित्व र एक संस्था सम्मानित (12.22.2015)
डिसीमा अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कार वितरण (11.25.2015)
नेपाललाई विश्वमाझ चिनाउने हलिउड चलचित्र ‘एभरेस्ट’ (10.06.2015)
माल पाएर चाल नपाएपछि धमिराको गुँड (09.15.2015)
चार स्रष्टालाई सङ्गीत तथा नाट्य पुरस्कार प्रदान (07.21.2015)



 
::| Latest News

 
[Page Top]