युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 11.18.2019, 11:48am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
विकल जस्ता बहुआयामिक श्रष्टाको जानकारी नयाँ पुस्ताले पाउनैपर्छ
Tuesday, 01.01.2019, 12:44pm (GMT+5.5)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको विकासका लागि साहित्य र संस्कृति महत्वपूर्ण पाटो भएकाले समाजको उत्थानका लागि यसको पुस्तान्तरण हुनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंको आरुबारीस्थित रमेश विकल साहित्य प्रतिष्ठानको भवन उद्घाटन तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले साहित्य र संस्कृतिले नै जनतालाई एकताबद्ध बनाउने हुँदा यसको संरक्षण हुनुपर्नेमा जोड दिनुभएको हो ।

मन्त्री अधिकारीले वरिष्ठ कथाकार स्व. विकलको साहित्यको चर्चा गर्दै उहाँकै इच्छा अनुसार उहाँको जन्मघरमा प्रतिष्ठान स्थापना हुनु अरुका लागि पनि उदाहरणीय कार्य हो भन्दै प्रतिष्ठान संचालनका लागि मन्त्रालयले आवश्यक सहयोगको पहल गर्ने जानकारी समेत दिनुभयो ।
पछिल्लो समय प्रविधिको विकासले पुरानो पुस्तालाई बिर्सदै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले रमेश विकललाई आमरुपमा कथाकार वा आख्यानकारका रुपमा मात्रै चिने पनि उहाँ संगीत र चित्रकलामा पनि निपूर्ण रहेकाले त्यो पाटो पनि बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । मन्त्री अधिकारीले बहुआयामिक प्रतिभाका धनी विकलको नाममा स्थापित साहित्य प्रतिष्ठान उहाँका बारेमा अध्ययन गर्न चाहनेहरुका लागि प्रज्ञा प्रतिष्ठानकै रुपमा रहेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका महासचिव तथा साहित्यकार विकलका जेठा छोरा साहित्यकार तथा वरिष्ठ पत्रकार विजय चालिसेले प्रतिष्ठान स्थापनाको उद्देश्य र यसका लागि आइपरेका कठिनाईहरुबारे जानकारी दिनुभएको थियो ।
सोही समारोहमा मन्त्री अधिकारीले रमेश विकल साहित्य प्रतिष्ठानले स्थापना गरेको विभिन्न पुरस्कारहरु वितरण गर्नुभएको थियो । मन्त्री अधिकारीले रमेश विकल वाङ्मय पुस्कार डा. राजेन्द्र विमल, रमेश विकल सुशिला समाजसेवा पुरस्कार प्रेमसागर कर्माचार्य, रमेश विकल सिर्जना पुरस्कार पुरुषोत्तम सुवेदी, रमेश विकल बालसहत्यि पुरस्कार सुशीला प्रधाननाङ्ग, रमेश विकल सुशीला संघर्षशील नारी सेवा पुरस्कार लक्ष्मी शर्मा र रमेश विकल संगीत पुरस्कारबाट अच्युतराम भण्डारीलाई पुरस्कृत गर्नुभयो ।
रमेश विकल साहित्य प्रतिष्ठान भवन निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुईपटक गरी ५३ लाख, सांसद विकास कोष (प्रदेश ३ सदस्य रामेश्वर फुयाँल)बाट २० लाख, पूर्व मन्त्री तथा सांसद अम्बिका बस्नेत सांसद विकास कोषबाट २० लाख, प्रतिष्ठानका तर्फबाट १२ लाख, गोकर्णेश्वर नगरपालिकाबाट ७ लाख ४३ हजार, राष्ट्रिय योजना आयोगबाट ५ लाख रकम प्राप्त भएको थियो । यसअघि विकलको पुरानो घर मर्मत हुँदैगर्दा विनाशकाली भूकम्पले क्षतिग्रस्त भएको थियो ।
प्रतिष्ठानमा रमेश विकलका बारेमा अध्ययन गर्न चाहनेहरुको सजिलोका लागि उहाँका रचनाहरु, उहाँले कोर्नुभएका चित्रहरु, उहाँले प्रयोग गरेका सामग्रीहरु सहित पुस्तकालयको व्यवस्था गरिएको छ । स्मरणीय के छ भने विकशल साहित्यकार मात्र नभएर एक कुशल चित्रकार र संगीतकार पनि हुनुहुन्थ्यो । नेपाली ग्रामीण वस्तीका पिछडिएका वर्गको भावनालाई साहित्यको माध्यमबाट सार्वजनिक गर्ने कथाकार विकलको चारदर्जन बढी संग्रह प्रकाशित भएका छन् भनेन उहाँको केही कृति प्रकाशोन्मुख रहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
एउटा जनमुखी लोकगायकको भावुक विदाई (01.01.2019)
नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुनः उप्रेती (10.10.2018)
मरेपछि पनि सेवा नै गरे दाहाल यज्ञनिधिले (08.14.2018)
वरिष्ठ कलाकार मनुजबाबुको निधन (08.14.2018)
साहित्यमा बिपीको अतुलनीय योगदान (07.25.2018)
राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख (05.30.2018)
नारायणगोपालको २७ औँ स्मृति दिवस (12.12.2017)
१५० औँ सिद्धिदास जन्मजयन्ती मनाइयो (09.12.2017)
साहित्यकार श्यामप्रसादको निधनमा शोक (05.11.2017)
भाषासेवी दीक्षितको निधन (01.04.2017)
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती (01.04.2017)
सुन्दरीजलले चर्चित साहित्यकार बनाएका राजनेता वीपी (09.13.2016)
नेपाली भाषा बचाउन ज्ञापनपत्र (09.13.2016)
“नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्य भयो” (09.06.2016)
शनिबार एकैपटक छ कृतिको विमोचन (06.21.2016)
वाग्मती नदी जस्तै अद्र्धस्वच्छ चलचित्र वाग्मती (01.13.2016)
विकल सम्मानबाट चार व्यक्तित्व र एक संस्था सम्मानित (12.22.2015)
डिसीमा अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कार वितरण (11.25.2015)
नेपाललाई विश्वमाझ चिनाउने हलिउड चलचित्र ‘एभरेस्ट’ (10.06.2015)
माल पाएर चाल नपाएपछि धमिराको गुँड (09.15.2015)



 
::| Latest News

 
[Page Top]