युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.10.2019, 12:57pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
जेएनको गीति संग्रह परिवर्तनका स्वर भाग–२
Thursday, 03.28.2019, 11:04am (GMT+5.5)

पूर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालको दोस्रो गीति संग्रह परिवर्तनका स्वर भाग–२ सार्वजनिक भएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सो संग्रह सार्वजनिक गर्नुभएको हो ।
जनसांस्कृति महासङ्घद्वारा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले कला, संस्कृति साहित्यमा अग्रगमन समृद्धि ल्याई समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अन्धविश्वास र पछौटेपनलाई परिवर्तन गर्नका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसक्नुभएका नेता खनालको बहुआयामिक प्रतिभाका रुपमा समेत प्रस्तुत हुनुभएको बताउनुभयो । उहाँले खनालका गीतमा देश प्रेम तथा राष्ट्रिय एकताको भावना रहेकाले मुलुकको परिवर्तनतर्फ गएको सङ्केत गरेको बताउनुभयो । “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथले यति राम्रो सिर्जना गर्नुभएको छ”, उहाँले भन्नुभयो, “उहाँको सिर्जनशीलता धेरैका लागि प्रेरणाको स्रोत हुनसक्छ ।” 
त्यस क्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताउनुभएको छ । कार्यक्रममा उहाँले विकासका आधार तयार भइसकेकाले अबका दिनमा विकासका मुद्दालाई एकताबद्ध गर्ने बताउनुभयो । 
कार्यक्रममा गीतकार खनालले राजनीतिक परिवर्तन पूरा भइसकेकाले आर्थिक परिवर्तन गरेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो । उहाँले सामाजिक, आर्थिक रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेकाले अशिक्षा, बेरोजगारजस्ता पछौटेपनलाई उन्मूलन गरी मुलुकमा समृद्ध ल्याउनुपर्ने बताउनुभयो । उहाँले गीतमा रहेका शब्दले मुलुकलाई आर्थिक विकास गर्नमा सहयोग पु¥याउने दावी गर्नुभयो । 
आफ्नो गीतमा सामाजिक रुपान्तरण गर्न, विकास, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमानका विषय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आफू राजनीतिक व्यक्ति भएको पनि फुर्सदको समयमा गीत लेख्ने गरेको सुनाउनुभयो । “म राजनीतिक व्यक्ति हुँ । मेरो पहिचान राजनीतिक हो”, उहाँले भन्नुभयो, “कहिले फुर्सदमा गीत लेख्ने गर्दछु ।” 
उक्त एल्बममा देशको माया, एकता, अग्रगामी, युवा, श्रमिक र इलामका बारेमा १० वटा गीत रहेका छन् । उक्त एल्बममा रहेका गीतको सङ्गीत मिलन तिमिल्सेनाले गर्नुभएको छ भने गीत यम बराल, आनन्द कार्की, ज्ञानु राना, प्रह्लाद कार्की, खुमन अधिकारी, राजु बराललगायत कलाकारले गाउनुभएको छ । खनालले यसअघि विसं २०६५ फागुनमा ‘परिवर्तनका स्वर भाग–१’ एल्बम निकाल्नुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेललगायत सहभागी हुनुहुन्थ्यो । 

‘नेवा अधिकार सिरपाः’ तीन जनालाई 
काठमाडौं । यस वर्षको ‘नेवा अधिकार सिरपाः’बाट नेपाल भाषाका वरिष्ठ समालोचक प्राडा माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दरलाई सम्मान गरिएको छ । नेवा अधिकार सिरपा गुठीले उहाँहरुलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’ बाट सम्मान गरेको हो । 
नेपाल भाषाका प्रसिद्ध समालोचक डा श्रेष्ठ ‘समालोचनाया सिद्धान्त’ पुस्तकका लेखक हुनुहुन्छ । अस्वस्थताका बाबजुद पनि उहाँ अस्पतालबाट पुरस्कार ग्रहण गर्न खुसिबुँ आउनुभयो । विगत नौ महीनादेखि अस्पतालमा थला पर्नुभएका श्रेष्ठ नेपाल भाषालगायत जनजातिको अधिकार तथा समानताका लागि विसं २०२२ देखि निरन्तर सङ्घर्ष गर्दै आउनुभएको छ ।
नेपालका वामपन्थी राजनीतिक दलका गुरुका रुपमा सम्मान प्राप्त गरेका श्रेष्ठले विसं २०२२ मा कम्युनिष्ट पार्टीले नेपाल भाषालाई पनि आन्दोलनका रुपमा लान अस्वीकार गरेपछि कम्युनिष्ट पार्टी त्याग गरी स्वतन्त्र हैसियतमा कलम चलाउँदै आउनुभएको थियो ।
‘इमु छम्ह लँय् दु । मरि कुचा बँय् दु ।’ जस्ता बाल कवितादेखि ‘लुँ हिटी व हिटी, लुँ हिटी नं हिटी हे मखुला’ नेपाल भाषा तथा नेपाली भाषाका मार्मिक कविता सङ्ग्रहका लेखक दुर्गालाल श्रेष्ठ नेपाल भाषा साहित्य क्षेत्रका एक बलियो खम्बा मानिन्छ ।
त्यस्तै नेपाल भाषाको भाषिक अधिकारका लागि विसं २०२२ देखि सङ्घर्ष गर्दै आउनुभएका वरिष्ठ पत्रकार मल्ल के सुन्दर नेपाल भाषाका प्रसिद्ध पत्रिका ‘इनाप’ का सम्पादक, राससका पूर्वमहाप्रबन्धक, मानव अधिकारवादी नेता, आदिवासी जनजाति आन्दोलनका अगुवा तथा नेवाः दे दबुका संस्थापक अध्यक्ष हुनुहुन्छ । ती सबै पुरस्कारको राशि क्रमशः रु ५० हाजर÷रु ५० हजारको छ । ती पुरस्कार प्रदान गर्दै वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको संविधानमा नेपाल भाषालगायतका सबै भाषालाई राष्ट्रिय भाषाका रुपमा लेखिएको भए पनि व्यवहारमा लागू नभएको बताउँदै नेपाल भाषालाई थप उन्नतशील बनाउन सबै एक भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मदन पुरस्कार स्थापना हुनु अगाडि नै नेपाल भाषामा स्वयम्भूलाल श्रेष्ठले प्रसिद्ध ‘श्रेष्ठ सिरपाः’ स्थापना गरेको चर्चा गर्दै यो पुरस्कारको स्थापनाबाट नेपाल भाषाका केदारमान व्यथित, धुस्वाँ सायमीजस्ता प्रसिद्ध साहित्यकारलाई जन्माएको बताउनुभयो ।
वरिष्ठ पत्रकार मल्ल के सुन्दरले नेपाल भाषाका महाकवि चित्तधर हृदय, सिद्धीदास अमात्यजस्ता अग्रज साहित्यकारको सपना पूरा नभएको बताउँदै विभिन्न आन्दोलनपछि नेपालमा गणतन्त्र स्थापना भए पनि जनतामा अझै अधिकार प्राप्त नभएको बताउनुभयो ।
वरिष्ठ समालोचक माणिकलाल श्रेष्ठले नेपालमा जति भाषा, संस्कृति तथा जाति छन् ती सबैलाई समानता दिनुपर्नेमा जोड दिँदै एउटा जातिले अर्को जातिलाई शोषण तथा दमन गर्ने पद्धतिको विकासबाट शिशु प्रजातन्त्रको रक्षा हुन नसक्ने बताउनुृभयो । 
जनकवि एवं नेपाल भाषा काव्य विधाका अग्रज दुर्गालाल श्रेष्ठले अस्पतालको शय्यामा रहनुभएका प्राडा माणिकलाल श्रेष्ठ कार्यक्रममा उपस्थित भएकोमा खुशी व्यक्त गर्दै उहाँबाट नेपाली जनताले प्रेरणा लिनुपर्ने बताउनुभयो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
आनन्दमय जीवनका अनेक पाटा– मदनमणिको ९७ औं जन्म दिवस (03.18.2019)
विकल जस्ता बहुआयामिक श्रष्टाको जानकारी नयाँ पुस्ताले पाउनैपर्छ (01.01.2019)
एउटा जनमुखी लोकगायकको भावुक विदाई (01.01.2019)
नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुनः उप्रेती (10.10.2018)
मरेपछि पनि सेवा नै गरे दाहाल यज्ञनिधिले (08.14.2018)
वरिष्ठ कलाकार मनुजबाबुको निधन (08.14.2018)
साहित्यमा बिपीको अतुलनीय योगदान (07.25.2018)
राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख (05.30.2018)
नारायणगोपालको २७ औँ स्मृति दिवस (12.12.2017)
१५० औँ सिद्धिदास जन्मजयन्ती मनाइयो (09.12.2017)
साहित्यकार श्यामप्रसादको निधनमा शोक (05.11.2017)
भाषासेवी दीक्षितको निधन (01.04.2017)
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती (01.04.2017)
सुन्दरीजलले चर्चित साहित्यकार बनाएका राजनेता वीपी (09.13.2016)
नेपाली भाषा बचाउन ज्ञापनपत्र (09.13.2016)
“नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्य भयो” (09.06.2016)
शनिबार एकैपटक छ कृतिको विमोचन (06.21.2016)
वाग्मती नदी जस्तै अद्र्धस्वच्छ चलचित्र वाग्मती (01.13.2016)
विकल सम्मानबाट चार व्यक्तित्व र एक संस्था सम्मानित (12.22.2015)
डिसीमा अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कार वितरण (11.25.2015)



 
::| Latest News

 
[Page Top]