युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 06.16.2019, 04:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
प्रलेसको अध्यक्षमा मा डा गिरी
Wednesday, 04.10.2019, 10:47am (GMT+5.5)

प्रगतिशील लेखक सङ्घको ११औँ राष्ट्रिय सम्मेलनले डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ४९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सम्पन्न भएको छ । प्रलेसका पूर्वमहासचिव डा गिरी नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव पनि हुनुहुन्छ । 
दुईदिने सो सम्मेलनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा गोपीरमण उपाध्याय र सुशीला प्रधानाङ्ग, महासचिवमा समीर सिंह, उपमहासचिवमा आरसी न्यौपाने, सचिवमा प्रकाश थापा र बाबुराम आचार्य र कोषाध्यक्ष डा धु्रव घिमिरे निर्वाचित हुनुभएको छ । विभिन्न वामपन्थी साहित्यिक घटकको साझा मोर्चा मानिने सो संस्थामा केही घटकले भने सम्मेलनमा भाग लिएका थिएनन् । सम्मेलनमा सहभागीमध्ये सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (मसाल) र नेकपा (माले) निकट साहित्यिक घटकका स्रष्टाको सहमतिमा नयाँ नेतृत्व चयन भएको हो । 
सम्मेलनले ४६ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको र सामन्तवाद र साम्राज्यवाद विरोधी सांस्कृतिक अभियानलाई सशक्त बनाउने विषयमा समसामयिक प्रस्ताव पारित गरेको उपमहासचिव न्यौपानेले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष मातृका पोखरेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा महासचिव आरएम डङ्गोल र कोषाध्यक्ष कृष्णहरि भट्टको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरिएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
जेएनको गीति संग्रह परिवर्तनका स्वर भाग–२ (03.28.2019)
आनन्दमय जीवनका अनेक पाटा– मदनमणिको ९७ औं जन्म दिवस (03.18.2019)
विकल जस्ता बहुआयामिक श्रष्टाको जानकारी नयाँ पुस्ताले पाउनैपर्छ (01.01.2019)
एउटा जनमुखी लोकगायकको भावुक विदाई (01.01.2019)
नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुनः उप्रेती (10.10.2018)
मरेपछि पनि सेवा नै गरे दाहाल यज्ञनिधिले (08.14.2018)
वरिष्ठ कलाकार मनुजबाबुको निधन (08.14.2018)
साहित्यमा बिपीको अतुलनीय योगदान (07.25.2018)
राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख (05.30.2018)
नारायणगोपालको २७ औँ स्मृति दिवस (12.12.2017)
१५० औँ सिद्धिदास जन्मजयन्ती मनाइयो (09.12.2017)
साहित्यकार श्यामप्रसादको निधनमा शोक (05.11.2017)
भाषासेवी दीक्षितको निधन (01.04.2017)
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती (01.04.2017)
सुन्दरीजलले चर्चित साहित्यकार बनाएका राजनेता वीपी (09.13.2016)
नेपाली भाषा बचाउन ज्ञापनपत्र (09.13.2016)
“नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्य भयो” (09.06.2016)
शनिबार एकैपटक छ कृतिको विमोचन (06.21.2016)
वाग्मती नदी जस्तै अद्र्धस्वच्छ चलचित्र वाग्मती (01.13.2016)
विकल सम्मानबाट चार व्यक्तित्व र एक संस्था सम्मानित (12.22.2015)



 
::| Latest News

 
[Page Top]