युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 05:38am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
सत्यमोहन जोशीको जन्मशताब्दी वर्षभर मनाइने
Tuesday, 04.30.2019, 01:43pm (GMT+5.5)

काठमाडौं । संस्कृविद  वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशताब्दी (एक सय वर्षको जन्मदिन) वर्षभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइने भएको छ । 
ललितपुर महानगरपालिकाले जोशीलाई नगर परिक्रमा, गोसाइँकुण्ड दर्शन गराउनेसँगै नगरभित्र विभिन्न प्रतियोगिता र प्रदर्शनीलगायतका कार्यक्रम गरेर भब्यरुपमा मनाउन लागिएको छ । 
जन्मशताब्दीमा आयोजना हुने कार्यक्रमका बारेमा जानकारी दिन पत्रकार सम्मेलनमा नगर प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले नगरभित्र उहाँको नामको पार्क निर्माण गर्ने र महानगरपालिकाभित्रको कुनै एक सडकको नाम ‘सत्यमोहन जोशी मार्ग’ नामकरण गरिने बताउनुभयो । 
उहाँले वर्षभर नै विभिन्न कार्यक्रम गरेर भव्यरुपमा उहाँको जन्मशताब्दी मनाउन लागिएको बताउनुभयो । उहाँका अनुसार जोशीलाई नगर परिक्रमासँगै रक्तदान, नगरभित्रका १०० वर्ष पूरा गरेका नागरिकलाई सम्मान गर्ने कार्यक्रम छ । सर्वाेच्च शिखर सगरमाथाको उहाँको तस्बीर अङ्कित ब्यानर फहराइने उहाँको भनाइ छ । महानगरपालिकाअन्तर्गतका कार्यालय वैशाख ३० गते बिदा गरिने उहाँले बताउनुभयो । 
उहाँले भन्नुभयो, “उहाँले लेख्नुभएका लेख रचनाको सङ्कलनसँगै उहाँसम्बन्धी सामग्री पाठ्यपुस्तकमा राख्न पहल गरिनेछ ।” महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जोशी देशकै गहना भए पनि यहीँ जन्मे हुर्किएकाले महानगरपालिकाले सम्मान गरेको बताउनुभयो । जोशी नेपालमा मात्रै नभएर भारत, चीनलगायतका देशमा चर्चित रहनुभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरसम्मै चर्चा कमाउनुभएका उहाँको सम्मानमा नेपाल सरकारले पनि कार्यक्रम आयोजना गर्न सक्छ ।”
महानगरपालिका वडा नं ४ का अध्यक्ष श्रीगोपाल महर्जनले जोशीले देश र देशवासीका लागि पु¥याउनुभएको योगदानको सम्मान गर्दै वर्षभर कार्यक्रम गर्न लागिएको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “उहाँले महानगर मात्रै नभएर देशको कला र संस्कृतिको संरक्षणमा पु¥याउनुभएको योगदान अतुलनीय छ ।”
संस्कृतिविद् जोशीको आगामी ३० गतेदेखि ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको जन्मशताब्दी मनाउन १११ सदस्यीय समिति गठन गरेको थियो । समितिमा राष्ट्रियसभाका संसद्, प्रतिनिधिसभाका संसद्लगायतका, स्थानीय तहका जनप्रतिनिधि, छिमेकी नगरपालिकाका प्रमुखलगायतको सहभागिता छ । 
महानगरपालिकाले जोशीको जन्मशताब्दीको अवसरमा वर्षभर नै सांस्कृतिक महोत्सव, खेलकूद प्रतियोगिता, कला प्रदर्शनीलगायतका कार्यक्रम गर्ने भएको छ । महानगरपालिकाले गत वर्ष उहाँलाई सवारी साधन, मोबाइल फोन र सुरक्षागार्डलगायतको सेवा उपलब्ध गराएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रलेसको अध्यक्षमा मा डा गिरी (04.10.2019)
जेएनको गीति संग्रह परिवर्तनका स्वर भाग–२ (03.28.2019)
आनन्दमय जीवनका अनेक पाटा– मदनमणिको ९७ औं जन्म दिवस (03.18.2019)
विकल जस्ता बहुआयामिक श्रष्टाको जानकारी नयाँ पुस्ताले पाउनैपर्छ (01.01.2019)
एउटा जनमुखी लोकगायकको भावुक विदाई (01.01.2019)
नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुनः उप्रेती (10.10.2018)
मरेपछि पनि सेवा नै गरे दाहाल यज्ञनिधिले (08.14.2018)
वरिष्ठ कलाकार मनुजबाबुको निधन (08.14.2018)
साहित्यमा बिपीको अतुलनीय योगदान (07.25.2018)
राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख (05.30.2018)
नारायणगोपालको २७ औँ स्मृति दिवस (12.12.2017)
१५० औँ सिद्धिदास जन्मजयन्ती मनाइयो (09.12.2017)
साहित्यकार श्यामप्रसादको निधनमा शोक (05.11.2017)
भाषासेवी दीक्षितको निधन (01.04.2017)
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती (01.04.2017)
सुन्दरीजलले चर्चित साहित्यकार बनाएका राजनेता वीपी (09.13.2016)
नेपाली भाषा बचाउन ज्ञापनपत्र (09.13.2016)
“नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्य भयो” (09.06.2016)
शनिबार एकैपटक छ कृतिको विमोचन (06.21.2016)
वाग्मती नदी जस्तै अद्र्धस्वच्छ चलचित्र वाग्मती (01.13.2016)



 
::| Latest News

 
[Page Top]