युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
महेश्वर शर्माको अभिनन्दन
Monday, 02.06.2012, 02:46pm (GMT+5.5)

काठमाण्डौ । विगत २० वर्षदेखि युगसम्वाद साप्ताहिकमा अटुट रुपमा स्तम्भ लेखन जारी राखी राष्ट्रिय चिन्तनधारलाई दह्रो रुपमा प्रस्तुत गर्दै आउनु भएका साहित्यकार तथा भाषासेवी महेश्वर शर्माको गत शनिवार राजधानीमा भव्य अभिनन्दन गरियो । उहाँको ८१ औं जन्म दिवसको अवसर पारेर गण्डकी साहित्य परिषद स्याङजाले अभिनन्दन कार्यक्रमको आयोजना गरेको थियो । साहित्य लेखन , शिक्षण कार्य, राजनीतिमा संलग्नता, प्रशासनमा दीर्घसेवा र सामाजिक कार्यमा निरन्तरको क्रियाशिलता उहाँको जीवनका बहु आयामिक पाटाहरू हुन् ।

२००८ सालमा “अङ्गुठी” निबन्धसंग्रह प्रकाशित गरी भाषा साहित्य सेवाको अभियानमा लाग्नुभएका शर्माले ६ दशकको अन्तरालमा कविता, कथा, नाटक, निबन्ध, उपन्यास लगायतका विभिन्न बिधामा कलम चलाउनु भएको छ भने अनुवाद र इतिहासको अन्वेषणमा पनि आफ्नो लेखकीय क्षमता देखाउनु भएको छ ।
सामाजिक–राजनीतिक विकृति र विसंगति विरुद्ध आक्रामक शैलीमा प्रहार गर्दै सुधारात्मक विचार प्रवाह गर्ने उहाँको अद्भूत क्षमताका साक्ष प्रमाण उहाँका दर्जनौं कृतिहरू नै छन् ।

अभिनन्दन समारोहमा उहाँले बाल्यकालदेखि नै आफू थाहै नपाई  साहित्य लेखनतर्फ आकषिर्त भएको जानकारी दिँदै नयाँ पुस्ताबाट अभिनन्दित हुन पाउँदा गर्वको महशुस भएको र जिम्मेवारी बढेको बोध भएको धारणा राख्नु भएको थियो ।

सो अवसरमा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले उहाँको यो अभिनन्दनबाट उहाँबाट प्रवाहित देशभक्तिपूर्ण विचारको पनि सम्मान भएको धारणा प्रकट गर्नुभएको थियो । समालोचक डा. देवीप्रसाद सुवेदी, सुकुम शर्मा र प्रगतिशील लेखक संघका अध्यक्ष घनश्याम ढकालले उहाँका कृतिहरूका विविध पक्षारे प्रकाश पार्नु भएको थियो भने चेतन कार्की, गणेश गुरुङ र सुबसेन ओलीले उहाँको जीवनवृत्तका विभिन्न पक्षमा प्रकाश पार्नुभएको थियो ।

उहाँको व्यक्तित्व र कृतित्वको सुक्ष्म झलक दिने गरी रमेश शुभेच्छुद्वारा तयार पारिएको “शब्दबिम्बमा महेश्वर शर्मा” पनि सो अवसरमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको आयोजक गण्डकी साहित्य परिषद् स्याङ्जाका अध्यक्ष प्रेमराज लुइटेलले अभिनन्दित व्यक्तित्व महेश्वर शर्माको समग्र व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्ने गरी निकट भविष्यमै अभिनन्दन ग्रन्थ प्रकाशित गर्ने योजना रहेको जानकारी गराउनु भएको थियो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]