युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.15.2019, 04:46am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
गुरुराजको “मान्छेका कथा”हरु विमोचन
Tuesday, 07.30.2019, 12:12pm (GMT+5.5)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ को सार्वजनिक भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक विमोचन गर्दै परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताउनुभयो छ ।
उहाँले कृतिमा समाजका विभिन्न तह र तप्कालाई उत्प्रेरित गर्ने सकारात्मक सन्देश प्रवाह गर्ने विषयवस्तु समेटिएको भनी लेखकको प्रशंसा गर्नुभयो । सभापति देउवाले भन्नुभयो, ‘मान्छेका कथाहरु’ मा निकै घतलाग्दा विषयवस्तु समेटिएको छ, तपार्इं साहित्यमा मात्र होइन, राजनीतिक क्षेत्रमा पनि निकै भरोसा गरिएको योग्य व्यक्ति हुनुहुन्छ, राजनीतिक र साहित्यलाई सँगसँगै बढाउनुस् शुभकामना छ ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरा राजनीतिमा मात्र नभएर विचार, सोच र साहित्यमा समेत दख्खल हासिल गरेका प्रतिभाका रुपमा उदाएका घिमिरेलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कृतिमा समाजको यथार्थलाई चित्रण गरिएको छ, कतिपय पात्र विशेषलाई क्रान्तिकारी र विद्रोही चित्रण गरिए पनि सकारात्मक दृष्टिकोणबाट अन्त्य गरिएको छ, यस्ता कृतिबाट तत्कालीन समाजको मनोवृत्ति र कस्ता पात्र थिए भन्ने कुरा थाहा पाउन सकिन्छ । अहिले पार्टीभित्र र देशभित्र सकारात्मक चिन्तनको खाँचो छ ।
महामन्त्री सशांक कोइरालाले राजनीति र साहित्यिक क्षेत्रका परिचित व्यक्तित्व विपीले हरेक मान्छेलाई ठूलो होइन, असल बन्नु भनेर प्रेरित गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै यसपटक घिमिरेलाई राजनीति पाटोबाट पार्टीले न्याय गर्न नसकेको बताउनुभयो ।” 
 नेकपाका नेता एवं साहित्यकार दीनानाथ शर्माले समाजका सबै पक्षको भावना, समस्या र समाधानको एउटै उपाय समेटिएकोे ‘मान्छेका कथाहरु’ को भाषा सरल र प्रस्तुति निकै मिठास छ भन्नुभयो ।
नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवले साहित्य समाजको प्रेरणा भएको हुँदा पूर्वी पहाड, तराई मधेशदेखि युरोपसम्मका विषयवस्तु समेटिएका ‘मान्छेका कथाहरु’ले समाजका प्रत्येक मान्छेलाई असल बन्न प्रेरित गरेको बताउनुभयो ।
 शमी साहित्य प्रतिष्ठानका अध्यक्ष एवं पूर्वशिक्षामन्त्री प्रदीप नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेका नेताहरु गोपालमान श्रेष्ठ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक क्षेत्रका उज्ज्वल नक्षेत्रका रुपमा रहेका घिमिरेलाई राजनीतिक र साहित्यलाई एकै साथ अघि बढाउन प्रेरित गर्नुभयो ।
प्रकाशन संस्था शमी साहित्य प्रतिष्ठानका निर्देशक डोलेन्द्र शर्मा र प्राध्यापक लक्ष्मणले साहित्यले चेतना, चिन्तन र सोचाइमा परिवर्तन ल्याउन योगदान दिने हुनाले समाजमा भएका परिघटनाको माध्यमबाट मानिसलाई असल बनाउन प्रेरित गर्ने सन्देश ‘मान्छेका कथाहरु’ मा रहेको जानकारी दिनुभयो । कथाकार घिमिरेको पाँचौँ कृतिका रुपमा रहेको ‘मान्छेका कथाहरु’ मा १४ खण्ड विभाजन गरिएको छ ।

अमर बान्तुको “अमर भावना २” विमोचन
काठमाडौं । गीतकार अमर बान्तुको श्रव्यदृश्यसहितको गीति एल्बम ‘अमर भावना २’ को हालै राजधानीमा विमोचन गरिएको छ । पूर्वअर्थमन्त्री तथा गीतकार शङ्करप्रसाद (एसपी) कोइराला र सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटलगायतले उक्त एल्बमको विमोचन गर्नुभएको थियो । उहाँको गीतमा साहिमा श्रेष्ठको स्वर तथा दीपक शर्मा र सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ । एल्बममा कलाकार आँचल शर्मा, अनुपविक्रम शाही र शाहिमा श्रेष्ठको अभिनय रहेको छ ।
उक्त समारोहमा बोल्दै गीतकार कोइरालाले उहाँ प्रतिभाका धनी भएको उल्लेख गर्दै कविता लेखनमासमेत सम्भावना भएको व्यक्तिको रुपमा चर्चा गर्नुभयो । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले उहाँका गीत उकालीओराली र सुखदुःखलाई समेट्दै हाँसेर बाँचाँै भन्ने सन्देश दिने खालको रहेको स्मरण गर्नुभयो । 
गीतकार सङ्घका अध्यक्ष चुडामणि देवकोटाले गीत प्राचीन विधा भएकाले जन्मदेखि मृत्युसम्मका विषयवस्तु समेटिने उल्लेख गर्दै गीतले मौलिकतालाई जोगाउन सहयोग गर्ने बताउनुभयो । उक्त एल्बममा ‘हरहर महादेव’ बोलको तीज गीत र ‘तिम्रो शहर’ बोलको अर्काे गीत समेटिएको छ । 
गीतकार बान्तुले समाजमा एउटा कैँची जस्तो र अर्काे सियोजस्तो प्रवृत्ति हुने उल्लेख गर्दै अहिलेको गीत सियोजस्तै समाजलाई जोड्नका लागि लेखेको बताउनुभयो । कलाकार दिपाश्री निरौलाले उहाँका गीतहरु श्रृङ्गाररसले भरिएकोे बताउनुभयो ।
बान्तुले ‘परिभाषाका राँटाहरु’ नामक कविता सङ्ग्रह र ‘अमर भावना’ गीति एल्बम निकालिसक्नुभएको छ । भोजपुरमा जन्मनुभएका बान्तुले यसअघि गीतकार सङ्घलाई रु १५ लाख सहयोगसमेत गर्नु भएको थियो । 

सरिता अर्यालको मेरो अपहरण
काठमाडौं । साहित्यकार सरिता अर्यालको नियात्रा सङ्ग्रह ‘मेरो अपहरण’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एक समारोहका बीच पुस्तक सार्वजनिक गर्नुभयो । उहाँले मेरो अपहरण पुस्तक एउटा ऐतिहासिक कृति रहेको उल्लेख गर्दै  विगतका द्वन्द्व, त्यसमा भएका प्रमुख घटना र कमजोरी पुस्तकमा रहेको बताउनुभयो । प्रदेश सभासद  कुर्मराज शाहीले अपहरणको बेलाको लेखकले आफ्नो मनस्थिति कस्तो भएको थियो प्रष्ट्याउनुभएको बताउनुभयो ।
साहित्यकार तारानाथ शर्माले माओवादी र सरकार पक्ष दुवैका कुरा सुनेर तथस्ट भएर जनयुद्धका विषयमा लेखिएको यो नै प्रथम कृति भएको बताउनुभयो । प्रतीक ढकालले पीडाले मान्छेलाई लेख्न बाध्य बनाउँछ भन्दै, म मारिदैछु भन्ने ठाउँबाट फर्केर आउँदा कस्तो अनुभूत हुन्छ त्यही अनुभवको दसीको रुपमा पुस्तक रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले माओवादी द्वन्द्वको समयमा नेपालीले भोगेका अनुभव र अनुभूति पुस्तकमा रहेको बताउनुभयो । लेखिका अर्यालले जनयुद्धको समयमा कालिकोटमा सरकार र तत्कालीन माओवादी पक्षद्वारा कालिकोटका जनतामाथि गरिएको बर्बर दमनको बारेमा पुस्तकमा लेखिएको बताउनुभयो ।

चीनबाट ४४ नेपाली महिला स्वदेश फिर्ता 
काठमाडौं । चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई  दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गत मे महीनामा उक्त कारखानामा काम गर्न भनी चीन गएका थिए ।
दूतावासमा जुन महीनाको दोस्रो हप्तामा करार अनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो प्राप्त भएपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा र नेपालको सम्बन्धित म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सत्यमोहन जोशीको जन्मशताब्दी वर्षभर मनाइने (04.30.2019)
प्रलेसको अध्यक्षमा मा डा गिरी (04.10.2019)
जेएनको गीति संग्रह परिवर्तनका स्वर भाग–२ (03.28.2019)
आनन्दमय जीवनका अनेक पाटा– मदनमणिको ९७ औं जन्म दिवस (03.18.2019)
विकल जस्ता बहुआयामिक श्रष्टाको जानकारी नयाँ पुस्ताले पाउनैपर्छ (01.01.2019)
एउटा जनमुखी लोकगायकको भावुक विदाई (01.01.2019)
नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुनः उप्रेती (10.10.2018)
मरेपछि पनि सेवा नै गरे दाहाल यज्ञनिधिले (08.14.2018)
वरिष्ठ कलाकार मनुजबाबुको निधन (08.14.2018)
साहित्यमा बिपीको अतुलनीय योगदान (07.25.2018)
राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख (05.30.2018)
नारायणगोपालको २७ औँ स्मृति दिवस (12.12.2017)
१५० औँ सिद्धिदास जन्मजयन्ती मनाइयो (09.12.2017)
साहित्यकार श्यामप्रसादको निधनमा शोक (05.11.2017)
भाषासेवी दीक्षितको निधन (01.04.2017)
त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती (01.04.2017)
सुन्दरीजलले चर्चित साहित्यकार बनाएका राजनेता वीपी (09.13.2016)
नेपाली भाषा बचाउन ज्ञापनपत्र (09.13.2016)
“नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्य भयो” (09.06.2016)
शनिबार एकैपटक छ कृतिको विमोचन (06.21.2016)



 
::| Latest News

 
[Page Top]