युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने
Monday, 04.09.2012, 01:58pm (GMT+5.5)

अष्ट्रेलियाको सिडनीमा २५५६ औं बुद्ध जयन्ती मनाउने क्रममा बुद्ध दर्शन समितिका तर्फबाट बुद्धको जीवनीमा आधारित पहिलो अनुसन्धानात्मक उपन्यास  ‘महाभिनिश्क्रमणका अस्वीकृत पाइला’ लेख्नुभए बापत उपन्यासकार डा.कविताराम श्रेष्ठलाई सम्मान गरिने भएको छ ।

सो जानकारी लुम्बिनी–कपिलवस्तु दिवस अभियान अष्ट्रेलिया राष्ट«िय समितिका संयोजक समेत रहनु भएका बुद्ध दर्शन समितिका अध्यक्ष निमा ग्याल्जे शेर्पा गोपर्माले दिनुभएको हो । सो सम्मान कार्यक्रममा उपस्थित हुनका लागि श्रेष्ठलाई समितिका तर्फबाट निमन्त्रणा पत्र पठाइसकिएको जानकरी पनि अध्यक्ष शेर्पाले दिनुभयो । उक्त कार्यक्रममा सिडनीमा कार्यरत धेरै संस्थाहरू र अष्ट्रेलियाका वरिष्ठ व्यक्तिहरूको सकृय सहभागिता रहनेछ ।

स्मरणीय छ, बुद्धको जीवनीमा आधारित उक्त अनुसन्धानात्मक उपन्यासको प्रकाशन लुम्बिनी–कपिलवस्तु दिवस अभियान र विवेक सीर्जनशील प्रकाशन प्रालिले संयुक्त रुपमा गरेको हो ।

डा कबिताराम श्रेष्ठ लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका केन्द्रीय सल्लाहकार हुनुहुन्छ । लुम्बिनी–कपिलवस्तु दिवस अभियान विश्व कार्यसमितिका अष्ट्रेलिया संयोजकद्वय सुश्री सानु घिमिरे र सुजन न्यौपानेले सिडनीमा मनाइने २५५६ औं बुद्ध जयन्तीमा अभियानकातर्फबाट सकृय सहभागिता जनाइने जानकारी दिनुभयो ।

अभियानका विश्व संयोजक ई. रामकुमार श्रेष्ठको पनि उक्त कार्यक्रममा सहभागिता रहनेछ । नेपाल सरकारको लुम्बिनी भ्रमण वर्ष २०१२ लाई प्रचार प्रसार गर्ने अभिप्रायले  ‘लुम्बिनीदेखि सिडनीसम्म’ कार्यक्रम अन्तर्गत अभियानका विश्व संयोजक ई. श्रेष्ठले केही घण्टाको दौडमा सहभागी हुने र त्यसमा स्थानीय नेपाली युवाहरूले साथ दिने किसिमको तयारी पनि भइरहेको जानकारी दिनुभएको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]