युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
सिड्नीको सेरोफेरो विमोचित
Monday, 06.11.2012, 04:19pm (GMT+5.5)

काठमाडौं । कलाधर काफ्लेद्वारा लिखित “सिड्नीको सेरोफेरो” नामक यात्रा निबन्ध संग्रहको गत शुक्रबार राष्ट्रकवि माधवप्रसाद घिमिरेले एक समारोहका बीच विमोचन गर्नुभयो । ३० वर्षे सरकारी सेवाबाट निवृत्त पूर्व प्रशासक स्रष्टा काफ्लेको यो छैठौं कृति हो । यात्रा साहित्यिक विधामा कलम चलाउँदै आउनुभएका स्रष्टा काफ्लेका यसअघि “बेलायततिरका तीस पाइला” २०६३, “मेरो स्वदेश भ्रमण’ २०६५, “पहिलेको भ्रमण, अहिलेका संस्मरण” २०६६, “इन्द्रेणी साहित्यिक संगालो” लगायत कृति प्रकाशनमा आइसकेका छन् ।

स्रष्टा काफ्लेको नवकृति “सिड्नीको सेरोफेरो“ उहाँको अष्ट्रेलिया भ्रमणको उपज हो । आफ्ना यात्रा अनुभवलाई समेटेर लेखिएको यस कृतिमा १७ वटा यात्रा निबन्ध संग्रहित छन् । प्रसिद्ध समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले यो कृतिमा १५ पृष्ठ लामो समालोचकीय भूमिका लेख्नुभएको छ भने कृति प्रकाशन गर्ने ‘दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल’का अध्यक्ष रामप्रसाद पन्तको प्रकासशकीय र निर्मोही व्यासको कृतिपरक टिप्पणी पनि यसमा समाविष्ट छ । १ सय ९३ पृष्ठको यो कृतिले नेपाली युवाहरुको नव गन्तव्यस्थल बनेको अष्ट्रेलियाको विविध पक्षलाई सूचनामूलक र भावनात्मक संवेगको सम्मिश्रणसहित प्रस्तुत गरेको छ । यो कृतिको अर्को विशेष भनेको यात्रा संस्मरणको चित्रमय प्रस्तुति पनि हो ।

कृति विमोचनका अवसरमा प्रा.डा. वासुेदव त्रिपाठी, प्रा.डा. वासुदेव पन्त, समालोचक रनजी ढकाल, निर्मोही व्यास, नीलकण्ठ उप्रेती, रामप्रसाद दाहाल लगायतका वक्ताहरुले कृतिमाथि प्रकाश पार्नुभएको थियो भने कवयित्री प्रभा भट्टराई, व्यंग्यकार लक्ष्मण गम्नामे र कवि भूवनहरि सिग्देलले समसामयिक विषयमा केन्द्रित कविता सुनाउनुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]