युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा
Monday, 06.18.2012, 04:50pm (GMT+5.5)

काठमाडौं । मुलुकको प्रतिष्ठित औद्योगिक घरानाका एक सदस्य चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफूले संगालेका अनुभवहरूलाई पुस्तकका रुपमा सार्वजनिक गर्नुभएको छ । मुलुकको औद्योगिक र राजनीतिक क्षेत्रमा बिताएको समय र त्यसबाट हासिल गरेका ज्ञानलाई पुस्तकाकार दिनुभएको छ– “उद्यमीका आँखामा अर्थतन्त्र” नाम दिएर ।

चौधरीको पुस्तकको गत बुधबार राजधानीमा अर्थमन्त्री वर्षमान पुन, पूर्व अर्थमन्त्रीहरू भरतमोहन अधिकारी, सुरेन्द्र पाण्डे, प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री दीपकुमार उपाध्याय, मिडिया सोसाइटीका अध्यक्ष कैलाश सिरोहिया लगायत नेता र सञ्चार उद्यमीले संयुक्त रुपमा सार्वजनिक गरे ।

विमोचन समारोहमा अर्थमन्त्री वर्षमान पुनले अधिकतम नसकिए पनि न्यूनतम रुपमा राष्ट्रिय आर्थिक एजेन्डाबारे साझा सहमति गर्नुपर्ने बताउनुभयो । पुनले पुस्तकमा आर्थिक वृद्धिदरको भिजन, आशावादी सोच, प्रशासन र राजनीतिक चरित्रको विषयका संवेदनशील लेखन समेटिएकोमा प्रशंसा गर्नुभयो ।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले “उद्योग खोल्दा साधन स्रोत खोज्दैन, पहिला सपना बुन्नुपर्छ अनि स्रोत आफैं आइपुग्छ” भन्ने चौधरीको विचारलाई समर्थन गर्दै विनोदको यो विचार हाम्रो राजनीतिलाई ठूलो व्यंग्य भन्नुभयो हो । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले खस्कँदो आर्थिक अवस्थाका कारण देश “ब्ल्याक होल”मा पर्न थालेको बेला उक्त पुस्तकले धेरै हदसम्म आशा सञ्चार गरेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अर्थतन्त्रको सम्भावना देखाउनु आशाको पक्ष हो भन्नुहुँदै विगतमा सम्भावना र स्रोतलाई व्यवहारमा उतार्न नसक्दाका तीता परिणामहरू पनि पुस्तकमा रहेको बताउनुभयो ।

यसअघि पुस्तकका लेखक चौधरीले “आर्थिक एजेन्डाप्रति वेवास्ता गर्नाले देशले धेरै राम्रा अवसर गुमाउनुपरेको गुनासो गर्नुभएको थियो । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा आयोजित समारोहमा अधिकांश वक्ताले चौधरीले पुस्तकमा उल्लेख गर्नुभएका कुराहरूलाई पूर्ण समर्थन गर्नुभएको थियो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]