युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:35pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
गीतकार वसन्त कविका रूपमा
Monday, 08.06.2012, 05:08pm (GMT+5.5)

काठमाडौं । प्रतिष्ठित उद्योगपति र गीतकारका रुपमा परिचित वसन्त चौधरीको परिचय कविका रुपमा पनि स्थापित भएको छ । उनको पहिलो कवितासंग्रह “मेघा” गत शुक्रबार काठमाडौंमा विमोचित भएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाद्वारा विमोचित यो कविता कृतिमा नेपाली र हिन्दी दुई खण्ड गरी ८२ कविता संग्रहित छन् भने मूर्त–अमूर्त १९ वटा चित्रले पनि सो कृतिको गहनता झल्काएको छ ।

नव कृति सार्वजनिक गर्दै कुलपति वैरागी काइँलाले नेपाली र हिन्दीमा लेखिएका अधिकांश कवितामा प्रणयभाव उच्च रहेको बताउँदै साहित्य रचनामा अन्य पेशाका व्यक्तिहरूको पनि सहभागिता बढ्न थालेको सुखद् अनुभूति भएको धारणा व्यक्त गरेका थिए । प्रसिद्ध कविका रुपमा सुपरिचित वैरागी काइँलाले नवकवि चौधरीलाई कलम उपहार दिएर साहित्य सिर्जनामा निरन्तर लागिरहन सुझाव दिएका थिए ।

आर्थिक–सामाजिक क्षेत्रमा क्रियाशील रहेका उद्योगपति चौधरी गीतकारका रुपमा यसअघि नै सुपरिचित भैसकेका थिए । आफ्नै छोरीको नाममा कवितासंग्रहको नामाकरण गरिएको सो कृतिबारे कवि चौधरीको भनाइ छ– सुख–दुःख, आँसु–हाँसो र करुणा जस्ता जीवनका हरेक भोगाइबाट नै यी कविताहरू सिर्जित भएका हुन् । प्रेम नै जीवनको सार्थक पक्ष हो । आफूलाई छोरी मेघाको प्रेरणाले नै कविता रचनातर्फ प्रेरित गरेको उनको भनाइ छ । 

कृति विमोचनका अवसरमा सो कृतिमा समावेश नेपाली भाषाका कविताबारे समालोचक डा. लक्ष्मणप्रसाद गौतमले र हिन्दी भाषाका कविताबारे समालोचक प्रा.डा. उषा ठाकुरले प्राज्ञिक विवेचना प्रस्तुत गरेका थिए । लुनकरण दास गंगादेवी चौधरी साहित्य कला मन्दिरले आयोजना गरेको सो कार्यक्रमको अध्यक्षता प्रसिद्ध लेखक मोदनाथ प्रश्रितले गरेका थिए ।


विश्व नारी नेपाली साहित्य सम्मेलन हुने
त्रिमूर्ति निकेतनले ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’को आयोजना गर्ने भएको छ । सन २०१३ मा सो सम्मेलन काठमाडौंमा हुने भएको छ । 

उक्त सम्मेलनमा २०६९ साल चैतसम्ममा नेपाली भाषासाहित्यमा न्यूनतम एउटा कृति प्रकाशित भएका देशदेशान्तरका नेपाली, गोर्खाली नारी स्रष्टाको सहभागिता हुनेछ ।  

यसका लागि बालकृष्ण सम फाउण्डेशनका संयोजक प्रा.डा.गार्गी शर्माको अध्यक्षतामा २९ सदस्यीय ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ समारोह समितिको गठन भएको छ । सो समितिका उपाध्यक्षमा प्रा.डा.उषा ठाकुर र श्रीमती उषा शेरचन हुनुहुन्छ । 
साथै सदस्यहरूमा इन्दिरा शाह, उषा हमाल, कुमार यात्रु, गीता कार्की, छविरमण सिल्वाल, ठाकुर बेलबासे, डा.दुबसु क्षत्री, प्रधुम्न जोशी, फूलमान बल, बाबा बस्नेत, बालिका गिरी, मणि लोहनी, मोमिला, यादव भट्टराई, युवराज नयाँघरे, राजेन्द्र शलभ, ललीता दोषी, लीला लुइँटेल, वासुदेव अधिकारी, व्याकुल पाठक, शान्ति कुमारी राई, श्रवण मुकारुङ, श्रीओम श्रेष्ठ, सन्ध्या पहाडी, डा.ज्ञानु पाण्डे र सदस्यसचिवमा नरेन्द्रराज प्रसाई रहनु भएको छ ।

त्रिमूर्ति निकेतनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न निकेतनको साधारणसभाले सो निर्णय गरेको हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]