युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
कुलपति काइँलालाई एक लाखको पुरस्कार
Monday, 09.03.2012, 08:23pm (GMT+5.5)

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलालाई आइतबार एक समारोहका बीच रत्नशोभा—शुभलक्ष्मी मुन्धुम पुरस्कार प्रदान गरिएको छ । एक लाख रुपैयाँ राशिको सो पुरस्कार एक समारोहकाबीच संस्कृतिविद् सत्यमोहन जोशी र पुरस्कारका संस्थापक मञ्जुलकुमार याक्थुम्बाले संयुक्त रुपमा प्रदान गर्नुभएको हो ।

लिम्बु जातिको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङको २४ औं स्थापना दिवसका सन्दर्भ पारेर प्रदान गरिएको पुरस्कारमा ताम्रपत्र र एक लाख रुपैयाँ नगद रहेको छ । किरात लिम्बु जातिमा रहेको धर्मशास्त्र मुन्धुमबारे पाँच दशकदेखि निरन्तर खोज, अनुसन्धान, लिपिबद्ध गरी दर्जनभन्दा बढी कृतिका श्रष्टा काइँलालाई पहिलो पटक यो पुरस्कार दिइएको हो । 

विसं १९९६ भदौमा पाँचथरमा जन्मिनुभएका आयामेली कवि काइँलाको किराँत मिक्हन साम्लो, महागुरु फाल्गुनन्दका उपदेश तथा सत्यहाङमा पन्थका भजनमालाहरू, कोखपूजा आख्यान, आँखीडाही मुन्धुम, सामसोधा मुन्धुम, मोचमार्ने मुन्धुम, तङसिङ तक्मा मुन्धुम र सृष्टि आख्यान मुन्धुम कृति प्रकाशित छन् । 

सिरिजंगा लिपि र देवनागरी तथा अंग्रेजीमा समेत अनुवादित मुन्धुम कृति छनोटका क्रममा काइँलाले सम्मान पाउनुभएको हो । पुरस्कार छनोट समितिले तङसिङ तक्मा मुन्धुम कृतिका निम्ति यो पुरस्कार छनोट गरेको जनाइएको छ । किराँत याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिंह थाङदेनका अनुसार दुईदुई वर्षमा प्रदान गरिने यो लिम्बू समुदायमा प्रदान गरिने सर्वाधिक राशिको पहिलो पुरस्कार हो ।

पुरस्कार वितरण समारोहमा साहित्यकार काइँलाको व्यक्तित्वबारे साहित्यकार यहाङ लाओती लगायतले चर्चा गर्नुभएको थियो । सोही समारोहमा गत वर्षको एसएलसी परीक्षामा सामुदायिक विद्यालयतर्फबाट सर्वोत्कृष्ट अंक हासिल गर्ने छात्र पवन योङयाङ र छात्रा प्रविना लिम्बूलाई जनही १० हजार तथा अन्यलाई प्रसंशापत्र प्रदान गरिएको थियो । त्यस अवसरमा चुम्लुङहिम अभिलेख पुस्तक विमोचन गरिएको थियो ।

गणेश–यशोदाको नयाँ सी.डी. विमोचित
काठमाडौं । गीत–संगीतका क्षेत्रमा एकसाथ देखापरेको गणेश–यशोदा पराजुलीको जोडीको स्वरले भरिएको ‘फुर्सदमा’ नामक नयाँ सी.डी.को हिजो पूर्व सभामुख सुवाशचन्द्र नेम्वाङले इलामेली समाजद्वारा आयोजित एक कार्यक्रममा विमोचन गर्नुभयो । इलामको फिक्कलमा जन्मिएका गणेश पराजुली र मणिपुर भारतमा जन्मिएर गणेशसंग दाम्पत्य जीवन गाँसेकी यशोदा पराजुलीको जोडीद्वारा संगीत र स्वरबद्ध गरिएको यो सी.डी.मा शनिदशा लागेछ लगायतका श्रुतिमधुर दशवटा गीत संगालिएका छ्न ।

आर.डी. म्यूजिक सेण्टरले बजारमा ल्याएको यो सी.डी. रंजीत कुसुम गिरी, यादव खरेल, रमेश दाहाल, निरज गुरुङ, धनेन्द्र विमल र सुदन पोखरेलले रचना गरेका गीतहरू छन् । यी गीतहरूमध्ये धेरै गीतमा गणेश पराजुली, एकमा बुलु मुकारुङ, एक गीतमा शम्भुजीत बास्कोटा र एउटा गीतमा सुशील विकले संगीतबद्ध गरेका छन् ।

विगतमा रेडियो नेपालबाट समेत गीत गायन गर्नुभएका गणेश पराजुली २०६२ सम्म नेपालमै रहेर सांगीतिक क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो भने विगत केही वर्षदेखि उहाँ हङकङमा व्यवसाय संचालन गर्दै नेपाली गीत–संगीतका क्षेत्रमा क्रियाशी हुनुहुन्छ । 
विमोचन कार्यक्रम वक्ता बुलु मुकारुङ र दीप श्रेष्ठले गीत–संगीतका क्षेत्रमा पराजुली जोडीले योगदान दिंदैआएको चर्चा गर्नुभएको थियो भने इलामेली समाजका अध्यक्ष राधेश्याम लेकालीले गायक जोडीको प्रतिभाको बखान गर्नुभएको थियो ।

चेतन कार्कीलाई सम्मान
काठमाडौं । नेपाली साहित्य, संगीत र चलचित्र क्षेत्रका हस्ती व्यक्तित्व चेतन कार्कीलाई मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार प्रतिष्ठान, स्याङ्जाले सम्मान गर्ने निर्णय गरेको छ । 

स्याङ्जा साहित्य परिषद्का संस्थापक सदस्य समेत रहनुभएका कार्कीका नेपाली र हिन्दी गरी एक दर्जन उपन्यास, कविता कृति प्रकाशित छन् । त्यस अतिरिक्त कार्कीको निर्देशनमा दर्जनौं चलचित्र प्रदर्शनमा आइसकेका छन् । पुरस्कारमा १५ हजार रुपैयाँ राशी र सम्मानपत्र रहेको छ ।

प्रतिष्ठानका सदस्यसचिव इन्दु शर्मा ढकालका अनुसार यसअघि सो पुरस्कारबाट वरिष्ठ साहित्यकार घनश्याम ढकाल र डा. सुकुम शर्मा पुरस्कृत भैसक्नु भएको छ । प्रतिष्ठानले प्रत्येक वर्ष स्याङ्जा जिल्लाबाट एसएलसीमा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने एकजना छात्र र छात्रालाई पनि पुरस्कार प्रदान गर्ने गरेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]