युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
साहित्य भाषा
 
सूर्य सुवेदीको ‘दिशाहीन यात्रा’
Tuesday, 09.18.2012, 02:49pm (GMT+5.5)

काठमाडौं । साहित्यकार सूर्य सुवेदीको नयाँ औपन्यासिक कृति ‘दिशाहीन यात्रा’को गत भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती, प्रसिद्ध समालोचक डा. तारानाथ शर्मा, चर्चित लेखक जगदीश घिमिरे र प्रा.डा. मोहनप्रसाद लोहनीले संयुक्त रूपमा लोकार्पण गर्नुभयो । २०४६ को जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलन बीचका घटना र सन्दर्भहरूलाई विषयवस्तु बनाएर लेखिएको यो उपन्यासले समकालिन राजनीतिको दिशाहीन यात्राको सजीव चित्रण गरेको छ ।

उपन्यासकारले केही सुपरिचित राजनीतिक पात्रहरू र केही काल्पनिक पात्रहरू खडा गरेर सो समयावधिभित्रका ऐेतिहासिक घटना र समयक्रममा विकसित भएका अनेकौं विकृतिहरूको सम्यक विवेचना गर्नु भएको छ । समसामयिक राजनीतिक घटनामा केन्द्रित रहेर लेखिएको यो उपन्यासले द्वन्द्व साहित्यलाई नयाँ आयाम दिएको छ । यस अघि “सूर्य सुवेदीका कथाहरू“ लिएर पाठकका बीच आउनुभएका साहित्यकार सुवेदीको लेखन शैली जति  सरल छ त्यत्तिकै परिमार्जित पनि छ । 

साहित्यिक कृतिहरू सार्वजनिक हुनुभन्दा अगाडि उहाँले समसामयिक विविध विषयमा लेखहरू लेख्दैआउनु भएको थियो । केही समय गाण्डिव साप्ताहिकको सम्पादक–प्रकाशक भएर पनि उहाँले पत्रकारिता गर्नुभएको थियो । त्यसको छाप उहाँको साहित्यिक लेखनमा प्रचूर रहेको यी दुबै कृतिले पुष्टि गरेका छन् । यो उपन्यासले चर्चित कालखण्डका विविध घटनाबाट नेपाली जनजीवनमा  राजनीतिक, सामाजिक, सांस्कृतिक एवं मनोवैज्ञानिक असर कुन रूपमा पर्यो भनी राम्रोसंग केलाएको छ । विषयवस्तु र लेखन शैली दुवैले पाठकहरूको ध्यान खिच्नसक्ने देखिन्छ ।

दिशाहीन यात्रा उपन्यासवारे डा.तारानाथ शर्माको सटिक टिप्पणी छ– साहित्यमा जनताको चित्रण हुनुपर्छ, यो कृतिमा जनताको चित्रण छ । अहिले हामी दिशाहीन छौं, देश दिशाहीन छ– देशै जाला जस्तो भएको छ । यो कृति दिशाहीनताप्रतिको विद्रोह हो ।

उपकुलपति गंगाप्रसाद उप्रेतिको भनाइमा यो नवकृतिले दिशाहिन यात्रालाई गतिपूर्ण बनाउन र नेपाली समाजलाई रूपान्तरण गर्न चाहनेलाई राम्रो सामग्री दिएको छ । श्रष्टा जगदीश घिमिरेको दृष्टिमा यो राम्रो कृति हो । प्रा.गोपिकृष्ण शर्माको कथन छ– यो कृतिमा युगचेतना छ र सूचना चेतना पनि छ । प्रा.डा. मोहन लोहनीको टिप्पणी छ– मनोद्वन्द्वले भरिएको यो कृति विचार प्रधान छ भने इतिहासको दस्तावेजका रूपमा पनि यसको विशेष महत्व छ । समालोचक डा.खगेन्द्रप्रसाद लुइटेलको मूल्याङकन छ– यो कृति यो दशककै उत्कृष्ट कृति हो । विचार प्रधान यो उपन्यासले तटस्थ दृष्टिकोण प्रस्तुत गरेको छ । द्वन्द्वका विषयमा तटस्थ भएर कलम चलाउनु लेखकको विशिष्ट क्षमता हो । उपन्यासमा युगिन यथार्थको चित्रण छ । उपन्यासमा धेरै पात्रहरू छन् तर ती बोल्दैनन्, जति बोल्छन् लेखक आफैं बोल्छन् । यो नौलो प्रयोग हो ।

उपन्यासकार सुवेदीको कथन छ– अहिले हाम्रो राष्ट्रिय स्वाभिमान घायल छ । २०४६ देखि २०६३ बैशाखसम्ममा नेपालमा घटेका राजनीतिक घटनाहरूले आम नेपालीको जीवनमा धेरै उथलपुथल ल्याए, जनजीवनमा धेरै असर देखिए, राजनीतिक, आथिकक क्षेत्रमा मात्रै होइन मनोवैज्ञानिक समस्या पनि ग्रामीण क्षेत्रले भोग्नुपर्यो । २०४६–२०६३ बीचको कालखण्डमा नेपाली जनजीवन जति चलायमान भएको छ, यस अघि कहिल्यै भएको थिएन । यस उपन्यासका पात्रहरू समयको फाइदा उठाउने चलायमान प्रतिनिधि पात्रहरू हुन् । समाज, समय र घटनाहरूको सूक्ष्म र ऐतिहासिक अध्ययन नै “दिशाहीन यात्रा” उपन्यासको विषय हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कुलपति काइँलालाई एक लाखको पुरस्कार (09.03.2012)
गीतकार वसन्त कविका रूपमा (08.06.2012)
चौधरीको औद्योगिक–व्यावसायिक अनुभव पुस्तकमा (06.18.2012)
सिड्नीको सेरोफेरो विमोचित (06.11.2012)
डा. कवितारामलाई सिडनीमा सम्मान गरिने (04.09.2012)
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी (02.13.2012)
महेश्वर शर्माको अभिनन्दन (02.06.2012)
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा (01.16.2012)
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड (12.06.2011)
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार (09.19.2011)
मञ्जु थापाको "जीवन संघर्षका पलहरू" (06.06.2011)



 
::| Latest News

 
[Page Top]