युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 07:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली
Monday, 05.05.2014, 04:14pm (GMT+5.5)

केही समय अघि बंगलादेशमा सम्पन्न टी २० विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मेसियामा जारी एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा पनि आफ्नो त्यो लय कायमै राखेको छ । वैशाख १६ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई चार विकेटले पराजित गर्दै एकदिवसीय क्रिकेटमा आफ्नो प्रभाव विस्तार गरेको छ । युएई एक दिवसीय विश्वकप प्रतियोगिताका लागि छनोट भएको मुलुक हो । सो प्रतियोगितामा युएईले दिएको १९२ रनको लक्ष्यलाई पच्छ्याएको नेपालले युएईलाई ३९ दशमलब पाँच ओभरमा नै भेट्टायो । 

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले ३९ दशमलब पाँच ओभरमा छ विकेट गुमाएर १९५ रन जोड्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । युएईले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलब एक ओभरमा सबै विकेट गुमाउँदै १९१ रनमा समेटिएको थियो । 

नेपालको जितमा ओपनर सुवास खकुरेलले सर्वाधिक ७१ रनको योगदान दिए भने ज्ञानेन्द्र मल्लले ४७ रन जोडे । यस्तै कप्तान पारस खड्काले ३०, शरद भेषवाकरले १६, विनोद भण्डारीले नौ, वसन्त रेग्मीले आठ तथा नवीन बुढाऐरले दुई रन जोडे । यसैगरी बलिङतर्फ नेपालका मेहबुब आलम र सोमपाल कामीले समान तीन÷तीन विकेट लिए भने शक्ति गौचनले दुई तथा सागर पुनले एक विकेट लिए ।

युएईको ब्यटिङमा स्वप्नील पाटीले सर्वाधिक ७६ रन जोडे भने कृष्णचन्द्र करातेले ३६, मोहम्मद शेहजादले २५, सलमान फारिसले १६ र शइमान अनवरले १४ रनको योगदान दिए । 

अहिलेसम्म भएको विभिन्न प्रतियोगितामा नेपाल र युएई नौ पटक भिडेका छन् जसमध्ये नेपालले एक प्रतियोगितामा मात्र जित हासिल गरेको छ । बाँकी सात खेलमा युएईले जितेको थियो भने एक खेल टाई भएको थियो । 

सो प्रतियोगिताको अघिल्लो संस्करण सन् २०१२ मा युएईमा भएको एसिसी ट्रफी एलिट कप प्रतियोगितमा मात्र नेपालले युएईलाई जितेको थियो । सन् २०१२ मा भएको एसिसी ट्रफी एलिट कप प्रतियोगिताको उत्कृष्ट छ टिम नेपाल, हङकङ, अफगानिस्तान, ओमन, युएई र मलेसिया प्रतियोगितामा सहभागी छन् । 

त्यस्तै शुक्रबारको दोस्रो खेलमा यसअघि कहिल्यै नहारेको मलेसियासंगको बाजीलाई निरन्तरता दियो । सो खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा ७५ बल बाँकी छँदै मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्यटिङमा उत्रेकोे मलेसियाले नेपाललाई १५० रनको चुनौती दिएको थियो । जवाफमा नेपालले ३७ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै १५० रन बनायो । मलेसिया ४३ ओभरमा १४९ रन बनाउँदै अलआउट भएको थियो । 

नेपालको जितका लागि मेहबुब आलमले सर्वाधिक ५३ रनको योगदान दिए । उनले आठ चौकाको मद्दतमा सर्वाधिक ५३ रनको योगदान दिएका हुन् । यस्तै शरद भेषवाकरले २९ रन जोडे । उनले एक छक्का र तीन चौकाको सहयोगमा २९ रन जोडेका हुन् । 

यसै गरी विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान १३÷१३ रन जोडे भने कप्तान पारस खड्काले ११ तथा नरेश बुढाऐरले आठ रन जोडे । यस्तै बलिङतर्फ नेपालका सोमपाल कामी एक्लैले सर्वाधिक पाँच विकेट लिए भने वसन्त रेग्मीले दुई तथा मेहबुब आलम, कप्तान पारस खड्का र सागर पुनले समान एक÷एक विकेट लिए । 

मलेसियाका लागि अरूद्दिनले ३४ रनको योगदान दिए भने साफिक सारिफले २४ र सुहर्रिल फेत्रीले २२ रन जोडे । यस्तै खाजिर हायात र इरफान जर्बातीले समान १३÷१३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । प्रतियोगितामा शीर्षस्थान हासिल गर्ने चार टोली आगामी डिसेम्बरमा युएईमा हुने एसिसी च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।

एसियाली क्रिकेट परिषद् (एसिसी)को नयाँ संरचना अनुसारको यो पहिलो प्रतियोगिता हो । सन् १९९६ देखि सुरु गरेको एसिसी ट्रफी इलिट कप प्रतियोगितालाई परिमार्जन गरी हाल एसिसीले एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको नयाँ नामकरण गरेको हो ।

आइतबार नेपालले प्रतियोगिताको तेस्रो खेलको नतिजा भने ओमानलाई सुम्पेको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नेपाल ओमानसंगथ २ विकेटले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १५८ रनको विजयी लक्ष्य ओमानले ८ विकेटको क्षतिमा ४७.५ ओभरको समाप्तिमा पूरा गर्याे । 

प्रतियोगिताको चौथो खेलमा नेपालले एक दिवसीय मान्यता पाएको हङकङलाई ७ विकेटले पराजीत गर्याे । निर्धारित ५० ओभरमा हङकङ ४१.५ ओभरमा अलआउट हुँदै १८१ रन मात्र बनाउन सक्यो । हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामीले ४ विकेट लिए । यस्तै वसन्त रेग्मीले ३ तथा आरिफ शेखले २ विकेट लिए । 

वर्षाले प्रभावित खेलमा नेपालले ३८ ओभरमा विजयका लागि १४४ रन चाहिएकोमा ३ विकेको क्षतिमा लक्ष्य पूरा गर्याे । नेपालका लागि कप्तान पारस खड्का ४३ नरेश बूढाऐरले ४१ रन बनाए भने शरद भेषवाकर १९, सुवास खकुरेल १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाए । नेपालले ३४ औं ओभरमा खेल पूरा गरेको हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]