युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 08:01pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु
Tuesday, 09.02.2014, 08:29pm (GMT+5.5)

काठमाडौं । एकपछि अर्को सफलता हातपार्दै आएपछि एकाएक नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका श्रीलंकाली मुलका क्यानडेली प्रशिक्षक पुबुदु दसानायकेको करार अवधि नथपेर नेपाली क्रिकेटलाई धरापमा पार्न खोजेको क्रिकेटप्रेमी, विश्लेषक र खेलाडीहरूले गरे, सामाजिक संजालमा यसको चर्को आलोचना भयो । विश्व टी–२० खेलेर आएदेखि क्रिकेटमा खेलाडीहरूले गरेको विद्रोहले क्रिकेट संघको अनियमितता छपरस्ट भएपछि सिधै आईसीसीसंग पहुँच भएका प्रशिक्षक दसानायकेलाई नेपालमा राखिरहनु आफ्ना लागि हानिकारक रहेको ठहर क्यानका केही पदाधिकारीले गरेपछि नेपाली क्रिकेटको सुनौलो भविष्यमा कालो पोतिएको थियो । खेलाडीहरूको निरन्तरको दवावपछि सरकारले नै प्रशिक्षकको खर्च व्यहोर्ने गरी पुबुदुलाई नेपाल भित्र्यायो । उहाँ बिहिबार काठमाडौं आउनुभयो ।

विश्व क्रिकेटका महारथी मुलुकहरूको समेत ध्यान खिच्न सफल नेपाली राष्ट्रिय क्रिकेटको भविष्य प्रशिक्षक पुबुदु दसानायकेको वहिर्गमनसंगै अन्योलमा परेको टिप्पणी भैरहेका बेला उहाँको नेपाल आगमनले क्रिकेटलाई अलग्गै आशाको संचार गराएको छ । दसानायकेको उत्कृष्ट प्रशिक्षणभन्दा उनको प्रभावले गर्दा क्यानका केही पदाधिकारीले उहाँलाई नेपालबाट फिर्ता पठाउन चाहेको थियो । 

नेपाललाई विश्व टी २० सम्म पुर्याउन सफल प्रशिक्षक दसानायकेको योजना, रणनीति र क्षमता अनुसार उनलाई अरू समय नेपालमा राख्नुपर्छ भन्दै क्रिकेट खेलाडीहरूले विद्रोह नै गरे । कप्तान पारस खड्काले आफूले क्रिकेट नखेल्ने घोषणा समेत गरे । यस्तोमा सरकारले सिधै अग्रसरता लिएर उहाँलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गर्ने घोषणा गर्दै पत्रचार गरेपछि यतिबेला उहाँ काठमाडौंमा आइपुग्नुभएको छ ।

क्रिकेट संघको अनियमित यतिबेला अख्तियारको अनुसन्धानमा परिरहेको छ । क्रिकेट संघका पदाधिकारीहरू निलम्बनमा परेका छन् तर खेलकूद परिषद्ले त्यसको बचाउ गरिरहेको छ । खेल राजनीतिको चर्काे र अस्वस्थ नमूना क्रिकेट संघमा देखिएको छ । खेल विकासको चर्का कुरा गर्ने सदस्यसचिव युवराज लामाले राजनीतिक आस्थाकै आधारमा क्रिकेट संघका अध्यक्षको बचाउ गर्दैआएका छन् । यस्तोमा सरकारले क्रिकेटको विकासका लागि र प्राप्त उपलब्धिको रक्षाका लागि चालेको कदम सकारात्मक छ । क्रिकेट संघले यसलाई कसरी लिन्छ भन्ने चासोको विषय छ ।

नेपाललाई निकै माया गर्ने प्रशिशक्षक दसानायकेले नेपाल आगमन आफ्ना लागि ठूलो अवसर र चुनौति भएको भन्दै अबको ६ महिना नेपाली क्रिकेटका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ । करिब तीन महिनापछि एक वर्षका लागि राष्ट्रिय टिम सम्हाल्ने जिम्मेवारीसाथ बिहीबार नेपाल फर्कनुभएका उहाँलाई क्रिकेट खेलाडीले स्वागत गरेका थिए । 

नेपाल अबको ६ महिना तीन महत्वपूर्ण खलमा सहभागी हुँदैछ । अर्काे महिना हुने एसियाली खेलकूद र त्यसलगत्तै आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ र डिभिजन ३ मा सहभागी हुँदैछ । एकदिवसीय मान्यता र विश्वकप सहभागिताका लागि नेपाली क्रिकेटका लाग यो स्वर्णिम अवसर हो ।

यस्तोमा अन्योलता चिर्दै नेपाल आउनुभएका दसानायकेले आफ्नो मुख्य ध्यान एसियाली खेलकूदभन्दा पनि डिभिजन २ र ३ हुने बताउनुभएको छ । यी दुई प्रतियोगितामा सफलता हासिल गर्नुपर्ने र त्यसो नहुने हो भने नेपाली क्रिकेट तीन वर्ष पछि पर्नेछ पनि दसानायकेको कथन छ ।

डिभिजन ३ युगान्डामा अक्टोबर २६ देखि नोभेम्बर २ सम्म हुनेछ भने डिभिजन २ नामिबियामा २०१५ को जनवरी १७ देखि २५ सम्म हुनेछ । नेपालले पहिले डिभिजन ३ मा सहभागिता जनाउनेछ । त्यसमा शीर्ष दुईमा रहे नेपालको यात्रा डिभिजन २ मा पुग्नेछ । 

डिभिजन २ मा पनि अब्बल भएमा नेपालले सन् २०१५ मा पेप्सी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप र फोर डे प्रथम श्रेणी आईसीसी अन्तरमहादेशीय कपमा खेल्न पाउने सम्भावना रहनेछ ।

डिभिजन ३ मा नेपाल बलियो मानिए पनि डिभिजन २ मा केन्या, नामिबिया जस्ता लामो समय वान डे अनुभव बटुलेका देशको सामना गर्नुपर्ने भएकाले विशेष र फरक प्रशिक्षणको आवश्यकता रहेको दसानायकेको कथन छ । दसानायकेको नेपाल आगमनसंगै नेपाली प्रशिक्षकको जिम्मेवारीमा नेपाली टिम अहिले एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा छ र त्यहाँबाट फर्केपछि डिभिजन ३ को तयारी थाल्नेछ ।

पूर्व सम्झौता विपरीत क्यानले करार अवधि नथपी बिदा दिएपछि क्यानडा फर्किनुभएका दसानायकेले यसबीचमा क्यान पदाधिकारीसँग कुनै सम्पर्क नभएको बताउनुभयो । यस्तोमा उहाँ आफू वा नेपाली क्रिकेट खेलाडी व्यक्तिगत रूपमा सानो वा ठूलो नभएको र सबैले नेपाली क्रिकेटका बारे सोच्नुपर्ने बताउनुहुन्छ ।  आफू यहाँ नेपाली क्रिकेटका लागि काम गर्न आएको र सिस्टमले दिने हो भने यी दुई प्रतियोगितामार्फत आफ्नो २ सय प्रतिशत दिन तयार रहेको बताउनुभएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]