युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 08:16pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
क्रिकेटको सान कायमै
Tuesday, 11.04.2014, 08:29am (GMT+5.5)

काठमाडौं । ९ महिना अघि डिभिजन ३ मा घटुवा भएको नेपाल मलेसियामा सम्पन्न डिभिजन ३ को उपाधिसहित डिभिजन २ मा बढुवा भएर घर फर्किएको छ । नेपालले अफ्रिकी प्रतिद्वन्द्वी युगान्डालाई पराजित गर्दै आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्री को दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो । यो उपाधिसंगै नेपाल  ५० ओभरको खेलमा विश्व बरियतामा २१ औं स्थानमा रहन सफल भएको छ ।

नेपालले अब आगामी माघमा नामिबियामा हुने आइसिसी विश्व क्रिकेट डिभिजन टु मा सहभागिता जनाउनेछ । उक्त प्रतियोगितामा नेपालसहित युगान्डा, केन्या, नामिबिया, क्यानडा र नेदरल्यान्ड्सको सहभागिता रहनेछ । यदि नेपाल  शीर्ष दुईभित्र पर्न सके आइसिसी इन्टर कन्टिनेन्टल फोर डे प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ । 

२०१० मा काठमाडौँमा सम्पन्न डिभिजन फाइभको अन्तिम खेलमा नेपालले अमेरिकालाई हराउँदै उपाधि जितेको थियो । त्यो नै नेपालको पहिलो उपाधि हो । सोही वर्ष भएको डिभिजन फोरमा नेपाल तेस्रो हुँदै तलतिरबाट जोगिएको थियो । त्यस्तै सन् २०१२ मा भएको डिभिजन फोर जितेर डिभिजन थ्री मा बढुवा भएको नेपाल सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्रीको च्याम्पियन बन्दै डिभिजन टु मा बढुवा भएको थियो तर न्युजिल्यान्डमा भएको आइसिसी वान डे विश्वकप छनोट प्रतियोगितामा नेपालले खराब प्रदर्शन गर्दै नवौँ स्थानमा रहेपछि नेपालले पुन डिभिजन थ्रीमा घटुवा भएको हो । 

नेपालले डिभिजन–२ को यात्रा तय गरेसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा अघि बढ्ने सम्भावनाका ढोका खुलेका छन् । डिभिजन–२ मा नेपालले युगान्डासहित क्यानडा, केन्या, नामिबिया र नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । डिभिजन–२ लाई आइसिसीले एसोसिएट र एफिलिएट राष्ट्रहरूका लागि आयोजना गर्ने कम्तीमा तीन ठूला प्रतियोगिताको अन्तिम छनोट प्रतियोगिता मानिन्छ ।

डिभिजन–२ का विजेता र उपविजेता टोलीले आइसिसीले आयोजना गर्ने चारदिवसीय ‘फस्र्ट क्लास’ क्रिकेट प्रतियोगिता, आइसिसी इन्टरकन्टिनेन्टल कप र ५० ओभरको पेप्सी आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउनेछन् । आइसिसीको कार्यकारिणी बोर्डको हालैको बैठकले इन्टरकन्टिनेन्टल कपको विजेता टोलीले टेस्ट र्याङकिङमा पुछारमा रहेको टोलीसँग टेस्ट खेल्न पाउने निर्णयसमेत गरेको छ । डिभिजन–२ मा उक्लिएसँगै नेपालका लागि यी सबै अवसर खुला भएका छन् ।

आइसिसीले आफ्ना एसोसिएट र एफिलिएट सदस्य राष्ट्रहरूको क्रिकेट विकासका लागि सन् १९९७ बाट विश्व क्रिकेट लिगको सुरुवात गरेको हो । सो लिगले एसोसिएट र एफिलिएट राष्ट्रहरूलाई उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रियस्तरमा परिचित हुने अवसर दिएको छ । आइसिसीले यी राष्ट्रलाई लिगमार्फत विश्वकप लगायत ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने अवसर दिएको छ ।

मलेसियाको किनररा एकेडेमी ओभल मैदानमा भएको फाइनल प्रतिस्पर्धामा नेपालले युगान्डालाई ६२ रनले पराजित गर्दै दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो । यसअघि सन् २०१३ मा बर्मुडामा भएको अन्तिम खेलमा नेपालले युगान्डालाई नै पाँच विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो । 

नेपालले डिभिजन ३ जितेलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले नेपाली टोलीका कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई दिँदै सो सफलताले नेपाली क्रिकेट टोलीलाई आउँदा दिनमा अझ उत्कृष्ट खेल प्रदर्शन गरी क्रिकेटमा सर्वोपरी स्थान हासिल गर्ने सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । प्रधानमन्त्री कोइरालाले सो क्रिकेट प्रतियोगितामा विजेता बनी नेपाललाई डिभिजन थ्रीबाट डिभिजन टु मा उत्तीर्ण गराएर नेपाली क्रिकेट टोलीले राष्ट्रिय गौरव बढाएको बताउँदै अन्तर्राष्ट्रिय खेल जगत्मा नेपालको  राष्ट्रिय झन्डा उँचो बनाएर नेपालीको शान र मान अभिवृद्धि गराउने समस्त खेलाडी र प्रशिक्षकप्रति आफूलाई गर्व लागेको छ भन्नुभयो ।

नेपालले प्रतियोगितामा उपाधि मात्र हासिल गरेन समूह चरणको सुरुआती खेलमा नेपाले युगान्डासँग भोगेको २० रनको हारको बदलासमेत लियो ।  प्रतियोगितामा टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २२३ रन बटुल्यो । दुई सय २४ रनको विजयलक्ष्य पछ्याएको युगान्डा ४५ दशमलव १ ओभरमा १६१ रनमा समेटियो । 

नेपालका ब्याट्सम्यान र बलर दुवै चम्केको प्रतियोगितामा तीन खेलाडीले अर्धशतक पूरा गरे ।  पुनले ६४ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ५६ र नरेश बुढाऐरले ५१ रन बटुले । त्यस्तै कप्तान पारस खड्काले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ््क नै नजोडी पेभिलियन फर्के । युगान्डाका लागि भने रोजर मुकासाले सर्वाधिक ५१ रन जोडेका थिए । 

युगान्डालाई १६१ रनमा समेट्ने क्रममा नेपालका भुवन कार्की एक्लैले चार विकेट लिए भने वसन्त रेग्मीले दुई तथा सोमपाल कामी,  पुन र शक्ति गौचनले समान एक एक विकेट लिए । 

त्यस्तै बुधबार भएको खेलमा नेपालले मलेसियालाई ३६ रनले पराजित गर्दै डिभिजन टु मा बढुवा मात्र भएन मलेसियाका सबै खेलाडीलाई एकै इनिङमा क्याटआउट गर्दै नयाँ इतिहाससमेत कायम गरेको थियो ।  नेपालले नयाँ इतिहास कायम गर्ने क्रममा नेपालका कप्तान  खड्काले चार विकेट लिए भने उपकप्तान मल्ल र  बुढाऐरले समान दुई दुई तथा रेग्मी र सुवास खकुरेलले समान एक एक विकेट लिएका थिए । 

त्यस्तै प्रतियोगितामा युगान्डाले पनि लिगको दोस्रो स्थानमा रहँदै डिभिजन टु मा आफ्नो स्थान सुरक्षित गर्याे । छ राष्ट्रले भाग लिएको सो प्रतियोगितामा सिङ्गापुर र मलेसिया डिभिजन थ्रीमा यथावत् नै  छन् भने अमेरिका र बर्मुडा डिभिजन फोरमा घटुवा भएका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]