युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 08.22.2018, 01:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
तामाङलाई रु दुई लाख ५० हजार प्रदान
Tuesday, 11.11.2014, 12:40pm (GMT+5.5)

काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औँ एसियाली खेलमा कास्य पदक विजेता विमला तामाङलाई शनिबार आयोजित कार्यक्रममा रु दुई लाख ५० हजारसहित सम्मान गरिएको छ । बालाजु कराँते डो प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न सङ्घसंस्थाले संयुक्तरुपमा खेलाडी तामाङलाई सो रकमसहित सम्मान गरेका हुन् ।

संसदीय दलका उपनेता तथा एमाओवादीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले राष्ट्रनिर्माणको सूचक खेलकुद क्षेत्र भएको भन्दै खेलकुद र खेलाडीमाथि राजनीति गर्न नहुने बताउनुभयो ।

खेलकुद क्षेत्रमा योजना बनाएर अघि बढ्ने हो भने नेपाल अन्तर्राष्ट्रियस्तरमा राम्रो खेलकुद राष्ट्रको रुपमा परिचित हुन सक्ने बताउँदै खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई योजना बनाएर अगाडि आउन आग्रहसमेत गर्नुभयो ।

खेलकुदलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो– “अब खेलकुदलाई जनताको सरोकारको विषय बनाउनुपर्छ र यसका लागि नेपालका प्रत्येक वडामा खेलमैदान निर्माण गरिनुपर्छ ।” सभासद् लक्ष्मण राजवंशी र पर्शुराम तामाङले देशको इज्जत बढाउने खेलाडी उत्पादन गर्नेतर्फ अबको खेलकुद क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा प्रकाशचन्द्र श्रेष्ठले खेलाडी तामाङलाई आरोग्य प्रतिष्ठानको सद्भाव दूतको रुपमा मनोनीत गर्नुभयो । सो अवसरमा उहाँले खेलाडी तामाङलाई रु २५ हजार नगद दिने घोषणासमेत गर्नुभयो । 

कार्यक्रममा खेलाडी तामाङका प्रशिक्षक धु्रवविक्रम मल्ल र नेपाल रेफ्री परिषद्का तर्फबाट लक्ष्मण धौवडेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा खेलाडी छनोट गर्दा निष्पक्षरुपमा गर्नुपर्ने र खेलकुदमा राजनीति हाबी हुन दिन हुँदैन भन्नुभयो । सम्मानित खेलाडी तामाङले एसियाली खेलकुदमा पाएको सफलताले आफूलाई उत्साहित गरेको बताउनुभयो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]