युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 08:10pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो
Monday, 01.26.2015, 03:25pm (GMT+5.5)

नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईबाट नेपाल फड्को मार्न चुक्यो । तर प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रदर्शन सन्तोष गर्न सकिने रह्यो । विश्वकप खेलिसकेका नामिबिया, क्यानडा र नेदरल्याण्डलाई सजिलै हराएर नेपालले विश्व क्रिकेटमा आफ्नो प्रभाव देखायो । तर अन्तिम खेलमा केन्यासंगको हारले केही घण्टाकै बीचमा ठूलो सम्भावना र सपना चकनाचुर भयो । यसपटक नेपाल अभागी पनि साबित भयो भने नेपालको अभाग्यले नेदरल्याण्ड्सको भाग्य चम्कियो । तर पनि डिभिजन २ मा नेपाली खेलाडीहरूले आआफ्ना रेकर्ड बनाए । बलर अमृत भट्टराईले डिभिजन स्तरीय खेलमा १०० विकेट लिने पहिलो खेलाडीको रेकर्ड राखे । कप्तान पारस खड्काले यही प्रतियोगिताको दौरान लिग डिभिजनमा आफ्नो १००० रन कटाए ।

लिग अन्तर्गत ५ खेल खेलेको नेपालले सुरुमा युगाण्डासंग भोगेको २ रनको पराजय नै अबरोधको कारण बन्यो भने कमजोर मानिएको केन्यासंगको ५ विकेटको हार अर्को दुर्भाग्य । नेपालसंग पराजित भएको नेदरल्याण्ड्स रनरेटका आधारमा समान ६ अंक भए पनि डिभिजन एकमा उक्लियो । नामिबियाको राजधानी विन्डहोकमा भएको सो प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको केन्याले नेपालले दिएको १९५ रनको चुनौतीलाई ३५ ओभरमा नै पूरा गर्दै विजयी भयो । केन्याले ३५ ओभरमा पाँच विकेट गुमाउँदै नेपालको चुनौतीलाई पूरा गरेको हो । 

प्रतियोगितामा ६ अङ्क जोडेको नेपाल रनरेटका आधारमा डिभिजन एकमा प्रवेश गर्नबाट वञ्चित बनेको हो । समान ६ अङ्क नै जोडेको नेदरल्यान्ड्सले युगान्डालाई सात विकेटले पराजित गरेपछि नेपाल डिभिजन एकमा प्रवेश गर्नबाट वञ्चित बनेको हो । प्रतियोगितामा पहिले ब्याटिङ गरेको नेपालको ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनको योगफल तयार गरेको थियो । 

जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले तीन खेलमा जित तथा दुई खेलमा हार भोग्यो । प्रतियोगितामा सबैभन्दा अचम्मको कुरा त नेपालले सबैभन्दा शक्तिशाली मानिएको राष्ट्रलाई पराजित गर्याे भने प्रतियोगितामा सबैभन्दा कमजोर मानिएको टिमसँग हार बेहोर्न पुग्यो । 

विश्वकपकै अनुभव बटुलिसकेको क्यानाडालाई ७ विकेट र आयोजक नामिबियालाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । प्रतियोगितामा नेपालले १८ रन जोड्दा तीन विकेट गुमाइसको थियो । नेपालले ३ रन बनाउँदा सुवास खकुरेल २ रन जोड्दै पहिलो विकेटका रुपमा आउट भए भने नेपालले १७ रन जोडद सागर पुनलाई दोस्रो विकेटका रुपमा गुमायो । 

त्यस्तै नेपालले थप एक रन जोड्दाजोड््दै नेपालले तेस्रो विकेटका रुपमा नरेश बुढाऐरलाई गुमायो । १८ रनमा नै धर्मराएको नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४८ रनको साझेदारी गर्दै नेपाली इनिङलाई केही समालेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ९१ रनको योगदान दिएता पनि त्यो निरर्थक हुन पुग्यो । उनले ११६ बल सात चौकाको मद्दतमा ९१ रन जोडेका थिए । 

त्यस्तै ४६ बल खेलेका कप्तान खड्काले २० रन जोड्दै पेभिलियन फर्किएका थिए । नेपालका अर्का ब्याट्सम्यान शरद भेषवाकरले ४९ बलमा १८ रन जोडे भने २३ बल खेलेका विनोद भण्डारी १६ रन जोड्दै आउट भए । सागर पुनः १२, शक्ति गौचन ८, सोमपाल कामी ५ तथा बसन्त रेग्मीले ४ रन जोडे भने करण केसी रन नै नजोडी आउट हुन पुगेका थिए । 

केन्याको जितमा भने इरफान करिमले सर्वाधिक ७५ रनको योगदान दिए भने आर आर पटेलले ५६ र ओबन्दाले ४५ रन जोेडेका थिए । अघिल्लो वर्ष डिभिजन २ बाट ३ मा घटुवा भएको नेपालले यो प्रतियोगितामा उत्कृष्ट खेल भने पस्किएको हो । नेपाल डिभिजन एकमा बढुवा नभएता पनि नेपाली क्रिकेट इतिहासमा भने ठूलै उपलब्धि हासिल गरेको छ । प्रतियोगितामा नेपाल शीर्ष चारभित्रै रहँदै डिभिजन दुईमा यथावत् रहन सफल भएको छ । शनिबार केन्यासंगै तेस्रो स्थानका लागि भएको खेलमा पनि नेपाल १५ रनले पराजित भयो । 

पारस सर्वोत्कृष्ट खेलाडी
नेपाली टोलीका कप्तान पारस खड्का विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । नामिबियामा शनिबार सम्पन्न प्रतियोगिता केन्यासँग हारेपछि नेपाल चौथो भए पनि नेपाली टोलीको नेतृत्व गरेर अलराउण्ड प्रदर्शन गरेका पारसलाई सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार दिइएको हो । 

पारस नेपालले नामिबिया र क्यानडालाई हराएको खेलमा म्यान अफ द म्याच भएका थिए । ती दुवै प्रतिद्वन्द्वी विश्वकप खेलिसकेका टिम हुन् । आईसीसीले आयोजना गर्ने प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले ३ अंक पाउँछन् । त्यसपछिका २ उत्कृष्टलाई क्रमशः २ र १ अंक  दिइन्छ । 

नामिबिया र क्यानडासँगको खेलमा ६ अंक जोडेका पारसले नेदरल्याण्ड्ससंगको खेलमा २ अंक पाएका थिए । उनी सर्वाधिक ८ अंकसहित प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडीका रूपमा ‘म्यान अफ द सिरिज’ चुनिएका हुन् । सुरुका चार खेलबाटै उनको म्यान अफ द सिरिजमा पकड बलियो भएको थियो । 

विश्व क्रिकेट लिगका खेलहरूमा म्यान अफ द सिरिजको पुरस्कार पाउने पारस तेस्रो नेपाली हुन् । सन् २००८ मा जर्सीमा भएको डिभिजन ५ मा १९ विकेट लिंदै महबुब आलम र मलेसियामा २०१२ मा भएको डिभिजन ४ मा २१ विकेट हात पार्दै वसन्त रेग्मी म्यान अफ द सिरिज घोषित भएका थिए । 

त्यसो त तेस्रो स्थानका लागि शनिबार केन्याविरुद्धको खेलमा पहिलो बलमै आउट भए पनि पारसले प्रतियोगितामा १ सय ८५ रन बनाउनुका साथै ६ विकेट लिएर अलराउन्ड प्रदर्शन गरेका थिए । उनी २०१२ मा एसीसी ट्रफी इलिटमा नेपाललाई आयोजक यूएईसँगै संयुक्त विजेता हुँदा प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका थिए । उनी २०१३ मा काठमाडौंमा  भएको एसीसी ट्वान्टी कपमा पनि म्यान अफ द सिरिज भएका थिए । त्यसमा नेपाल फाइनलसम्म पुगेको थियो । 

डिभिजन २ मा ज्ञानेन्द्र मल्लले नेपालका लागि सर्वाधिक २ सय ३६ रन बनाए । उनी सर्वाधिक रन बनाउने सूचीमा तेस्रो स्थानमा रहे । त्यस्तै बलिङतर्फ सोमपाल कामीले नेपालका लागि सर्वाधिक ११ विकेट लिए । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा चौथोमा रहे । 



Rating (Votes: )   
Share     Print


Other Articles:
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]